आउनुहोस् ! कमन सेन्स (विवेकशीलता) भएका नेपालीहरुको सञ्जाल बनाऊँ

अंग्रेजीमा पनि पढ्नुहोला । धन्यवाद !

यस मार्गदृष्टिका  धेरै बुँदाहरु अहिले एउटा नविन राजनितिक शक्ति ‘विवेकशील नेपाली’ ले आत्मसात गरेको छ। यसको प्रयोग यहाँ हेर्नुहोला ।

*** अब जिम्मेवार नागरिक र जवाफदेही नेतृत्वले नै मिलेर बनाउँछ समृद्ध (संपन्न) नेपाल। कमन सेन्स (विवेकशील) नेपाली अभियानको उदय हुदैछँ।

समग्र नेपाली दिदी-बहिनी, दाजु-भाईहरु,

  • बेला होइन, अबेला भैसक्यो अब त।
  • हामीले हाम्रो भविष्य बचाउने दिन आइसके।
  • वर्तमान राजनीतिक नेतृत्वका उठ्पट्याङबाट हामी नेपालीहरु आजित भैसक्यौँ।
  • अब त उनीहरुले हाम्रो स्वाभिमानलाई नँग्याउन मात्र बाकीँ छ।
  • नेपाल अहिले एक जोखिमपूर्ण अवस्थामा छ जहाँ सयौं जात, हजारौं समस्या, लाखौं स्वतन्त्र विचार राख्‍नेहरु हामी एउटा समृद्ध, शान्त जीवनको आशमा कुरिरहेका छौँ ।

हाम्रो भविष्यका बारेमा सोच्ने विवेक वर्तमान नेतृत्वमा नभएको निष्कर्षमा हामी नया पुस्ता पुगिसक्यौँ। अब हामी नया पुस्ता नै यस देशको बनाउने विवेकशील नेतृत्वहरु बन्नेछौं । हामी नेपालको भविष्य होइनौँ, वर्तमान हौँ ! करिब ७५ % नेपाली अहिले ४० बर्ष मुनिकै छौँ।

विवेकशिल नेतृत्व र उद्धमशिल विचार बोकेका युवाहरु एकीकृत भएर एक कमन सेन्स अभियानको उदय हुनेछ। हरेक क्षेत्रका प्रभावशाली युवाहरु, वर्तमान राजनीतिक दलमै सहभागी भएका देखि लिएर सामाजिक लगाव भएका विवेकसील व्यक्तित्वहरु, डाक्टर देखि इन्जिनियरहरु, वैज्ञानिक देखि सामाजिक कार्यकर्ताहरु अनि आफ्नै पौरखले कमाएर खाने स्वाबलम्बी पेसाकर्मी नेपालीहरु नै यस अभियानको मेरुदण्ड हुने छन्।
बिचार अनेक भए नि बिबेक एकै र सकारात्मक भएकाहरुबाट नै हुन्छ हाम्रो नेपालको उदय।

“ युवालाई सामान्यता उमेरले परिभाषित गर्ने गर्छौँ तर कुनै पनि विचारधारामा नअल्झिई विद्यमान अवस्थालाई ध्यानमा राखेर आफ्ना विचारहरुलाई विवेकसील ढङ्गले परिवर्तन गर्ने जोश र क्षमता भएका जुनसुकै उमेरका नेपाली र नेपालप्रेमीलाई हामी युवा मान्छौ । अनि तपाईँहरु नै यस अभियानका मेरुदण्ड बन्नुहुनेछ। ”

यस नेतृत्वले देशलाई नयाँ दिशा दिन श्रृखंलाबद्ध रूपमा विवेकशील नीतिहरु सार्वजनिक गर्नेछ ।
नेपाल र नेपालीको आत्मसम्मान र समृद्धिलाई केन्द्रबिन्दुमा राखी युवा जोश सहित काम गर्ने जिम्मेवारी यस बौदिक नेतृत्वले बोक्नेछ । अनि यहि अभियानले नेपालको शान्ति र दीगोपनको लागि प्राथमिक हिस्सेदार तथा संवाहक बौदिक नेतृत्व भएका नया पुस्तालाई नै बनाउनेछ ।

  • अबको नेतृत्वको दायित्व शक्ति हातमा परेपछि भुल्ने होईन, बल्ल शुरु गर्नेछ।
  • अबको परिश्रमको फल ब्यक्तिगत वा पारिवारिक सम्पतिमा मात्र होइन, हाम्रो समाजको समृद्धिमा बाँडिनेछ।
  • अबको नेतृत्व आफै मालिक हुने होडबाजीमा होइन, सहजकर्ता बन्नमा लाग्नेछ ।
  • अबको नेतृत्वले नेपाली नागरिकहरुलाई देश भत्काउनेमा होईन, देशभक्त बनाउने बाटोमा लानेछ।
सकारात्मक विवेकशिल युवाहरुको सन्जाल

