किन उज्वल थापालाई कुकुर छापमा भोट दिने त यस पाली ?

Read in English

किन उज्वल थापालाई कुकुर छापमा भोट दिने त यस पाली ?
जब राज्य उत्तरदायी हुन छाड्छ, नागरिकको जिम्मेवारी भुमिका झन अहम् बन्छ । “देश ढले हामी पनि त ढल्छौं”।

म राजनिति गर्न होईन, देशको सेवा गर्न आएको छु। तपाई जस्तै म पनि अहिलेको घिनलाग्दो राजनिति देखि वाक्क दिक्क भएको छु ।  बिगत १० बर्षदेखि नेपालमा नेतृत्वको जवाफदेहिता र सामाजिक, आर्थिक परिवर्तनको लागि लडि रहेको छु। अब चाहिँ बाहिर बसेर होईन मैदान भित्रै आएर लड्दैछु। २०७० मंसिरमा हुने निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ५ बाट स्वतन्त्र उम्मेद्वारको रुपमा जित्न उठेको छु।

मलाई आश छ कि तपाईले मलाई चिन्न केहि समय दिनुहुन्छ ।

ujwal thapa vertical copy

१२ बर्ष अघि म अमेरिकामा पढाई सकि नेपालको सुचना प्रविधि (आई. टी.) को बिकास गर्न देश फर्के। त्यस पश्चात मैले सिकाएका भाई बहिनीहरुले २५ वटा भन्दा धेरै कम्पनीहरु खोली सके, जसले गर्दा सयौँ  नेपालीहरुले सम्मानजनक रोजगारी पाएका छन् । अनि पश्चिम नेपालमा साना किसानहरुको कफि कृषि सहकारी खोलें जसले युवाहरुलाई अरब नगाई  गाँउमै स्वरोजगारको बाटो खोलेको छ।

बिगतका ५ बर्ष देखि मैले देशमा रोजगार अवसर सृजना गर्ने सन्जाल बनाँउदैछु । मैले १३००० सदस्य भएको Entrepreneurs for Nepal िईन्ट्रोप्रनियरस फोर नेपाल (उद्यमी समुह) खोले जसले गरेलु तथा सानो उद्दोगमा  रोजगार सृजना गर्न ‍उद्दमशील र उद्दमी युवाहरुलाई सीप, प्रेरणा र सन्जाल प्रदान गरेको छ ।

अरबमा काम गरि फर्केकी नेपाली चेली ‘सीता राई” को  नागरिक सेवा र सुरक्षा गर्न खटिएका सरकारी नून खाएकाबाट बलात्कार र लुटपाट भएको घटना पछि मैले सन् २०१२ को डिसेम्वर महिनामा लगातार १०७ दिन  दिनहुँ चलेको अकुपाई बालुवाटार अभियान सुरुवात गर्न सहयोग गरें । उक्त अभियानले नेपालमा महिला माथि  हुने हिंसाविरुद्ध नागरिकहरुलाई जागरुक गराई तत्कालिन नेतृत्व तथा सरकारी कर्मचारीहरुलाई यस सम्बन्धि कानुन निर्माणमा दवाब दियो। त्यस बेला दोषीमाथि भएको राजनैतिक आरक्षण बिरुद्ध मैले प्रहरी प्रशासन र सरकारबाट जवाफदेहिता माग गरें । अन्त्यमा यस अभियानले पिडित “सीता राइलाई न्याय प्रदान गर्यो, आशा गर्छु यसले भिविष्यमा पनि यस्ता अप्रिय घटना हुन दिने छैन।

सन् २०११ मा मैले विधार्थी, सामाजिक कार्यकर्ता, पेशागत अन्य व्यक्तित्वहरुलाई एक गरि  नेपाल युनाईट्स् नामक नागरिक नेतृत्वबाट संचालित अनौपचारिक अभियान सुरु गरें जुन एक वर्ष सम्म चल्यो। यसले बरिष्ट नेता तथा सभासद्हरुबाट जवाफदेहिताको माग गर्दै तिव्र दवाव दियो अनि हरेक नेपालीलाई खुलेर बोल्न र समृद्ध नेपाल निर्माणको निम्ति दायित्व बोध गर्न प्ररेरीत गर्यो। “सम्पूर्ण नागरिकहरु एक भइ हातेमालो गर्ने हो भने एक दिन नेपाल अवश्य परिवर्तन हुन्छ।” भन्ने  कुराको जगमा यो अभियान संचालन गरिएको थियो।

म जहिले पनि जीत जीतको वातावरण बनाउनमा विश्वास गर्छु। हरेक काममा मिलेर एक बनाई अगाडि बनाउने बानी म जिते पछि त्यहि व्यवहार संसद भित्र उतार्छु।

मलाई पूर्ण बिश्वाश छ, हामी यस राष्ट्र र नागरिकको नाताले यस भन्दा अझ बढी गर्न सक्छौ।  हाम्रो यस सुन्दर मुलुकले अथाह सम्भावनाहरु बोकेको छ  मेरो ब्लग whynepal.com मा गएर यहाहरुले नेपालका लागि मेरा केहि सपना र मार्गदृष्टिहरु हेर्न सक्नुहुन्छ। यथार्थमा भन्ने हो  भने नेपालमा वर्तमान शासन पद्दतिबाट हामीले खोजेको बास्तविक परिवर्तन आउन सक्दैन। यसका लागि तपाई र हामीजस्ता प्रतिस्पर्धी, सक्षम, इमान्दार, लगनशील देश भित्र र बाहिर बस्नु भएका नेपालीहरुले संगसंगै हातेमालो गर्दै अघि बढ्न जरुरी हुन्छ। म आशा गर्छु तपाईहरुले परिवर्तनको सम्भावनाहरु म मा भेट्टाउनुहुनेछ।

यो पटक जिम्मेवार परिवर्तनका लागि भोट खसाल्नुस्। मलाई बिश्वास छ तपाईले पर्खेर बस्नु भएको योग्य राजनैतिक बिकल्प म नै हुँ ।

मंसिर ४  मा, के तपाई फेरि पनि तिनै भ्रष्ट नेतृत्वहरुलाई नै समर्थन गर्नु हुन्छ कि नयाँ इमान्दार बिकल्प रोज्नुहुन्छ ?

तपाईको स्वतन्त्र उम्मेदवारः

उज्वल थापा,
उमेर ३६ वर्ष,
पेशा आई.टीं उद्यमी र कफि किसान
मेरो चुनाव चिन्ह कुकुर ।
कुकुर जस्तै ईमान्दार र बफादार नेतृत्वको खाँचो छ यो राष्ट्रलाई ।

“ईमान्दार छ, बफादार छ, भोट हाल्न शानदार छ ।”

क्षेत्र – ५ – {क्षेत्र नं-५ काठमाडौँ भित्र लाजिम्पाट देखि सानो गौचरण हुदै धुम्बाराही, बुढानिलकण्ठ, धापासी अर्थात् वार्ड नं- २,३,४ र ५  पर्छन्। यसले निम्न गा. वि. सहरुलाई समेत समेट्छ: धापासी, टोखा सरस्वती, खड्ग-भद्रकाली, बिष्णु बुढानिलकण्ठ}ujwal 

One thought on “किन उज्वल थापालाई कुकुर छापमा भोट दिने त यस पाली ?

Leave a Reply