Category Archives: accountability

Seeking Accountability from Leaders, specially in Nepal

तयारी नगर्ने नेतृत्वले समयमै रक्षा गर्न पनि सक्दैन।

Read In English

“तयारी नगर्ने नेतृत्वले समयमै रक्षा गर्न पनि सक्दैन।” वैशाख १२ गतेको मध्याह्नमा ७.८ रेक्टरको भूकम्प जब गयो तब हामी सबैलाई यसको अर्थ महसुस हुन थाल्यो। अाधा घण्टाभित्रै जब हामी महाराजगंज स्थित शिक्षण अस्पताल मद्दत गर्न पुग्यौँ त्यहाँ ल्याईएका भूकम्प प्रभावितका चापले स्थिति सम्हाल्न गाह्रो थियो । विवेकशील नेपाली दलले यस्तो भुकम्प अाउँदाको बेलाको लागि पहिल्यै एउटा नियम बनाएको थियो – सबै सदष्यले अाफ्नो परिवार सकुशल रहेको थाहा पाउने बित्तिकै अाफ्नो नजिकैको अस्पताल गई त्यहाँका सरकारी निकायलाई मद्दत गर्न थाल्ने। त्यही मान्यता अनुरुप त्यहाँ पुगेका विवेकशील नेपाली दलका सदस्यहरु सर्वसाधारण नेपालीहरुसँग मिली जीवन र मरणको बीचमा रहेका सयौं भूकम्प पीडितको ज्यान जोगाउन शिक्षण अस्पतालका डाक्टर र नर्सहरुलाई मद्दत गर्न थाल्यौं।

अकस्मात् अस्पतालमा हजारौँको चाप बढेकोले अापत्कालीन अौषधी नै सकियो। तुरुन्तै नर्स, डक्टर, पुलिस, र सर्वसाधारण सबैले मन मात्र होइन, खल्ती पनि खोले। झट्टै उठेको करीब एक लाखले तुरुन्तै ती अौषधी किनियो। त्यस बखत त्यहाँ सबैको एउटै उद्देष्य जति सक्दो धेरै नेपालीको ज्यान बचाउनु थियो। अस्पतालको बगैंचा खुल्ला अस्पताल कक्ष बनेको थियो। कालो, रातो, पहेंलो, हरियो क्षेत्र घोषणा गरियो – बिरामीलाई त्यही अनुरुप स्थानान्तरण गरियो । अस्पताल विस्तारै व्यवस्थित बन्दै गयो। अझ व्यवस्थित बनाउन हामीले अस्पताल परिसरमा सहयोग कक्ष सुचारु गर्यौं।

गएको ३ हप्तामा हामी हजारौँ अाम नेपालीसँग मिली १७ जिल्लाका ३०० भन्दा बढी ठाउँमा राहत पुर्याउन सक्यौँ। साथै २०० भन्दा बढि चिकित्सक टोलीहरु पनि बिभिन्न ठाउँमा पुर्याअौँ। त्रास हटाउन मनोवैज्ञानिक परामर्शदाताको काम र महामारी फैलन नदिन सामाजिक स्वास्थ्यकर्मीलाई पनि परिचालन गर्यौं। महाविपत्तिको बेला सरकारको प्रमुख काम भनेकै मद्दत गर्न चाहने र मद्दत चाहिनेलाई जोड्नु र संरक्षण गर्नु हो। यस भूकम्पले हजारौं नेपालीहरुको मुटु निर्ममतापूर्वक बन्द गर्यो तर लाखौंको मन उदार पनि बनाइदियो। धेरै नेपालीले अाफ्नो भाग काटेर पनि अरुलाई राहतको रुपमा दिईरहेका छन्। यस्ता स्व:स्फूर्त रुपमा देशभरि निक्लिएका सकारात्मक सोच र विवेकशील सञ्जालहरुलाई जोडी उनीहरुको कामलाई सहज बनाइदिने कोशिश गरिरहेका छौँ।