हाम्रो विवेकसील (कमन सेन्स) नेपाली अभियानका आधारभूत मार्ग-दर्शक सिद्धान्तहरु यी हुन्:

  • समृद्ध नेपाली नै बन्छ सुखी नेपाली

समृद्धि (सम्पन्नता) हरेक नेपालीको आधारभुत आवश्यकता हो जसले उस‌्को अन्य आधारभूत मानव अधिकार सुनिश्चित गर्न बाटो खुलाऊँदछ । समृद्ध नेपाली उनी हुन् जोसँग आत्मसम्मानका साथ आफ्नो परिवारलाई गरीबीको भुमरीबाट टाढा राखन सफल हुन्छिन् । एक समृद्ध नेपालीले आफ्नो अधिकार अरुलाई शोषण नगरीकन वा अरुलाई दुखँ नदिईकन माग्नसक्छिन् र पाँऊछिन्। ऊसँग आफ्नो परिवारलाई नैतिकवान बनाउनकोलागि आफ्नो परिवारलाई शिक्षित बनाउने स्रोत हुन्छ । हाम्रो अभियानले उस‌‍्लाई समृद्धिको बाटोमा अग्रसर बनाउनेछ। त्यसैले भन्छु समृद्ध नेपाली नै बन्छ सुखी नेपाली।

  • स्वनिर्भर नेपाली नै बन्छ सच्छ्यम् नेपाली

हामी तपाईलाई आफू स्वनिर्भर बन्ने लक्ष्यमा साथ दिनेछौँ। कुनै पनि शासकले यसरी काम गर्नु पर्छ कि अन्त्यमा आफ्नो आ‍वश्यकतालाई नै औचित्यहीन बनाउँनु पर्छ । हामी सरकारलाई होईन, नागरिकलाई मालिक बनाउने बाटोमा हाँक्छौ। त्यसैले हाम्रो उद्येश्य नै नेपालीलाई स्वनिर्भर बनाउनु हो।

  • दुब्लो, लचिलो सरकार नै हुन्छ चनाखो जवाफदेही सरकार

केन्द्रीय सरकारको भूमिका देशमा शान्ति तथा अमनचयन कायम गर्नु, न्युनतम भौतिक पूर्वाधारको विकास गर्नु तथा देशको सम्मान कायम राख्न्ने काममा हुनेछ । राष्ट्रनिर्माणको काम सरकारले लगाव भएका युवा सामाजिक उद्यमी, विज्ञहरुलाई सुम्पनेछ जसले स्थानीय प्रान्त-सरकार र समुदायसँगै मिलेर समृद्ध नेपाल बनाउनेछौँ। यसरी राख्‍ने छौँ दुब्लो, लचिलो सरकार जसले बनाउँछ चनाखो जवाफदेही सरकार।

  • सिंगो नेपाल नै हुन्छ बलियो नेपाल

नेपालमा एकता र समानताको साथमा विविधतालाई पनि अगाडि बढाउनेछौँ । हामी विविधतालाई एउटा उपहारको रुपमा स्वीकार्र्छौं र यसलाई बुद्धिमानीका साथ प्रयोग गर्न चाहन्छौं । तर यहाँ रहेका सयौं जातीहरुको एक आपसमा बे-मेल, रिसीबी बढ्ने खालको विविधता चुन्यौँ भने नेपाली र नेपालको विकास र अस्तित्वको लागि नै घातक बन्दछ। यो हामी हर हालतमा रोक्नेछौं । साझा जिम्मेवारी सहितको विविधतामा एकता नै हाम्रो मन्त्र हुनेछ।

  • विवेकशीलता अंगाल्ने नेपाल बन्छ प्रगति उन्मुख नेपाल।

समय बित्दै जाँदा हाम्रा विचारहरुमा पनि परिवर्तन हुँदै जानेछन् । त्यसैले विवेकशीलतामा – कमनसेन्समा आधारभूत सिद्धान्तहरु पनि परिवर्तन हुँदै जानेछन् । यदि बदलिदोँ परिस्थितिमा हाम्रै कुनै सिद्धान्त सान्दर्भिक हुन छोड्छ भने तिनलाई त्यहिँ चटक्कै छोड्न तयार हुनु पर्दछ। यथास्थितिवादी बिचारहरु अँगाली बस्यौँ भने हामी नै ‍औचित्यहीन हुन्छौं।

