Category Archives: environment

frank talks about ground reality in Nepal

देश बनाउने सकारात्मक शक्तिलाई केले रोकेको छ?

 

सकारात्मक शक्तिलाई केले रोकेको छ? (सेतोपाटी पत्रिकामा पढ्नुहोला)

प्रतिभाशाली नेपालीको कमी छैन। देशलाई माया गर्ने नेपाली पनि हामी उत्तिकै छौँ। हरेक दिन कुनै न कुनै अब्बल नेपालीले राष्ट्रको शिर ठाडो राखेको खबर सुनेकै छौँ। हामी नेपाली बाहिर गएर पनि मलेशियादेखि अरब देशहरु धानेकै छौँ भने भित्रै बसेर पनि आफ्नै लगन र मिहिनेतले नेपाल धानेकै छौँ। तर यत्ति धेरै राम्रा र प्रतिभाले भरिएको देश एकपछि अर्को बिपत्तिमा छिरेको छिर्यै छ त। पटकपटक असफल साबित हुँदा पनि उही नेतृत्वले राज गर्ने मौका पाएकै छन् त।

एकपल्ट सोच्नुस् त- अहिले यत्तिबिघ्न राम्रा र प्रतिभाशाली नेपाली हुँदाहुँदै किन सकारात्मक शक्तिले हाम्रो देशको नेतृत्व लिन सकेको छैन? सकारात्मक शक्तिलाई केले रोकेको छ यहाँ?

तितो यथार्थ यही हो- प्रतिभाशाली र ‘आफूलाई राम्रो  मान्ने’ नेपालीले नै रोकेका छन् सकारात्मक शक्तिलाई

तपाईलाई नराम्रो लाग्ला, अविश्वास पनि लाग्ला र सोध्नु होला- कसरी यस्तो पवित्र काममा हामी ‘राम्रा नेपाली’ नै बाधक भयौँ र? कारण- हामीभित्र केही नजानिँदो कुसंस्कार हावी छन्।

जस्तो कि …

१. ‘कोठाभित्र रमाउँदै ठिक्क… ‘

हामी कोठाभित्र रमाएका छौँ र समग्र घरलाई बिर्सेका छौँ। देशको एक क्षेत्रमा उत्कृष्ट बनेका छौँ तर उत्कृष्टहरु बीचको सहकार्य गरी प्राप्त हुने ठूलो प्रतिफल देशलाई दिन सकेका छैनौँ। अरु देश बनाउनेलाई मद्दत गर्दा आफूमा कतै दाग, हिलो, फोहर पो लागिहाल्छ कि भनी डराउँछौँ। अनि देश जति गनाए पनि नाक थुन्दै अा-अाफ्ना ‘कोठा’ मै रमाउछौँ।

२. ‘भोलि उठ्दा चट्ट देश बनेको हेर्न पाऊँ’

सिन्को नभाँची अकस्मात् देश र समाज सब ठीक भएको हेर्ने अपेक्षा राख्छौँ हामी। भर्खरै बामे सर्दै गरेको देश बनाउने राम्रा अभियान, सन्जाल, समूहहरु हाम्रो आँखामा त पर्दै पर्दैन। कारण, उनीहरुले गरेका कामका परिणाम त आजको भोलि आउनै सक्दैन। तर, हामीलाई परिणाम आजको भोलि नै चाहिएको हुन्छ।

३. ‘मेरो गोरुको बाह्रै टक्का’

कसैले शुरु गरेको सकारात्मक परिवर्तन हाम्रै तरिकाले चलेको देखेनौँ भने दुई सेकन्डमै त्यसरी त कामै छैन भनी आफैँ पाखा लाग्छौँ। आफूले देखाएकै बाटोमा हिँडेमात्र कुनै ठोस् समाधानमा पुगिन्छ भन्ने अभिमान छ हामीमा। प्रतिभाशाली नेपालीलाई एक ठाँउमा उभिएर राष्ट्रको समस्या समाधान गर्न हाम्रै अहंकारले रोकेको छ।

४. ‘यो नेपाल कहिले ढल्छ र अर्को नेपालमा जान पाउँ’

अझै यही भ्रमको खेती गरी बस्छौँ हामी। ‘कैले कली देवता आएर सखाप पार्छ अनि नयाँ नेपालमा जान पाउँ! कहिले पशुपतिनाथ रक्षा गर्छन् ‘हामी’ सभ्यलाई! कहिले जंगबहादुर निस्किन्छ र सबै दुष्टलाई काट्छ! कहिले… … ‘ यसरी हामी विकल्प बनाउनुभन्दा काल्पनिक विकल्पमा जान कुरिरहेका छौँ।