नेतृत्व त्यस्तो सीप हो जुन अाफू त्रसित हुँदा पनि वरिपरिका सबैलाई सहज व्यवस्थापन गर्नमा प्रयोग गर्न सकिन्छ। सामाजिक संजाल मार्फत् हजारौं स्वतन्त्र स्व:स्फूर्त सकारात्मक प्रयासले एउटा यस्तो सद्‌गुणको चक्र शुरु भएको छ कि संसारले नेपाल र नेपाली प्रति यति धेरै माया र चासोँ शायदै कहिले पनि गरेका छैनन् होला! यसरी सामाजिक सन्जालको प्रयोगले नेपाली युवाको नेतृत्व उजागर गरिदिएको छ।

विपत्तिमा नागरिकहरु अात्तिएका हुन्छन्, अत्यन्त कमजोर स्थितिमा हुन्छन्। नेतृत्वको पहिलो काम भनेको त्यति बेला अाफ्नो कुशल नेतृत्व द्वारा ती कम्जोर नागरिक/सर्वसाधारणको स्थितीमा मजबुती ल्याउन नवीन तरिकाहरु तुरुन्तै अपनाउनु हो। गलत गरिएला कि भन्दा अनिर्णयमा बस्नु भन्दा शुरु गरिहाली सुधार्दै जानु नै विवेकशील निर्णय हुनेछ। हामीसँग एउटै मात्र मोवाइल नम्बर थियो त्यसैले हामीले तुरुन्तै २४ घण्टे हटलाइन फोनको व्यवस्था शुरु गर्यौं। यसै नम्बरमा नै पहिलो २ हप्तामै ८०० भन्दा बढि मद्दतका अपिलहरु अाए। विस्तारै सञ्चारमा सहजता आएपछि अरु फोन पनि थप्यौं। फेसबुक लतायत सामाजिक संजालमै हजारौं गुहारहरु अाए। एक्लै धेरै सकिन्न भन्ने कुरा प्रश्ट थियो त्यसैले अाफूले नसक्ने कामहरु तुरुन्तै अरु सञ्जालमा फैलाउने र सम्बन्धित निकायमा पुर्याउने काम पनि गर्य़ौं। अरुले पनि त्यसै गर्न थाले। हजारौं मद्दत गर्ने र मद्दत गर्न चाहनेलाई जोडिदिने काम भयो।

शिक्षण, वीर, भक्तपुर अस्पतालहरुमा सहयोग कक्ष शुरु गर्दा अन्जान नागरिकहरु त्यहाँ अाई कसैले सित्तैमा पकाएको खाना ल्याए त कसैले विरामी कुरुवाको लागि सुत्ने कम्बल र पाल त कसैले पानी अनि अौषधीको ब्यबस्था गरेर नेतृत्व देखाईदिए। सर्वसाधारण नागरिकहरुको यो अपार उदारताले नेपालको उज्ज्वल भविष्य प्रति हामीलाई अत्यन्त उत्साही बनाएको छ। अस्पतालदेखि राहत क्याम्प सफा गर्ने, अस्थायी शौचालय बनाउने देखि अस्थायी शिविर बनाउने नेपाली युवाको यो जोश, होस र विवेक देख्दा नेपालको नेतृत्व कहाँ छ र कति छ हामीलाई प्रश्ट भयो!