  • पौरखी नेपाली नै हुन्छ सच्चा नेपाली

हाम्रा भावी पुस्ताहरु नै पूरा विश्वको संरक्षक बन्नुपर्दछ, उनीहरुले यस धरती र पर्यावरण जोगाउन केहि कसर छोड्नु हुन्न। एउटा नेपालीको सिर्जनाशिल, आविष्कारी सोचलाई समाजिक वा कुनै पनि राजनीतिक माहोलले निमोठ्न हुँदैन । यस बिषयमा समाज माथि व्यक्तित्वको बर्चस्व र विशिष्टता कायमै रहनुपर्छ। हामी फेरी नेपालीहरुमा फेरि भृकुटी, अर्निको, सिदार्थ गौतम बुद्ध जस्तै महान हस्थी निस्कियुन् र विश्वमा नाम कमाउने काम गरुन् भन्ने चाहन्छौं र यसै बिश्व प्रतिभा बन्ने दिशामा भविष्यका पुस्तालाई सिकाउने शिक्षा निति बनाउछौँ।

  • खुल्ला नेपाल नै हुनेछ उज्यालो नेपाल

वर्तमान अवस्थामा हामी हाम्रा दुई शक्तिशाली छिमेकीहरुसँग रणनीतिक आपसी सम्मानको नीति अबिलम्बन गर्नेछौं । हाम्रो अर्थतन्त्रलाई उनीहरुसँग खुलारुपमा नजिकिदैँ जोड्नेछौं जसले गर्दा उनीहरु द्रुतगतिमा बढेको आर्थिक विकासबाट  हामीलाई पनि ठोस फाइदा होस्। यो नै हाम्रो अल्पकालीन विदेश नितिको आधार हुनेछ । अनि यहि आर्थिक भातृत्वले अन्तरछिमेकी राजनीतिक खिचातानीलाई एक कदम पछाडि राख्‍नेछ। यसरी खुल्ला नेपाल नै हुनेछ उज्यालो नेपाल।

  • शारंसमा हामी आम नेपालीहरु आफू जति बढी स्वनिर्भर हुनसक्छौँ त्यति नै नेतृत्वहरुको धरपकड कम हुँदै जान्छ। अबको नेतृत्व यसै दिशामा उन्मुख भई आफ्नो कर्तव्य पालन गर्नेछ। यो नै अबको बिवेकशिल नेतृत्वको प्रमुख मार्गदर्शण हुनेछ।

नेपालको जय होस्।

त्यसैले आउनुहोस् अब जिम्मेवार नागरिकहरु र जवाफदेही नेतृत्वले नै मिलेर बनाम् समृद्ध (संपन्न) नेपाल। कमन सेन्स (विवेकशील) नेपाली अभियानको उदय गरौँ हामी नेपालीहरु यसमा एक भएर !

अंग्रेजीमा पनि पढ्नुहोस। धन्यवाद !

मन परेमा आफ्नो साथीहरुमा यो सोच अवश्य बाँड्नुहोला !

 

 

14 thoughts on “आउनुहोस् ! कमन सेन्स (विवेकशीलता) भएका नेपालीहरुको सञ्जाल बनाऊँ

  1. do check out leadnepal.com where we are starting a new political movement.
    नेपालको जय होस् !

  2. lets team up sooner and sooner,as sooner as possible ……..
    Now the integrity among-st us iz going to be The Most Important One for boosting our Movement.

    I think the section/period of time, we are facing currently would add some bonus for us, to decentralize our entire thoughts,visions and notions.

    Lets be united our-self and do unite majority of hard working Nepali citizens still struggling for living their lives.

    I suppose the time has started counting, waiting for the newer force/campaign to come upfront. So sake our hands together and say “YES WE CAN” for the future endeavor of the country.

  3. Now it is more than late to unite to create a main front to provide leadership for national development.

  4. राम्रो छ । उत्साहजनक अभिव्यक्ति पढेर खुशी लाग्यो । तर एउटा कुरा देश पछाडी परेको अघिल्लो पुस्ताले मौका नदिएर हामीले काम गर्न पाएनौ भन्नु भन्दा हामीले आफ्नो भूमीका अझै राम्रो संग निर्वाह गर्न सकेनौ भन्ने दृष्टिवाट वुझाउदा राम्रो होला । युवाले आफ्नो व्यवहारले अघिल्लो पुस्तालाई र समाजलाई प्रभावित पारेर भूमीका हत्याउने हो । न कि माग्नु पर्छ । वहाहरु स्वत दिन तयार हुनुहुन्छ । हाम्रो भूमीका प्रभावकारी हुनु पर्यो भन्ने मलाई लाग्छ । 

  5. very very good मेरो  शुभ्- कामना सहित को पुर्ण समर्थन ६ !!!!!!!!!!!!
                                                                 KRISHNA D. BHATT  From AUSTRIA
                                                                          नेपालको जय होस्।

  6. Thank you for pointing out the Mistake!!! like all of us (NEPALI) would do, not to solve the problem but to make someone look stupid. Kind request: THINK BIG.