५. ‘बलेकै आगो ताप्ने हो’

हामी जहिल्यै बलेकै आगो ताप्न तम्सिन्छौँ। कसरी बल्यो, किन बल्यो बालै मतलब छैन। कयौँ बेला त हामी समाजका भ्रष्ट, गैरजिम्मेवार, विवेकहिनले बालेकै आगो ताप्दै रम्छौँ। परिवर्तन गर्नेहरुले बाल्न दु:ख गरेको देख्दा-देख्दै पनि सिन्को भाँच्दैनौँ। उल्टो आगो कहिले बालिसक्ला र ताप्छु भनी कुर्छौँ।

६. ‘पक्कै डलर खेती गरी रा होला’

कसैले केही राम्रो शुरुवात गरेको देख्यौँ भने मनभित्र दर्जनौँ शंकालु सोच आइहाल्छ। शंकै-शंकाले आफूभित्रको आस्था र सहयोगको भावनालाई निमोठिहाल्छ। फ्याट्ट कतै आफ्ना शंकालु दृष्टिकोण राखिदिन्छौँ, त्यही कुरो एक कान दुई कान हुँदै सत्य बन्छ। राम्रा गर्ने खोज्ने थाहै नपाई एक्लिईन्छन्। यसरी नजानी नजानी नै खुट्टा तान्ने संस्कारका प्रवर्धक हुन्छौँ।

७. ‘यहाँ यस्तै हो। केही हुनेवाला छैन’

यो देशमा अब केही हुदैँन भन्दै हामी आफूभित्र पनि डर जगाउँछौँ, गर्नेको पनि हौसला रित्याउँछौँ। जेको पनि सकारात्मक भन्दा बढी नकारात्मक तात्पर्य नै निकाल्ने गर्छौँ। यी मनको पिपले वरिपरि बल्न लागेको ऊर्जालाई पनि निभाउने काम गर्छौँ।

८. ‘भै हाल्छ नि, गरि हाल्छु नि – नो प्रोब्लेम्’

प्राय हामी ‘नाइँ’ भन्नै सक्दैनौँ। फेसबुकमा दश जनाले ‘आाउछुँ’ भन्छौँ तर वास्तवमा आउँछौँ मात्र एक। ‘मुखले आश्वासन, खुट्टाले धोका दिने’ चलन बोकी हिँडेका छौँ। आश्वासन भंग गर्न चानचुने कुरा लाग्ला तर देश बनाउन हिडेँकालाई यसले ‘स्लो पोइजन’को काम गरि रहेको हुन्छ।

९. ‘मैले त्यत्रो गरेँ त्यसलाई। खोई त मलाई पनि गरेको’

मद्दत गर्दा तुरुन्तै ब्याज खोजी हिँडछौँ हामी। राम्रा गर्दै गरेकालाई कतिपय परिस्थितिमा त बीचैमा मद्दत रोकी घर न घाटको बनाइदिन्छौँ। देश बनाउन हिँड्नेको जिन्दगी कहाली लाग्दो, तिरस्कृत, एक्लो, गरुङ्गो छ। यो यथार्थको रत्तिभर पनि सह-अनुभूति (एम्पेथी) राख्दैनौँ।

१०. ‘ओहो! फलानाको छोरा-छोरी त अमेरिकामा… ‘

डिभी पाउनेको फेसबुकमा सयौँ लाइक हान्छौँ। तर बाढीपिडितलाई सहयोग गर्दा त्यसको आधा पनि लाइक दिन्नौँ। इस्टमित्रले देश छाड्दा स्याबासी दिन्छौँ, फर्कँदा चाहिँ ‘बौलाइस् कि क्या हो?’ भन्छौँ। यही मनस्थितिले देशलाई वृद्धाश्रम बनाउँदैछौँ हामी। देशमै केही गर्छु भनी कम्मर कस्नेले कोसँग मिलेर देश बनाउने?

