आजको नेपाल बन्दको दिन

(June 16th को बन्द) 
आज नेपाल बन्दको दिन। स्कुटरमा पुतलीसडक जाँदै थिएँ। बाटोमा हिँडिरहेका एक जना बुढा अघि रोके । “दाई जाने हो, लिफ्ट दिन्छु” । बुढा हाँस्दै भने, “म त नजाने, हिँडनै मज्जा छ”। ठिकै छ भनेर अलि अघि गए। अगाडि महिलाहरु हिँडी रहेका रहेछन्। तर सोध्ने आँट आएन। फेरि “लिफ्ट दिन्छु’ भन्दा अन्यथा सम्झि “झाप्पु” खाईयो भने? खुरुक्क अगाडि बढेँ।
अनि फेरि एउटा युवा एक्लै सुस्तरी हिँडि रहेको फेला पारे। उसलाई त्यहि सोँधे। दंग परेर स्कुटर चढि हाल्यो त्यो भाई । चढ्न साथ उसले भने “आहा दाई, ढुँगा खोज्दा देवता मिले जस्तै भयो यो त।”
कुरो के रैछ भने त्यो भाई कलंकीबाट चक्रपथ महाराजगंज सम्म हिँडेर आएका रैछन्। खुट्टा बेस्कन थाकेको रहेछ।
‘घर कहाँ हो भाई” मैले सोधे।
‘तनुहँ’।
उसले फ्याट्ट सोधे, “दाई मुसलमान हो?”
म हाँस्दै भने ” किन र भाई?
‘तपाईको दाह्री देखेर’। म झन हाँसे। मैले हेल्मेट र मास्क लगाएको थिएँ। उसले मेरो अनुहारमा दाह्री मात्र देखेको रहेछ। दाह्रि = मुसलमान भनेर बुझ्दा रहेछन् आजकल पनि गाँउ ठाँउमा।
————–
अगाडि बढ्दै गर्दा मैले सोधेँ “अनि किन त्यत्रो लामो हिँडेको त भाई?”:
“आज महत्वपूर्ण अन्तर्वार्ता थियो साउदी अरेबियामा काम गर्नको लागि। मिस गर्नै नमिलेर दौडिएर आए कलिंकी बाटै।”
“किन जान लाग्या त फेरि बिदेश? देशमै केहि काम गरे हुन्न?” मैले सोधे। त्यो भाई पहिले पनि कत्तार गईसकेको थिए।

उसले भने, “गर्न त मन छ नि। के गर्ने अलि कति पुँजी त चाहियो नि केहि शुरु गर्न पनि।”
ंमैले भने, “ठिकै छ भाई, तपाई अरब गएर आउनु, म चाहिँ यो देशलाई तपाई जस्तोलाई देशमै उद्दमशील काम गर्ने वातावरण बनाउछुँ।”
‘कसरी?’ भनेर सोधे भाईले। “भाई हामीले विवेकशील नेपालीहरु मिलेर देशमा दरो शक्ति बनाउदैछौँ देशलाई संमृद्ध बनाउन” मैले भनेँ।
“म पनि संलग्न हुन पाँउ न त यस्तो शक्तिमा” भने भाईले।
स्कुटर रोकेर विवेकशीळ नेपालीको कार्ड झिकेर दिएँ । गोलो आकारको हाँसेको अनुहारको कार्ड देखेर अचम्मित थिए होला। :)
प्रश्न उत्तर चल्दै रह्यो।
————–
अनि एकैछिनमा हामी त्रिचन्द्र कलेज अगाडि पुगे पछि पुलिसले अगाडि बढ्न दिएन। ‘अगाडि नेपाल बन्द गर्नेहरु छन् – तपाईहरु जानै मिल्दैन त्यहाँ’ पुलिसले भने।
पुलिसले हामीलाई बचाउन बसेको हो कि त्यो बन्द गराउने भातमाराहरुलाई हो, हामी दुबैलाई बुझ्न गाह्रो भो।
ंमैले भाईलाई भने ‘लौ भाई यहिँ अोर्लिनु पर्यो तपाई। अगाडि जान दिएन” भाई वोर्ल्यो। अनि वालेट झिकेर उसले मलाई पैसा दिन खोज्यो। ‘ह्या भाई, मद्दत गर्नेलाई कहिले काहिँ त मद्दत गर्न देउ न यार” भनीकन आफ्नै बाटो लागे पुतलीसडक तिर मोड्दै।
————–
भाई फेरि हिँडन थाल्यो रत्नपार्क तिर, शायद परिवारको सपना पुरा गर्न अरब जाने बाध्यता बोक्दै, नेपाल बन्द गर्नेहरुलाई सराप्दै र उसले कमाएको पैसाबाट जागिर खाएका सरकारका पुलिसहरुको लाचारपन हेर्दै।

 

नेपालमा आफ्नो भविष्य कसरी सुरक्षित राख्ने ?