कुनै पनि नेतृत्वले देशको शासन व्यवस्थामा देखिएको शून्यतालाई तुरुन्त संबोधन गर्न सक्नुपर्छ। हामीले गरेको त्यत्ति नै हो। नेपाली ज्यान बचाउन सरकारको भूमिकामा हस्तक्षप नगरि केवल देशको केन्द्रीय र स्थानिय नेतृत्वको कमी कमजोरीलाई संबोधन गरिदिएका मात्र हौं। जब पाल (त्रिपाल) मागको लागि चरम गुहार अायो तब पुकार बमको नेतृत्वमा हाम्रा सदस्यहरुले सुदूर पश्चिमको धनगढीमा पुगी ट्रकमा राखी टनै टन त्रिपालको रोलहरु रातारात काठमाडौं ल्याय़ौं। बाटैमा फोन अायो – मकवानपुरमा चेपाङ्ग बस्तीमा खुला अाकाशमा १ हप्ता देखि सुतिरहेका नेपालीहरु छन् रे – यो थाहा पाउना साथ केही सय त्रिपाल भरतपुरमै खसाल्यौं जुन बुढानिलकण्ठ स्कुलका भुतपूर्व विधार्थी संगठनका साथीहरुले मकवानपुरका चेपांग गाउँ तिर लगे। हामीले सिकेको शिक्षा यहि हो: यस्तो महाविपत्तिमा नेतृत्वको प्रमुख दायित्व भनेकै नेपालीको जीवन जता जता बचाउन सकिन्छ वा उनका जीवनयापनलाई कम कष्टकर जता जता बनाउन सकिन्छ त्यतै त्यतै लाग्नु हो।

नेतृत्व भनेको नागरिकलाई जिम्मेवार बनाई राख्नु पनि हो। जब गणेश हिमाल पारी उपल्लो गोर्खाको चुम उपत्यकावासीले अाफै हेलिकप्टरको बन्दोबस्ती गरे त्यसमा जति त्यसले बोक्न सक्छ त्यति पाल र चामल थपिदियौं। अाम नेपालीलाई नै अगाडि राखेर काम गर्दा अझ चुस्त हुँदो रहेछ। नागरिक उत्तरदायित्वलाई हौषला मिल्दो रहेछ। जब सिन्धुपाल्चोकका नागरिकहरुले हतारमा बटुलेका केही सामग्री बोकी अाए त्यसमा अाफूकहाँ दान गरिएका राहत उनीहरुलाई थपी पठाइदियौं। लुटपाट होला कि भनेर कतै स्वयंसेवक त कतै सुरक्षा गाडी अनि गाँठो फुकाउन चाहिने विवेकशील नेपालीको नाममा अाधिकारिक कागज पनि दिई पठाय़ौं। जब चिकित्सकहरु विकट गाउँ गई सेवा गर्छु भनि अगाडि अाए त्यो टोलीलाई चाहिने रसद पानी देखि स्वयंसेवक र अौषधीहरु पनि उपलब्ध गरायौं । नागरिकहरुका लागि हामीले मात्र एउटा पुलको काम गरिदिएका थियौँ। जिम्मेवार नेतृत्व त उनीहरु अाफैँ बनेका छन्।

जुन सरकार स्थानीय तहसम्म पुग्न सक्दैन त्यो सरकारी काम गर्न सक्दैन। जब नागरिक र विश्वका समाजले देशको निर्वाचित सरकारलाई भन्दा पनि नागरिकका साना-साना टोली वा कुनै एउटा राजनीतिक दललाई विश्वास गर्न थाल्छ त्यो अवस्था लोकतन्त्रको लागि अत्यन्त दुखद परिष्थिति हुन जान्छ। हामीले यो प्रष्टसँग भन्नैपर्छ – अहिलेको समस्या भुकम्पले भन्दा पनि भुकम्प कु-व्यवस्थापन भएकैले विकराल रुप लिएको हो। हामी पुगेका अति प्रभावित १५ क्षेत्रमा स्थानीय नेतृत्वको नामो निशाना थिएन। स्थानिय सरकार नभए पछि त जवाफदेहिता नहुने नै भयो, पहुँच पनि नहुने भयो, भेदभाव अझै बढ्ने भयो, समग्रमा जनतालाई लोकतन्त्र प्रति विश्वास नरहने भयो। त्यसैले हाम्रो अनुरोध अब पनि तुरुन्तै जन-निर्वाचित स्थानिय सरकार नबनाउने हो भने नेपाली जीवन अझै खेर जाने र लोकतन्त्र नै धरापमा पर्ने खतरा अाँखा अगाडी छर्लङ्ग छ!