जबसम्म यी कु-संस्कारलाई हामी आफैले त्याग्दैनौँ, देशमा सकारात्मक नेतृत्व शक्ति बन्नको लागि प्रमुख बाधक हामी नै हुन्छौँ। यी कु-संस्कार त्याग्न मैले देखेको सर्वोत्तम उपाय भनेको त्यसको ठाउँमा नेतृत्व बनाउन चाहिने सु-संस्कारहरु हालिदिने हो। यदि तपाईँ जस्तो प्रतिभाशाली नेपालीले यसो गर्न थाल्नु भयो भने मलाई विश्वास छ, सकारात्मक शक्तिले देश हाम्रै कालमा हाँक्ने छन्। मैले समग्रमा बुझेका केही नेतृत्व बनाउन चाहिने संस्कारहरु बुदाँगत हिसाबले तल प्रस्तुत गर्दैछु।

नेतृत्व बनाउन चाहिने केही संस्कारहरु:

१. ‘माथि होइन तल हेर्नु’

देश बनाउन हिँडेकालाई कसरी चिन्ने? राम्ररी हेर्नु- उनको मुख मात्र चलेको छ कि पाइताला पनि? मीठो दर्शन भन्दा पनि के गर्यो, के गरिरा’छ, के गर्न ला’छ? त्यसैमा ध्यान दिनु। बाचा कम, काम बढी गर्नेकै पछाडि लाग्नु, उनैको हौसला बढाउनु।

२. ‘दान होइन, लगानी गर्नु’

देश बनाउन आँट्ने नेतृत्वलाई तपाईँको एक-दुईपल्टको अनुदान होइन, नियमित लगानी चाहिन्छ। सक्नुहुन्छ भने समय नै लगानी गर्नु, सक्नुहुन्न भने श्रोत दिनुस्। देश बनाउने नेतृत्व बनाउनु भनेको आफ्नै बच्चा हुर्काउनु जस्तै हो। ठोस् समयसम्म पाल्नु भयो भने ठोस परिणाम पनि देखाँउछन्, अनि अचम्मको सन्तोष पनि पाइन्छ।

३. ‘नेतृत्व आफैँ बन्दैन, बनाइन्छ- यही मन्त्र जप्नु’

बुद्ध, गान्धी, मण्डेला एक्लै बन्या होइनन्। पेले त्यसै पेले भा होइन। तपाईँजस्तै कसैको आस्था र निरन्तर मद्दतले तिख्खारिदैँ, उच्चालिदैँ यी साधारण मानव असाधारण महामानव बनेका हुन्। अहिले जिरोमा रहेका ती परिवर्तन निर्मातालाई आड दिई राख्नु, समयले हिरो बनाएरै छाड्छ! यसरी यो देशमा फेरि बुद्ध जस्तो नेतृत्व बनाउने जिम्मा लिनु त। नेपाली इतिहास फेरि हाँस्नेछ।

४. ‘बनिबनाउ स्वर्गलाई होइन, भत्केकै स्वर्ग बनाउनु’

नेपाल भत्किएको स्वर्ग हो। कम्मर कसे चाँडै बन्छ। विकसित मुलुकको बनिबनाउ स्वर्गलाई थप सिंगार्न लाग्नु भन्दा अभाव भएको आफ्नो देशलाई समृद्ध बनाउने बाटो रोज्नु। अवसर आफैँ बन्दैन, स्वयंले बनाउने हो। बाहिरै भए पनि नेपाल बनाउनेहरुमै लगानी गर्नु। आफू फर्कने बाटो यसरी नै खोल्नु।

५. ‘टन्न भाकालाई होइन पेट कराइरहेकालाई खुवाउनु’

श्रोत-साधन-शक्तिले टन्न भाकालाई समर्थन गर्ने कु-संस्कार छाडी मद्दतका भोकालाई हात दिनु। उदाहरणको लागि, यसले जित्छ भनेर होइन यसले सही बाटो समाएको छ भनी भोट दिनु। परिवर्तन गर्नेहरु एक्लो हुन्छन्, मद्दतका भोका हुन्छन्। उनीहरुलाई नै खुवाउनु न।

६.’१०० मिटर होइन, ‘रिले’ म्याराथुन दौडिनु’

छिटो पुग्नेलाई होइन, चाँडै नथाक्नेलाई खुरुखुरु मद्दत गर्दै जानु। धेरै जसो बेला हामी यसैमा चुक्छौँ। ‘तु’ पुर्याइदिने बाचा गर्नेको पछि लाग्दा घर न घाटको भइन्छ। दिगो परिवर्तनको लागि बटान पास गर्दै ‘रिले’ म्याराथुन दौडनेमै बाजी लगाउनु।

७.’नेपालमा बोल्ने-लेख्ने-पढ्नेलाई पुग्यो अब गर्नेलाई पालो दिनु’