प्रश्‍न गर्नुहुन्छ : ‘नेपालमा आफ्नो भविष्य सुरक्षित राख्न मैले के गर्नुपर्छ ?’
मेरो जवाव: ‘तपाई स्वार्थी बन्नुहोस्। नेपालमा आफ्नो भविष्य सुरक्षित राख्न महा-स्वार्थी बन्नुहोस्।’

Read in English

असजिलो लाग्ला यो सुन्दा। के सन्क्या होला यो उज्वले भन्ने मनमा पनि पर्ला।
लौ त्यसोभए एकैछिन ध्यान दिनुहोस्। म एउटा कथा भन्छु।

मानौं, आज भन्दा ७ बर्ष पछि तपाईले आफ्नो जीवनमा बडो सफल हुन थाल्यो रे ! ईमानदारीका साथ बर्षौं गरेको मेहेनतको फलस्वरुप तपाईले काठमाण्डौंमा गार्ड, नोकर-चाकर सहितको राम्रो घर अनि बैंकमा पुग्दो पैसा बटुल्न सफल हुनुभयो रे। तपाईको यो भव्य सफलता देखेर इश्टमित्रहरु पनि भित्र भित्रै ईश्या गर्न थाले रे !

मानौं त्यति बेला तपाईको एउटा सानो सुखी परिवार पनि छ रे जसमा तपाई, तपाईको जिवन साथी अनि हिस्सी परेका छोरा र छोरी छन्। दैनिक तपाई काठमाण्डौंका सयौं समस्यासंग हेर्दै-लड्‍दै अगाडि बढिरहनु भएको छ। यहाँका असंख्य समस्याहरुमा कसैले पनि चासो नदिएको नदेख्दा तपाईलाई बेला बेलामा रनक्क हुन्छ, उदास पनि हुनुहुन्छ। निरही देखिएका तपाईको मुखबाट एउटै मात्र बाक्य निक्लन सक्छ – “यस्तै हो, के गर्ने”। अनि ”गर्न नसक्किने कुरामा किन टाउको दुखाई राख्ने होईन र ?” भन्दै आफ्नो समय आफैले प्रभाव पार्न सक्ने ठाउँमै मात्र लगाउनुहुन्छ। त्यो रहयो तपाईको आफ्नो परिवारको हेरबिचारमा। अनि काठमाण्डौंको हेरबिचारलाई तपाई बिर्सीिदनुहुन्छ।

तपाईले हेर्दा हेर्दै काठमाण्डौंको मुटुबाट मरिसकेकी बागमती झनझन प्रदुषित हुन्छिन्। बागमती सफा गर्नु मेरो कार्यक्षेत्र भन्दा बाहिरको कुरा हो भन्दै तपाँई दिनहुँ यसको दोषी खोज्नुहुन्छ। कहिले, यो काम त नकचरा सरकारको हो भन्नुहुन्छ त कहिले त्यै ढल मिसाउने गैरजिम्मेवार नागरिकहरुका हुन् भन्नुहुन्छ। कहिले यो काम तिनै यत्रा डलर खेती गर्ने कुनै गैर-सरकारी संस्थाको नै हो भनि ठोकुवा गर्नुहुन्छ भने अरु बेला त पेशावर वातावरण विज्ञ कै हो भनेर सजिलै आफु यो जिम्मेवारीबाट उम्किन चाहनुहुन्छ।

अब फेरि हामी तपाईकै परिवारमा फर्कौँ। आफ्नो छोराछोरीलाई तपाईले बडो अव्वल तरिकाले हुर्काइरहनु भएको छ। उन्‌को बुद्धि र विवेकको विकासको लागि चरम महंगो र आधुनिक मोन्टेश्‍वरी स्कूलमा पढाई, आईप्याड/आईफोन जस्ता अत्याधुनिक प्रविधिका सरसामानहरु उप्लब्ध गराउनुका साथ-साथ संसार बुझ्न बिभिन्न देशमा घुमाउनुहुन्छ। तपाईलाई विश्‍वास छ कि एक दिन यी ठूला हुन्छन् र पक्कै पनि देशको लागी सबल नेतृत्व यीनै बन्नेछन्। देश प्रतिको कर्तव्य र सपना तपाँईले यिनै दुई सन्तान मार्फत देख्नु हुन्छ। सहि लगानी गरेछु भन्दै तपाई आफैलाई धन्यवाद दिनु हुन्छ। यहि सोचले तपाईलाई सान्त्वना दिन्छ, “मैले त सकिन, तर मेरा सन्तानले त पक्का यो देश बनाउछन्”।