नेतृत्वको काम महाविपत्तिको बेला अाउने शंका-उपशंकालाई दबाई राखी अाफ्नो उदारता देखाउनु हो। यस महाबिपत्तिबाट विवेकशील नेपाली दलले सिकेको पाठ यही हो। मनमा कतिपय शंका हुँदाहुँदै र “अरुले के भन्लान्” भन्ने दुविधा हुँदाहुँदै पनि हामीले विश्वको मद्दतलाई स्विकार्न सिक्यौँ, चाहे ती अनजान स्वयंसेवक देखि विदेशी चिकित्सक टोली, बौद्ध भिक्षुहरु देखि संघ-संस्थाहरु, अमेरिकी प्रकोप स्वयंसेवकहरु देखि युरोपका पर्यटकहरु, अरु राजनीतक दलका कार्यकर्ता देखि छिमेकी देशका सबैसँग मिली नेपाली ज्यान बचाउने कोशिश जारी राखी रहेकाछौं। समस्या अाउँछन्, गल्ती पनि गरिन्छ, तर जब यो पिडामा दुनिया पुरै नेपालसँग एक हुन खोजी रहेको बेला शंकाले मन साँघुरो पार्नु सट्टा अाफ्नो मन झनै उदार बनाउनु शाहसपूर्ण छ।

अन्तत: नेपालमा नेतृत्वले गर्ने भनेकै नेपालीको जीवन रक्षा गर्नु हो। जीवन बचाए त बचेको जीवन शान्त, सुन्दर र संमृद्ध बनाउन सकिन्छ। शक्तिमा हुँदा वा नहुँदा, नेपालको राजनीतिक दलका केन्द्रिय वा नेतृत्व र सदष्यको कर्तव्य नेपाली नागरिकहरुको रक्षा गर्नु नै हो। अहिलेको देशलाई चाहिएको २१ वौँ शताब्दी सापेक्ष नेतृत्व भनेको नेपालीलाई उद्धार गर्नु मात्र होइन, राहत दिनु मात्र पनि होइन, उसको घर-परिवारलाई पुन:स्थापना गरि उनको घर-समाजको दिगो पुन:निर्माण गर्दै देशकै दिगो उत्थानको बाटोमा लम्काउनु हो।

नेपाल अामाको जय होस्। तपाई सबैको फलोस् फुलोस्।

उज्वल थापा
अध्यक्ष
विवेकशील नेपाली दल

Earthquake relief effort: Contact your district’s government officials: Phone number। स्थानीय जिल्लाका पदाधिकारीका नम्बरमा कल गरौँ

Numbers of responsible government officials in districts

काठमाडौँ उपत्यका बाहिरको भुकम्प पिडित उद्दार  नेपाल सरकारका यी सचिबहरुले नेतृत्व गर्ने छन्। यी कर्मचारीले स्थानीय निकाय, राजनीतिक दलहरु, नीजि क्षेत्र र नागरिक समाजसँग समन्वय गर्छन्।

जिल्ला —- मुल सरकारी प्रतिनिधि —- सम्पर्क
धादिंग —- शारदा प्रसाद त्रितल —- ९८४११११३२३
काभ्रे —- जीवनप्रभा लामा—- ९८४१४९१७२१
नुवाकोट—- अनुप कुमार उपाध्यय —- ९८४१०५४१८२
रसुवा—- गुनराज श्रेष्ठ —- ९८४१३५३०४५
सिन्धुपाल्चोक—- मधु प्रसाद रेग्मी —- ९८४१५५२९४३
दोलखा —- गजेन्द्र ठाकुर —- ९८४१७४३००५
रामेछाप—- विश्णु प्रसाद लम्साल —- ९८५११३२०४५
सिन्धुली —- रमेश कुमार शर्मा —- ९८५१०२९६०१
गोर्खा —- नरेन्द्र मान श्रेष्ठ —- ९८५१०५४४४०
मकवानपुर—- नर बहादुर राजवर —- ९८४१३३९२९२

 

म त एक अाम नेपाली हुँ । मलाई के फाइदा हुन्छ र डक्टर केसीको सत्याग्रहले?

govinda kc thumbs upम त एक अाम नेपाली हुँ । मलाई के फाइदा हुन्छ र डक्टर केसीको सत्याग्रहले?