सर्वत्र थाहै छ कि बोलाइ र गराइमा सन्तुलन नल्याएसम्म कुनै कार्य सफल हुँदैन। यसो गर्नुपर्छ भन्ने, लेख्ने, विश्लेषण गर्नेको अनुपातमा कार्य गरी देखाउने रवैया भएका निकै थोरै छन्। जसरी घरका हरेक खम्बा नबनेसम्म छानो ढलान हाल्न सकिन्न, गर्नेलाई बलियो नबनाएसम्म देश बन्दैन।

८.’मन जगाउनु- जगतै तताउनु’

नेपाल बनाउन तम्सिनेलाई मद्दत गर्न पिएचडी चाहिँदैन। आसेपासे पनि हुनु पर्दैन। अरु त के देशमै हुनु पर्दैन, नागरिक नै हुनु पर्दैन। केवल मन चाहिन्छ मन ‘पाशा’। कुनै पनि नेतृत्वलाई सबभन्दा महत्वपूर्ण मद्दत भनेको त्यही ‘पहिलो समर्थक’ बनिदिनु हो। त्यसपछि त ढिलो चाँडो वरिपरि तात्न थालिहाल्छन्।

९. ‘नेपालमा नपत्याउने खोलाले नै बगाउँछ – यो कुरो ध्यान राख्नु’

चौबिसे राज्य मध्यको एउटा फुच्चे राजाले नै नेपाल आँट्या होइन र? इतिहास पल्टाउनुस्- परापूर्व कालदेखि नेपाल हल्लाउने जति सबै नपत्याउँदा नै थिए होइन र? नसुनेकालाई मद्दत गर्ने चेष्टा गर्नु्। नपत्याउँदालाई नहुर्केसम्म हात डोराइहेर्नु न।

१०.’नेपाल ‘सकारात्मक’ हल्लै हल्लाको देश बनाउनु!’

अरु कुनै नसके पनि यो एउटा त पक्कै सक्नुहुन्छ। उठेदेखि सुतेसम्म राम्रै राम्रा हल्ला फैलाउनु। सानै हिमाल चढेको खबर किन नहोस् वा ट्राफिक स्वयंसेवक बनेकै, उनैको बेस्मारी गफ छाँट्नु। मुखसम्मै आइरहने ती नकारात्मक हल्लालाई भित्रै दबाइराख्ने कसरत दिनहुँ गर्नु।

नेतृत्व लिने मात्र नेतृत्व होइन, नेतृत्व बनाउने पनि नेतृत्व हो। मेरो लेखको सार यही हो।

नेपाललाई अहिले तपाईँजस्तै ‘नेतृत्व निर्माता’ को जरुरी छ। नेतृत्व लिन चाहिने सीप, त्याग र लगन जो कोहिमा नहोला तर नेतृत्व बनाउन त हामी हरेकले सक्छौँ। आफूभित्र नेतृत्व बनाउने संस्कार आजैदेखि विकास गरे यो देशमा सकारात्मक शक्ति, सञ्जाल र नेतृत्व बलियो बन्न केहीबेर लाग्दैन।

अन्तमा मेरो अनुरोध तपाईँजस्तो प्रतिभाशाली नेपालीलाई-

‘आउनुहोस् अब नकुरौँ, नेतृत्व आफैँ बनाउने आँट गरौँ !’

 

उज्वल थापा
अध्यक्ष
विवेकशील नेपाली दल

Women and Nepali society

3 years ago a ‘ECS living’ magazine reporter interviewed me on a woman’s role in a modern (21st century) Nepali society. I had all forgotten about it when I recently found its transcript. I found it good enough to share with you. I have edited it for clarity and now am posting it here :)

  • Women are perceived as someone’s daughter, wife or mother in our society. Do you think it is necessary for women to have a separate identity of her own besides being a wife or a mother?

Yes. Women have to forge their unique identity in the world today. Mother/wife/daughter are secondary roles. Any of you can have those. So start following your own path and become that change you seek in the world today.

  • Does religion reinforce the traditional roles of women? How?

Yes and No. If you follow religion to the scriptures (word by word), you might be misguided into accepting traditional rules which is not its intent. If you follow the essence of any religion (what it implies), then you would understand that religion actually provokes women to change the rules of the game, to be proactive and change agent in this world.

  • The patriarchy categorizes certain dos and don’ts for both men and women. For instance, men are the breadwinners in the family and it is women’s responsibility to look after her household chores and her children. Now that even women have become job holders, how does this patriarchal ideology constrict both men and women?

Patriarchal ideology is going to be less and less relevant in Nepal soon. The roles of men and women in a family will be inter-changeable like in many developed countries. The new ideology is inter-changeable, inter-dependence and mutual-responsibility.