ल अब, मानौं एक दिन यहि विषाक्त बागमतीका कारणले वा काठमाण्डौंको सयौँ चरम प्रदुशनले निम्ताएको फैलिने रोगका प्रकोपहरुका कारण एउटा भएङ्करै डरलाग्दो पानीबाट फैलिने नयाँ किसिमको महामारी रोग फैलियो रे। मानौ दुर्भाग्यवस् तपाईको बच्चालाई स्कुलमा हुँदा यसले समात्यो रे- विधालयका साथीबाट सरेको पनि हुनसक्छ वा अरु नै कोही बाट। यत्रो ठूलो शहरमा जो कोहि बाट पनि हुनसक्छ। “ब्याड लक”

महामारी रोग ग्रस्त आफ्नो बच्चालाई बोकी तपाई हुँईकिदै नजिकैको उच्च दर्जाका निजी अस्पतालमा पुग्नुहुन्छ, उनलाई शाही श्रेणीको कक्षमा भर्ना गरी २४ सै घण्टा निजी डाक्टर राखेर उपचार शुरु गर्नुहुन्छ। डाक्टरले पनि संसारकै उत्कृष्ट विज्ञहरुसंग परामर्स गर्नथाल्छन्। पैसाको खोलो बगाउनु हुन्छ। अन्तिममा आएर डाक्टरहरुले भन्छन्, “तपाईको छोरीको यहाँ उपचार हुनसक्दैन यो नयाँ खालको सरुवा रोग भएकोले। उनीलाई तुरुन्तै विदेशै लैजानुपर्छ।”

तुरुन्तै तपाईले दिल्लीको लागि पुरै हवाई जहाज रिर्जभ (चार्टर्ड) गर्नुहुन्छ। तपाई छिटो भन्दा छिटो दिल्ली जाने कोशिश गर्नुहुन्छ तर तपाईलाई रोकिन्छ किनकि भारतको निती अनुरुप यस्तो खतरनाक रोग भएकोले महामारी सर्न सक्छ भनेर रोकिदोँ रहेछ। तपाईले भारत र नेपालका ठुला ठुला कर्मचारीहरुको हात जोडनुहुन्छ, धम्काउनु पनि हुन्छ। समय खेर जाँदैछ। यहाँका प्रशासनलाई पैसाले हुन्छ कि धम्कीले हुन्छ पेल्नुहुन्छ। तपाईसँग नेपाली नेताहरुसँग राम्रो पहिचान भएकोले सोझै नेपालको प्रमुख नेताहरुलाई नै कुनै बाटो निकालन सकिन्छ कि भनेर सोर्स-फोर्स लगाउनुहुन्छ। तपाई उनीहरुलाई दवाब दिन सफल पनि हुनुहुन्छ। अन्तिममा दिल्ली लान स्वीकृति पाउनुभयो। आशको झिन्का पलाउँछ। अनि छोरीको जिवन (तपाईको लगानी, तपाईको भविष्य) बचाउन उडनुहुन्छ। तर अफसोस् त्यति बेला सम्म ठिलो भैसकेछ। महामारी रोगले तपाईको छोरीलाई खाई सकेछ।  तपाईकी प्यारी छोरी अब रहिन।

आकाश खस्यो तपाईमा !
“दोष कस्‌को !!!”  तपाईको मन भित्र आरोप-प्रत्यारोपको चिच्चाउने खेल शुरु हुन्छ।  तपाईको भविष्य, तपाईको लगानी, तपाईको समाज, देश प्रतिको आश यसरी चुर्लुम्मै डुब्नुको पछाडि को दोषी होला?