सायद यस्तै सोच अहिले तपाईँ अनि लाखौँ नेपालीको मनमा घुमिरहेकोछ होला। यो स्वभाविक पनि हो। जताततै निराशाले छोपेको अवस्थामा यसको उत्तर प्रष्टसँग पाउन गाह्रो पनि छ। तपाईंले खोजेको उत्तर पाउन तपाईं अाफैले पहिले यी केही प्रश्नहरुको जवाफ खोज्नुपर्नेछ।

१) के तपाईंलाई अस्पतालबाट क्लिनिक ‘रिफर’ गरिएको छ ?

२) के तपाईंलाई डक्टरले पर्याप्त समय नदिई हतार-हतारमा जाँची पठाएको अनुभव छ ?

३) के तपाईंले अाफ्नो जाँच रिपोर्ट एउटा डक्टरसँग पत्यार नलागी ( वा छिनोफानो हुन नसकी) २ वा ३ जना फरक डक्टरलाई देखाउनु परेको छ ?

४) के तपाईंले अाफ्ना कुनै चिकित्सकलाई “ठग” सँग दाँज्नु भएको छ ?

५) के तपाईंले कुनै बेला अस्पतालबाट फर्कदा गोजी रित्तिएको अनुभव गर्नुभएको छ ?

६) के तपाईंलाई अाफ्नो बच्चो जन्मिदाँ वा अामा बिरामी हुँदा “त्यो कान्ला मुनिको खेत बेच्नु पर्छ कि क्या हो” जस्तो सोच जागेको छ ?

७) के तपाईंलाई “नेपालमा भर लागेन बरु दिल्ली, बैंकक नै लग्नु पर्छ कि क्यो हो ?” जस्तो सोच मनमा अाएको छ ?

८) के तपाईंले कहिले “ त्यो अस्पताल त जानै नपरोस् बरु फुकी माग्छु वा अाफै निको पार्छु” जस्तो प्राथना गर्नु भएको छ ?

९) कुनै बेला तपाईलाई डक्टर – नर्स बन्न मन  लागे पनि पछि त्यो सपना मार्नु भएको छ ?

१०) अौषधि पसलमा मनमनै यस्तो सोच्नु भा’छ, “ यो अौषधी त अलि महंगो खाले परेछ, अलि सस्तो खाले दिए पनि हुने नि ?”

यदि माथिका प्राय प्रश्नको उत्तर “हो” भन्ने छ भने बल्ल तपाईंले बुझ्नु हुनेछ, डक्टर केसीको अामरण अनशनको मर्म र उनीले निरन्तर लडिरहनु पर्ने कारण।

हेर्नुहोस्, हाम्रो स्वास्थ्य क्षेत्रको कुना-कुनासम्म भएको चरम हस्तक्षेपले गर्दा दिनहुँ ३ करोड नेपाली यसरी नै पिडामा परेका छन्। चाहे त्यो हस्तक्षेप थोरै परिश्रममै धेरै कमाउन तल्लीन लोभी नेपालीको लामले होस् वा कमसल तर महंगो चिकित्सा शास्त्र बनाउने शिक्षा नीतिले होस्, चाहे त्यो शिक्षा र स्वास्थ्यमा अपारदर्शी र गैरजिम्मेवार लगानीले होस् वा राजनीतिक हस्तक्षेप छिराउने भ्रष्ट चिकित्सकहरुले नै होस्। यी विविध कारणले हाम्रो स्वास्थ्य शिक्षा क्षेत्र ढल्न मात्र बाँकी छ।

अझ यी सबै कारक तत्वलाई देशका सर्वश्रेष्ठ राजनीतिज्ञ (शासक) वर्गले नै सक्रिय संरक्षण र बढावा दिए पछि त ३ करोड नेपालीको स्वास्थ्यको भविश्य त सक्किगोन्त !