  • How does the glamorized avatar of women either benefit or harm her individual identity?

Glamor hurts. Personality rocks !  Glamor is short-lived. Personality is long-lived. Glamor causes jealousy. Personality attracts genuinely. Therefore build your (unique) personality…

  • Women have been objectified since time immemorial. They have been perceived as a housemaid, a sanctuary for legalized sexual satisfaction, an object to conceive and reproduce babies and so on. In the present context, what are the ways women have been often exploited and how can women refute these patriarchal domination.

Build your self-confidence and you will not be played with. In-fact if women only realized and accepted how powerful they actually are, they would find that this society would have no choice but to respect them instead of trying to exploit them.

  • What are the strengths of women in the present context?

In Nepal today, If a man can do it, so can a woman.

  • How can women overcome the prejudices of patriarchy?

Focus on building your unique identity by improving your personality and reputation, other than being a mother /wife/daughter. Be involved in nation-building tasks. Follow your vision, not your fears. Follow your heart and mind, not the societal mob. Remember, your family may not understand you or would reject you at first, but in time, they will ALWAYS come to accept and love you for who you are.

  • How is the system of reservation either benefiting or undermining the capabilities of women?

I don’t believe in a system that creates division in any way, whether it favors or discriminates women. Equality in strictest sense has to be followed by educating people’s moral sense without discriminating based on sex . Yet by instituting quota systems giving women special priorities just because they are a woman will brings strong resentment from men who feels discriminated in turn. I do believe in  providing special incentives to help train women who need to upgrade their skills  so that they can compete fairly.

  • Even job holder married women go to their homes and single handedly perform all the household chores. That is the ideal wife according to the patriarchy in the modern times. How can this concept be changed?

Frankly let men do their dishes. I do it. If I can do it. so can others. In modern Nepal, traditional roles are no longer fixed, they are starting to change to mutually interchangeable roles . As women play  more powerful roles in public, this ideal wife concept of the past will fade away.

  • Women inherit nothing but castes, first from their fathers and later from their husbands. Does this tendency conceal a woman’s identity?

Yes to an extent. Women should never have to inherit identity from anyone else (neither should men). I recommend women not to change their identity (surname, castes), and husbands and others in the family not to insist on changing them. Just because it is an old tradition doesn’t mean it still holds credibility now. We have to be pragmatic. In the 21st century, identities are meant to be built. They aren’t meant to be inherited from someone else. Focus on building and shaping your unique identity :)

(राजनीतिक) बिधार्थी संगठनको सट्टा के त ?

 

राजनीतिक बिधार्थी संगठनको ठाँउमा ‘कलेज कल्याण परिषद” राखे कसो होला ?
जसमा ‘बिधार्थी, प्रशासक, प्रध्यापक, कर्मचारी, त्यो टोलका प्रतिनिधि अनि भुतपूर्व बिधार्थीका प्रतिनिधि’ एकै ठाँउमा बसी सबैका साझा समस्याका हल गरिने छ।

राजनीतिक संघ-संगठनको सट्टा काम अनुसारको क्लब प्रणाली राखे कसो होला ? उदाहरणको लागि उद्दमशीलता बिकास क्लब, क्रिकेट क्लब, पेशा परामर्श (career counseling) क्लब, वातावरण क्लब आदि खोली बिधार्थीको हितमा लागे कसो होला।

राजनीतिको नाम लिएर बिधार्थीको पठनपाठनमा मद्दत नगरि बिधार्थी अन्यत्रै राजनीतिक दलको कार्यमा लगाउने संगठन खोलेर काम छैन नेपाल । योग्यतामुखी समाज बनाउने हो भने यो चाकडी-गुण्डागर्दी प्रथा त्यागी विवेकशील उपायहरु अपनाउनु बेश होला साथीहरु !

बिकल्प के हुन सक्ला ? तपाईको पनि सुझाब पाँउ न

Networks of Hope

Nepal needs networks of “hope” to counter the network of hopelessness that prevails in our society.

“Opportunity creating Network” We need a network of “hopeful” Nepali who want to create opportunities right here so that we can counter network of Nepali who believe that the only way to find opportunities is to leave our home, leave our city and leave our country.

“Rapid reaction Network”: We need a network of “hopeful” Nepali who stand against political corruption in institutions to counter the nexus of corrupt business, politicians and thugs who benefit from our silence.