  • के महंगा अस्पताल र डाक्टरहरु नै दोषी हुन् त समयमै उपचार गर्न नसकेकोमा?
  • कि त रोग सार्ने कुनै विवेक नबोकेका परिवारका फोहरी बच्चाहरु?
  • या त त्यत्रो पैसा लिएर पनि हेरचाह गर्न नसक्ने त्यो ‘बेईमान’ मन्टोसेरी स्कूल?
  • कि त ती सबै गधाहरु जसले बागमती सफा गर्नु पर्ने तर नगरेर बसेकाहरु?
  • त्यो पनि नभए त्यहि असक्षम सरकार र तिनै निकम्मा श्रिर्ष नेताहरु पनि त दोषी होलान् होईन?
  • अझै दोष दिने भए त छिमेकी राष्ट भारतलाई पनि त दोषी बनाम् न, एउटा नेपाली लाई समयमै उपचार गर्न रोकेर राख्ने?
  • वा अझै, यो अनुष्टिको पुरै दोष सारा नेपाल आमालाई नि दिम् न? यो “सतीले सरापेको देश त हो नि” होईन र ?
  • अनि आफु नि?

हेर्नुहोस् जो जसलाई दोष लगाए पनि पनि मुल कुरो भनेको तपाईको छोरी अब फिर्ता आउने वाला छैन।

बरु एकैछिन अाँखा चिम्ली तलको प्रश्नको उत्तरको मनन गरौँ न है।

यदि यस्तो परिष्थिति परिवर्तन गर्न आफु बिगतका दिन फर्कन मिल्ने शक्ति भए  तपाई कुन समयकालमा फर्कनु हुन्छ जसले गर्दा तपाईको छोरी आज पनि जिवित हुने थिईन् र उन््को भविष्य पनि शुनिष्चित हुने थियो ?

यसरी आफ्नो बिगतमा फर्किन पाउनु भयो भने तपाई समस्याको हाँगो भाच्न लागि पर्नु हुने थियो कि जरै उखेल्न? जरो नै उखेल्ने फर्किनु हुने थियो नि होईन र? त्यसमा त कुनै दुई मत रहेन, कि कसो?

तपाई यस्तो समयकालमा फर्कनु हुने थियो जुन बेला समस्याहरु सानै हुने थिए र यस्ता महामारीको जडो उखेल्नको लागि तपाईले दिन रात खट्टिनु हुने थियो। अन्तत आफ्नो सन्तान बचाउन समयमा पाईला चाल्नु हुने थियो।

सारंसमा भन्नुपर्दा, आफ्नै स्वार्थको लागि हामी सबैले भविष्यमा आउने भयानक समस्याहरुको जरो अहिले देखि नै उखेल्न लागि पर्नु पर्छ नत्र माथीको बिरक्त कथा तपाई-हाम्रै बन्नेछ।

यदि अाजै देखि समाजका बिद्दमान समस्याहरुका जरो उखेल्ने काम गरेनौं भने अहिलेका यी समाधान गर्न सकिने समस्याहरु बल्झिदैँ गएर यति दर्दानक हुनेछ कि मेरो भविष्य, तपाईको भविष्य र हाम्रो सन्तानको भविष्य सबै बर्बाद पार्नेछ । तितो सत्य यहि नै हो।

त्यसैले आजैबाट तपाईले, मैले, हामीले यी ‘स्वार्थी’ संकल्प लिँउ (आफ्नो र आफ्नो परिवार बचाउनको लागि)।

  1. मेरै परिवार बचाउनको लागि, आफुले देखेका समस्याहरुको हल गर्न कोशिशरत विवेकशील टोलीहरु खोज्छु अनि उनीहरुलाई सहयोग गर्छु। आवश्यकता परे आफैंले अभियान शुरु गरी बाग्मती र अन्य वातावरण सफा राख्ने काममा तम्सिन्छु।
  2. मेरै भविष्य बचाउनको लागि, म अहिलेका असक्षम नेताहरुलाई आफ्नो भविष्य ध्वष्त पार्न दिन्न।  चुप लागेर बिकल्प कुरी बस्दिन, बिकल्प अाफै बन्छु।
  3. मेरै जिवनशैलीको सुरक्षाको लागि, म मेरो छरछिमेक, गाँउ-शहर र देशको भौगोलिक, सामाजिक, अार्थिक, राजनितिक वातावरण स्वस्थ्य बनाउन अग्रणि भुमिका खेल्छु। नेपाली भनेर होईन बनेर देखाँउछु।

How to start writing in Nepali

I started writing my blog in Nepali only 2 years ago. Here is the steps I took in learning how to write in Nepali also. ़