डक्टर गोविन्द केसी यही कुसंस्कार र कुलत अबको नव-पुस्ता (तपाईं) ले भोग्न नपरोस् भनी अाफै अकालमा जीवन त्याग्न समेत तयार भई लडिरहनु भएको छ। यदि नेपाल सरकारले उहाँको मागहरु संबोधन गरे देशको स्वास्थ्य क्षेत्रले फेरि लामो साँस फेर्ने छ, ३ करोड नेपालीको स्वास्थ्यको भविश्य ठिक बाटोमा लाग्थ्यो होला।

डक्टर केसीले कल्पना गरेका नेपाल यस्तो छ:

१) डक्टर – नर्स दक्ष बन्छन्, ज्यानमारा होइन

२) अोखती सस्तो सुलभ र सही खान पाइन्छ, महंगो होइन

३) स्वास्थ्य सेवा समयमै पाइन्छ, अबेला होइन

४) अस्पतालमा जँचाउ जँचाउ लाग्छ, भाँगू  भाँगू होइन।

५) सन्तानलाई डक्टर बनाउँदा ढाड सेकिन्न, मन न्यानिन्छ।

६) सिटामोलमा कमिसन होइन, गुणस्तर खोज्ने चिकित्सक पाइन्छ।

७) बिरामी कुरुवा जानै नपर्ने पनि दिन आउँछ।

८) नसक्नेलाई स्वास्थ्य खर्च चरम होइन, नरम बन्छ।

९) चिकित्सकलाई सराप होइन, सलाम ठोक्छन्।

१०) स्वास्थ्यमा दाम कमाउन (मात्र) होइन, नाम कमाउन पनि लाग्छन्।

govinda kc relay fast participant tinaधन्यवाद :)

 

The government has no business doing ‘business’ in Nepal. (Nepal Telecom fiasco)

The government has no business doing ‘business’ in Nepal.

I am seriously thinking of switching from ‪Nepal‬‪ ‎Telecom‬ to an alternate. In the past 10 years, they have continuously let me down, despite my emotional attachment to Nepali owned company. Here are 3 reasons for this:

  1. Quality = Pathetic (my calls get cut, diverted, engaged randomly)
  2. Customer service = Unfriendly and unaccountable (to the point of sheer rudeness)
  3. Price = Not cheap any more (considering the amount of cut calls or low quality talks i have to put up with)

[One small context:  I cycled all the way from Kathmandu to Lumbini to highlight Lumbini and cycling and tourism in one of the hottest days of the year and I was using the internet to highlight our campaign. While Nepal Telecom’s competitor NCell had internet coverage in most of the stops we were at, Nepal Telecom had zero connectivity (even though it showed 3G connection as on ). How sad is it when you consistently over-promise and under-deliver?

A photographer friend had to send photos to various media using NCell in bhairahawa. This is embarrassing for a pioneer like Nepal Telecom to slowly go in the direction of Nepal’s other defunct government institutions (hint: Nepal airlines, Nepal Bank Limited, Nepal electricity corporation etc ).

So how do we turn around Nepal Telecom while bringing continuing innovation in the telecommunications industry in Nepal ?

  1. Sell government’s share of Nepal telecom to a Nepali private sector led consortium. Accountability to private shareholders will improve it.
  2. Consolidate all politically affiliated unions into one ‘welfare body’ that has management, employees, alumni and other stakeholders in one body. unions accountable to political parties have no place inside a business.
  3. Build “Customers as gods” policy and make sure  ‘Under-promise, Over-deliver’ remains the mantra of the institution!
  4. Use as Nepal Telecom’s mantra for service delivery.
  5. Implement ‘Hire and Fire’ and ‘no work, no pay’ policy. Nepal Telecom employees should not feel they are unaccountable government employees.