“Career counseling Network”: We need a network of ‘successful’ Nepali who give the right career advice to counter the culture that advocates its brightest to study abroad (and tries to stop them from coming back by spreading negativity about Nepal)

“Civil society Network” We need a network of ‘hopeful’ professionals who  know they need to cross professional boundaries to solve anything. Only this unity can counter our toxic culture where we expect  for e.g, hospital problems solved only by medical practitioners ; justice problems by only lawyers or education problem by only teachers, or law/order problem solved only by the police.

“Leadership building Network”:  We need a network of ‘generous’ elders who dare to stand back and groom-mold-push youths to lead institutions to counter the syndicates of elders who only want everyone else to follow them (right till their death).

“Network of positive Networks”: Nepal needs a network of Nepali who dare to create “networks of hope” to counter this “cancer of hopelessness” that rules over us now.

And so on….

So are you part of some “network of hope” ?
Tell us. Share with us your network below.
If not, Just start one …

नेपालीमा समग्रमा

नेपालमा आफ्नो भविष्य कसरी सुरक्षित राख्ने ?

प्रश्‍न गर्नुहुन्छ : ‘नेपालमा आफ्नो भविष्य सुरक्षित राख्न मैले के गर्नुपर्छ ?’
मेरो जवाव: ‘तपाई स्वार्थी बन्नुहोस्। नेपालमा आफ्नो भविष्य सुरक्षित राख्न महा-स्वार्थी बन्नुहोस्।’

Read in English

असजिलो लाग्ला यो सुन्दा। के सन्क्या होला यो उज्वले भन्ने मनमा पनि पर्ला।
लौ त्यसोभए एकैछिन ध्यान दिनुहोस्। म एउटा कथा भन्छु।

मानौं, आज भन्दा ७ बर्ष पछि तपाईले आफ्नो जीवनमा बडो सफल हुन थाल्यो रे ! ईमानदारीका साथ बर्षौं गरेको मेहेनतको फलस्वरुप तपाईले काठमाण्डौंमा गार्ड, नोकर-चाकर सहितको राम्रो घर अनि बैंकमा पुग्दो पैसा बटुल्न सफल हुनुभयो रे। तपाईको यो भव्य सफलता देखेर इश्टमित्रहरु पनि भित्र भित्रै ईश्या गर्न थाले रे !

मानौं त्यति बेला तपाईको एउटा सानो सुखी परिवार पनि छ रे जसमा तपाई, तपाईको जिवन साथी अनि हिस्सी परेका छोरा र छोरी छन्। दैनिक तपाई काठमाण्डौंका सयौं समस्यासंग हेर्दै-लड्‍दै अगाडि बढिरहनु भएको छ। यहाँका असंख्य समस्याहरुमा कसैले पनि चासो नदिएको नदेख्दा तपाईलाई बेला बेलामा रनक्क हुन्छ, उदास पनि हुनुहुन्छ। निरही देखिएका तपाईको मुखबाट एउटै मात्र बाक्य निक्लन सक्छ – “यस्तै हो, के गर्ने”। अनि “गर्न नसक्किने कुरामा किन टाउको दुखाई राख्ने होईन र ?” भन्दै आफ्नो समय आफैले प्रभाव पार्न सक्ने ठाउँमै मात्र लगाउनुहुन्छ। त्यो रहयो तपाईको आफ्नो परिवारको हेरबिचारमा। अनि काठमाण्डौंको हेरबिचारलाई तपाई बिर्सीिदनुहुन्छ।

तपाईले हेर्दा हेर्दै काठमाण्डौंको मुटुबाट मरिसकेकी बागमती झनझन प्रदुषित हुन्छिन्। बागमती सफा गर्नु मेरो कार्यक्षेत्र भन्दा बाहिरको कुरा हो भन्दै तपाँई दिनहुँ यसको दोषी खोज्नुहुन्छ। कहिले, यो काम त नकचरा सरकारको हो भन्नुहुन्छ त कहिले त्यै ढल मिसाउने गैरजिम्मेवार नागरिकहरुका हुन् भन्नुहुन्छ। कहिले यो काम तिनै यत्रा डलर खेती गर्ने कुनै गैर-सरकारी संस्थाको नै हो भनि ठोकुवा गर्नुहुन्छ भने अरु बेला त पेशावर वातावरण विज्ञ कै हो भनेर सजिलै आफु यो जिम्मेवारीबाट उम्किन चाहनुहुन्छ।