  1. First I installed Unicode Nepali in my computer. (Instructions on how to install are at the end of the article).
  2. The strategy I used was to set the desktop background of my computer to an image of “nepali keyboard layout”. (Right-click desktop and change desktop picture). (In windows if you press “start + D” you can switch between desktop and your writing window)keyboardlayout-romanized
  3. Then I started translating my most popular articles into Nepali. Translating your own english writings, however few you have, is a great way to start, since you only know the real emotional depth in each of your writings.
  4. Translate fast and rough at first. Then shelve it for a few days. Then go back again to recheck what you have translated. Improve it. Repeat this 2 or 3 times. The finished piece will be a lot polished. You will smile.
  5. Publish it on your website now. Promote it by sharing it in social networking sites. I use Facebook, Twitter and LinkedIn. People deserve to read it.
  6. Don’t forgot to link between the English version and Nepali version of your article.
  7. Every few months go back to original article, re-edit again and re-share it again. With fresh eyes the article will only improve in quality.
  8. If you know a friend who is good in Nepali, please give the article to them for proof-reading. They can see what you can’t see.

————————————————-

*** If you are going to write a lot in Nepali, I recommend you to install Unicode in Nepali. Here’s how to install Nepali (devnagari) for mac users. Here’s how to install Nepali in Windows xp, 7 and beyond.

If you want Google to help you easily type in Nepali by typing in English (ेe.g typing ke = के) and automatically translate into Nepali without memorizing where each key is) bookmark this link. http://www.google.com/inputtools/cloud/try/

If you use Gmail, here is how you can enable typing in Nepali:

If you use Chrome as a browser, simply add this extension:

Buddha was born in Nepal. So what?

Buddha was born in Nepal. So what?
Yes, Buddha was born in Lumbini, around 2600 years ago, which is now in Nepal.
The real question we should be asking each-other now in Nepal is:

Would Buddha want to be re-born in Nepal now?

  1. Would he approve of our pin-drop silence against injustice and impunity in Nepal?
  2. Would he salute the long lines of young men and women in a hurry to leave their motherland, that our elders turned into a place of dead-ends and despair?
  3. Would he embrace his fellow Nepalis who try to divide themselves along our castes, religions and material wealth?
  4. Would he keep smiling while some of his countrymen sell our own girls or kill our own kin in the name of change?
  5. Would he help us when we prefer to sit silent like sheep while our rulers rape any dignity that is left in us?

So before we get over-sentimental about Buddha’s birthplace, why don’t we first take some time off to learn what he actually taught. Bring to heart, what he really fought for 2600 years ago? Believe in his middle way first?

I am going to cherish the day when we Nepalis can declare instead:

“Yes Buddha would love to reborn right here in Nepal”

Enough of us Nepalis talking about his birthplace without taking his teachings into heart. It is time for you and me, to stop being simply a talker or advisor, but to be a ‘doer’, one that will make Buddha proud that he wants to be reborn here again. Are you up for this challenge?

 As for me, I am on a quest to make Buddha proud that he was born in Nepal.
Join me.

We are not failing. We have already failed. Deal with it.

Lets accept this fact for Nepal.

We are not failing. We have already failed. Deal with it.

How do we deal with it? And how do we move on?

Here are 3 important life-choices you will have to make to play a role in turning our country around:

Take the political path:  Want to serve your country fore-most? Take the lead and join politics. Politics is an ultimate sacrifice if you want the change you seek in Nepal now.  If your priority is saving your conscience, your family, your town and your country all in one, you will prepare yourself to lead us all out of this mess! No earlier experience required: you learn as you go. Simplify your life. Try to live a life of example. Beware, Politics is like fire. You can either make it a good servant or a bad master, all up to you. Note: Do not make politics a career. Make sure, you have an alternative livelihood which sustains your family.

Take the entrepreneurial path: Don’t shy away from your national duty to offer opportunities in Nepal. Do urge your kids to learn entrepreneurship right from mid-school. Teach them the value of prosperity, and how to create dignified opportunities by becoming an entrepreneur. Tell them how, providing opportunities for others is one of the best social service in a country like ours. Those of us, who are not entrepreneurial, please invest in those who are taking risks! You will never feel sorry.

Take the bureaucratic path: Join Nepal government and serve the people. If the bureaucrats in the government did their job, we wouldn’t need this many social organizations where many of us continue to make a career out of. Joining the bureaucracy is perhaps one of the best ways to do social service in Nepal now. And the surest way to see the change you seek in your environment.

All these paths need persistence, patience and humility. They bring the best in you and help thwart the worst in you to prevail. Continue to hone these qualities much, they will bring you that feeling of contentment one gets as s/he lives a life of purpose.

I hope you will make a clear choice to deal with our nation’s failure now… because if this country burns, we burn with it…