To improve Nepal Telecom we have also got to revamp the Telecom sector. This is a government’s primary role: to “check and balance”. Here are few of my ideas for the government to restructure the Telecom sector. :

  1. Empower the oversight body, Nepal telecommunication authority NTA with an independent board of managers (No political appointees) to make sure all telecommunication providers maintain quality, affordability and service.
  2. Penalize telecom providers for each cut calls and build an automatic refund system for each cut calls.
  3. Let customers track each mobile call records and internet usage records from their devices.
  4. Force telecommunication providers to share their infrastructure with other service providers for a valid fee. This ensures further competition and superior quality of service that comes with a competing market
  5. Fine any providers heavy if they resort to deceptive advertising practices. (Example: sometimes Ncell comes up with hard to understand schemes)
  6. Have a monthly ranking of all providers published in national media based on 3 criteria: Quality, Price & Customer service. Tie extra rewards for boards and management based on this index.
  7. Publicly acknowledge (and reward) best performing telecom engineers, customer service representatives and managers monthly.
  8. Direct telecom providers to collaborate with the banking sector to build secure platform and infrastructure for mobile banking.
  9. Limit Telecom providers to offer data and voice services. Have them open another company to offer other services so that there is no monopoly or unfair advantage over start-up companies.
  10. Ensure internet enabled education in the national policy and have government help bear expenses for this thus helping telecom companies have incentive to build costly next generational infrastructure in remote areas of Nepal.

I repeat, the government has no business doing business in Nepal. Either Nepal Telecom improves from today, or it goes down the drain like its other ‘government owned’ siblings !

 

Buy time to do nothing: how to tackle a system’s tactic to stop change

In Nepal, there is an alarming trend.
Whenever there is an agitation, campaign or even a revolution in Nepal, it seems  an effective strategy for those in power will  water it down ( counter) by using the “buying time to do nothing” tactic (over and over).

What is ‘buying time to do nothing?’
It is ‘agreeing’  to build a ‘high level commission’ to investigate the matter at hand and use that time to essentially tire  campaigners  out.

Prominent News in Nepal usually reads,
“Deal reached! High level commission set up to investigate so and so…. ! “

Everyone becomes happy that solution is at hand!  Citizens move on! Our supporters and fellow change-makers move on to other issues !  We (are forced to) move on !

The key for any change-maker at this time is : When ever a high level commission is set up, transform your task-force into a watchdog! Your first duty as a watchdog is to warn media, and all your supporters that this is the most dangerous time to slacken, give them examples of the past campaigns that failed when they slacked off at this stage and convince them this is actually the time to take campaign to step 2.

Make sure you do this:

  • Set up an accountability seeking team (shadow task force) that has direct contact with the High level commission members and remind them to the point they know we are watching their every step.
  • Ask for a phase wise plan that needs to be delivered. (it can’t be something like, please don’t bother us for 3 months while we work on it ). Form your own accountability task forces (shadow task forces). Divide them into smaller sub-task-force and involve your supporters in this process.
  • Make high level commission members name and contact information public. Keep the campaign going on a smaller scale. Don’t stop.
  • Make sure they  give a weekly report to the accountability seeking team in your group). Initiate a countdown.
  • Engage with media issuing weekly update on the commission’s work. Make sure media covers your issue periodically.
  • Rally your supporters with regular updates and ask them to consistently write or talk about this issue to the their local crowd. Warn them not to fall under a false sense of security that the job will be done.
  • Remind citizens and campaigners that its their own issue!

We need you to be Nepal’s watchdog! In a country where the system expect you to be a sheep, learning how to be a watchdog is perhaps the antidote to the sleeping tablet they feed us while they do their excesses!