अब फेरि हामी तपाईकै परिवारमा फर्कौँ। आफ्नो छोराछोरीलाई तपाईले बडो अव्वल तरिकाले हुर्काइरहनु भएको छ। उन्‌को बुद्धि र विवेकको विकासको लागि चरम महंगो र आधुनिक मोन्टेश्‍वरी स्कूलमा पढाई, आईप्याड/आईफोन जस्ता अत्याधुनिक प्रविधिका सरसामानहरु उप्लब्ध गराउनुका साथ-साथ संसार बुझ्न बिभिन्न देशमा घुमाउनुहुन्छ। तपाईलाई विश्‍वास छ कि एक दिन यी ठूला हुन्छन् र पक्कै पनि देशको लागी सबल नेतृत्व यीनै बन्नेछन्। देश प्रतिको कर्तव्य र सपना तपाँईले यिनै दुई सन्तान मार्फत देख्नु हुन्छ। सहि लगानी गरेछु भन्दै तपाई आफैलाई धन्यवाद दिनु हुन्छ। यहि सोचले तपाईलाई सान्त्वना दिन्छ, “मैले त सकिन, तर मेरा सन्तानले त पक्का यो देश बनाउछन्”।

ल अब, मानौं एक दिन यहि विषाक्त बागमतीका कारणले वा काठमाण्डौंको सयौँ चरम प्रदुशनले निम्ताएको फैलिने रोगका प्रकोपहरुका कारण एउटा भएङ्करै डरलाग्दो पानीबाट फैलिने नयाँ किसिमको महामारी रोग फैलियो रे। मानौ दुर्भाग्यवस् तपाईको बच्चालाई स्कुलमा हुँदा यसले समात्यो रे- विधालयका साथीबाट सरेको पनि हुनसक्छ वा अरु नै कोही बाट। यत्रो ठूलो शहरमा जो कोहि बाट पनि हुनसक्छ। “ब्याड लक”

महामारी रोग ग्रस्त आफ्नो बच्चालाई बोकी तपाई हुँईकिदै नजिकैको उच्च दर्जाका निजी अस्पतालमा पुग्नुहुन्छ, उनलाई शाही श्रेणीको कक्षमा भर्ना गरी २४ सै घण्टा निजी डाक्टर राखेर उपचार शुरु गर्नुहुन्छ। डाक्टरले पनि संसारकै उत्कृष्ट विज्ञहरुसंग परामर्स गर्नथाल्छन्। पैसाको खोलो बगाउनु हुन्छ। अन्तिममा आएर डाक्टरहरुले भन्छन्, “तपाईको छोरीको यहाँ उपचार हुनसक्दैन यो नयाँ खालको सरुवा रोग भएकोले। उनीलाई तुरुन्तै विदेशै लैजानुपर्छ।”

तुरुन्तै तपाईले दिल्लीको लागि पुरै हवाई जहाज रिर्जभ (चार्टर्ड) गर्नुहुन्छ। तपाई छिटो भन्दा छिटो दिल्ली जाने कोशिश गर्नुहुन्छ तर तपाईलाई रोकिन्छ किनकि भारतको निती अनुरुप यस्तो खतरनाक रोग भएकोले महामारी सर्न सक्छ भनेर रोकिदोँ रहेछ। तपाईले भारत र नेपालका ठुला ठुला कर्मचारीहरुको हात जोडनुहुन्छ, धम्काउनु पनि हुन्छ। समय खेर जाँदैछ। यहाँका प्रशासनलाई पैसाले हुन्छ कि धम्कीले हुन्छ पेल्नुहुन्छ। तपाईसँग नेपाली नेताहरुसँग राम्रो पहिचान भएकोले सोझै नेपालको प्रमुख नेताहरुलाई नै कुनै बाटो निकालन सकिन्छ कि भनेर सोर्स-फोर्स लगाउनुहुन्छ। तपाई उनीहरुलाई दवाब दिन सफल पनि हुनुहुन्छ। अन्तिममा दिल्ली लान स्वीकृति पाउनुभयो। आशको झिन्का पलाउँछ। अनि छोरीको जिवन (तपाईको लगानी, तपाईको भविष्य) बचाउन उडनुहुन्छ। तर अफसोस् त्यति बेला सम्म ठिलो भैसकेछ। महामारी रोगले तपाईको छोरीलाई खाई सकेछ।  तपाईकी प्यारी छोरी अब रहिन।

आकाश खस्यो तपाईमा !
“दोष कस्‌को !!!”  तपाईको मन भित्र आरोप-प्रत्यारोपको चिच्चाउने खेल शुरु हुन्छ।  तपाईको भविष्य, तपाईको लगानी, तपाईको समाज, देश प्रतिको आश यसरी चुर्लुम्मै डुब्नुको पछाडि को दोषी होला?

