आफ्नो दायित्व पनि पूरा गरौँ : धुम्रपान रहित नेपाल

नेपालमा बिभिन्न ठाँऊमा धुम्रपान गर्न मनाई छ।

किन?

तथ्यांक अनुसार नेपालमा सूर्तीजन्य पदार्थको सेवनबाट मुटु, श्वासप्रश्वास, क्यान्सरजस्ता रोगले दैनिक ४४ जनाको मृत्यु हुन्छ भने यसबाट सिर्जित हुने रोगको उपचारमा १६ अर्ब रुपैयाँभन्दा बढी खर्च भइरहेको छ। 

कहाँ निषेध छ ?

  • सरकारी निकाय, शिक्षण संस्था, पुस्तकालय, विमानस्थल, सार्वजनिक सवारी साधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय, बाल उद्यान क्लब, सार्वजनिक शौचालय, चलचित्र घर, सांस्कृतिक केन्द्र, होटल, भोजनालय, सवारी प्रतीक्षालय, रंगशाला र छात्रावासजस्ता स्थानलाई सार्वजनिक स्थल तोकेर धुम्रपान प्रतिवन्ध गरेको छ।
  • सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाइने सूचना देखिने गरी नराखे सम्बन्धित निकायले समेत ५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ।
  • ऐनले १८ वर्ष नपुगेका र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्रीवितरण गैरकानुनी मानेको छ।
  • त्यसैगरी सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा प्रवर्द्धन र प्रायोजन हुने सन्देश सञ्चारमाध्यममा प्रचारप्रसार गर्न पाइँदैन।
  • यसको उल्लंघन गरे कसुर हेरी एक सयदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुन्छ।
  • त्यसैगरी शिक्षण संस्था, स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम र अनाथालयको सय मिटरभित्र बिक्रीवितरण गर्न पाइँदैन।
  • ऐनले फुटकर चुरोटबिँडी बिक्रीलाई समेत प्रतिबन्ध गरेको छ।
  • सय मिटरवरिपरि र फुटकर बिक्री गरेमा १० हजार रुपैयाँ जरिवाना गर्नसक्ने प्रावधान छ।
  • ऐनले तोके अनुसार कात्तिक १८ देखि उत्पादकले चुरोट, बिँडी र खैनीको प्याकेटको बाहिरी भागमध्ये कम्तीमा ७५ प्रतिशत स्थानमा ‘सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छ’ भन्नेजस्ता व्यहोरासहित स्वास्थ्य मन्त्रालयले तोकेअनुसार सेवनले भएका घातक असरको रंगिन चित्र प्रस्ट बु‰ने र देख्नेगरी छाप्नुपर्छ।
  • यस्तो चित्र नराखे ती कम्पनीले ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ। अहिले उरुग्वेमा प्याकेटको ८० प्रतिशत भागमा चेतावनीमूलक सन्देश र चित्र राख्ने प्रावधान भए पनि अन्यत्र यस्तो व्यवस्था छैन।

धुम्रपान रहित नेपाल बनाउने होईन त ?