  • के महंगा अस्पताल र डाक्टरहरु नै दोषी हुन् त समयमै उपचार गर्न नसकेकोमा?
  • कि त रोग सार्ने कुनै विवेक नबोकेका परिवारका फोहरी बच्चाहरु?
  • या त त्यत्रो पैसा लिएर पनि हेरचाह गर्न नसक्ने त्यो ‘बेईमान’ मन्टोसेरी स्कूल?
  • कि त ती सबै गधाहरु जसले बागमती सफा गर्नु पर्ने तर नगरेर बसेकाहरु?
  • त्यो पनि नभए त्यहि असक्षम सरकार र तिनै निकम्मा श्रिर्ष नेताहरु पनि त दोषी होलान् होईन?
  • अझै दोष दिने भए त छिमेकी राष्ट भारतलाई पनि त दोषी बनाम् न, एउटा नेपाली लाई समयमै उपचार गर्न रोकेर राख्ने?
  • वा अझै, यो अनुष्टिको पुरै दोष सारा नेपाल आमालाई नि दिम् न? यो “सतीले सरापेको देश त हो नि” होईन र ?
  • अनि आफु नि?

हेर्नुहोस् जो जसलाई दोष लगाए पनि पनि मुल कुरो भनेको तपाईको छोरी अब फिर्ता आउने वाला छैन।

बरु एकैछिन अाँखा चिम्ली तलको प्रश्नको उत्तरको मनन गरौँ न है।

यदि यस्तो परिष्थिति परिवर्तन गर्न आफु बिगतका दिन फर्कन मिल्ने शक्ति भए  तपाई कुन समयकालमा फर्कनु हुन्छ जसले गर्दा तपाईको छोरी आज पनि जिवित हुने थिईन् र उन््को भविष्य पनि शुनिष्चित हुने थियो ?

यसरी आफ्नो बिगतमा फर्किन पाउनु भयो भने तपाई समस्याको हाँगो भाच्न लागि पर्नु हुने थियो कि जरै उखेल्न? जरो नै उखेल्ने फर्किनु हुने थियो नि होईन र? त्यसमा त कुनै दुई मत रहेन, कि कसो?

तपाई यस्तो समयकालमा फर्कनु हुने थियो जुन बेला समस्याहरु सानै हुने थिए र यस्ता महामारीको जडो उखेल्नको लागि तपाईले दिन रात खट्टिनु हुने थियो। अन्तत आफ्नो सन्तान बचाउन समयमा पाईला चाल्नु हुने थियो।

सारंसमा भन्नुपर्दा, आफ्नै स्वार्थको लागि हामी सबैले भविष्यमा आउने भयानक समस्याहरुको जरो अहिले देखि नै उखेल्न लागि पर्नु पर्छ नत्र माथीको बिरक्त कथा तपाई-हाम्रै बन्नेछ।

यदि अाजै देखि समाजका बिद्दमान समस्याहरुका जरो उखेल्ने काम गरेनौं भने अहिलेका यी समाधान गर्न सकिने समस्याहरु बल्झिदैँ गएर यति दर्दानक हुनेछ कि मेरो भविष्य, तपाईको भविष्य र हाम्रो सन्तानको भविष्य सबै बर्बाद पार्नेछ । तितो सत्य यहि नै हो।

त्यसैले आजैबाट तपाईले, मैले, हामीले यी ‘स्वार्थी’ संकल्प लिँउ (आफ्नो र आफ्नो परिवार बचाउनको लागि)।

  1. मेरै परिवार बचाउनको लागि, आफुले देखेका समस्याहरुको हल गर्न कोशिशरत विवेकशील टोलीहरु खोज्छु अनि उनीहरुलाई सहयोग गर्छु। आवश्यकता परे आफैंले अभियान शुरु गरी बाग्मती र अन्य वातावरण सफा राख्ने काममा तम्सिन्छु।
  2. मेरै भविष्य बचाउनको लागि, म अहिलेका असक्षम नेताहरुलाई आफ्नो भविष्य ध्वष्त पार्न दिन्न।  चुप लागेर बिकल्प कुरी बस्दिन, बिकल्प अाफै बन्छु।
  3. मेरै जिवनशैलीको सुरक्षाको लागि, म मेरो छरछिमेक, गाँउ-शहर र देशको भौगोलिक, सामाजिक, अार्थिक, राजनितिक वातावरण स्वस्थ्य बनाउन अग्रणि भुमिका खेल्छु। नेपाली भनेर होईन बनेर देखाँउछु।