  7. Fuck You!!! Common Sense is not a Nepali word.

  8. u0938u0915u0947 u091cu0924u093f u0917u0930u092eu094d 🙂 u0938u092cu0948 u0920u093fu0915u0948 u0939u0941u0928u094du091b !nn2011/6/1 Disqus

  9. u0916u094bu0907 u0906u0926u0930u094du0936 u0930 u0915u0941u0930u093e u0917u0930u094du0928 u0938u093eu0939u094du0930u0948 u0930u092eu093eu0907u0932u094b u0932u093eu0917u094du091b u0924u0930 u092cu093eu0938u094du0924u0935u093fu0915u094d u092cu0947u092du093eu0930u092eu093e u0917u0930u094du0928 u0916u093eu0932u0940 u0916u0941u091fu094du091fu093e u0915u093eu0921u093e u092eu093e u0939u093fu0902u0921u0947 u0938u0930u093f u0939u094b u0925u093eu092au093e u091cu093f , u0915u093eu0920u092eu093eu0921u094cu0902 u0935 u0915u0947u0939u0940 u0936u0939u0930 u092eu093e u0938u093fu092eu093fu0924 u092fu094b u0928u0947u091f u0905u0928u0940 u0915u092eu094du092au094du092fu0941u091fu0930 u0915u094b u092au094du0930u092cu093fu0927u0940 u092eu0947u0930u094b u0915u0930u094du0923u093eu0932u0940u0915u094b u091cu0941u092eu094du0932u093e u092eu093e u090fu0909u091fu093e u0939u093eu0924u094d u0915u094b u0914u0902u0932u093e u092eu093e u0917u0928u094du0928 u0938u093fu092eu093fu0924 u091b u0936u0939u0930 u092eu093e u0938u0941u0916 u092eu093e u092cu0938u0947u0930 u092fu093f u0915u0941u0930 u0917u0930u094du0928 u0928u093fu0915u094du0915u0948 u092eu091cu094du091cu093e u0905u0928u0940 u0906u0928u0928u094du0926 u0932u093eu0917u094du091b u092cu093eu0938u094du0924u0935u093fu0915u0924u094d u0927u0947u0930u0948 u092bu0930u0915 u091b u0925u093eu092au093e u091cu093f , u092e u092fu094b u092au0922u0947u0930 u0909u0924u094du0938u0941u0915 u0928u093fu0915u0948 u092du092fu0947 u0927u0947u0930u0948 u0930u093eu092eu094du0930u094b u0915u0941u0930 u0927u0947u0930u0948 u0917u0930u094du0928 u0938u0915u093fu0928u0947 u091cu092c u092e u092eu0947u0930u094b u0918u0930 u091cu093eu0928u094du091bu0941 u091cu0941u092eu094du0932u093e u0915u094b u0905u0924u0940 u092cu093fu0915u091fu094d u0917u093eu0909 u0918u094bu0921u0947u092au093eu0928u0940 u092au0941u0917u094du091bu0941 u092eu0947u0930u0940 u0906u092eu093e u092eu0932u0915u094b u0926u094bu0915u094b u092cu094bu0915u0947u0915u0940 u0939u0941u0928u094du091bu093fu0928 u0905u0928u0940 u092cu093e u0939u0932u094b u0938u093eu092eu0924u0947u0930 u0917u094bu0930u0941 u091au0941u091fu0940 u0930u0939u0947u0915u093e u0939u0941u0928u094du091bu0928 u0905u0928u0940 u0924u094du092fu094b u0926u094du0930u093fu0938u094du092fu0947 u0932u0947 u092eu0947u0930u093e u092fu093f u090au0924u094du0938u0939u094du0939u0930u0941 u0932u093eu0908 u0917u093eu092cu0941 u092eu093e u0939u093eu0932u0947u0930 u092cu0928u094du0926 u0917u0930u094du091bu0941 u0930 u092cu093eu092cu0941 u0915u094b u0915u093eu0927 u0930 u0906u092eu093e u0915u094b u0915u092eu094du092eu0930 u092cu0928u094du0928 u091cu093eu0928u094du091bu0941 u0905u0928u0940u00a0 u091cu092c u0938u092eu094du092e u092e u0928u0947u092au093eu0932u0917u0928u094du091c u092bu093fu0930u094du0926u093fu0928 u092e u091cu0938u094du0924u093e u0938u092fu0947u0909 u0939u0948u0928 u0939u091cu093eu0930u094cu0902 u0939u0948u0928 u0932u093eu0916u094cu0902 u092fu094b u0905u092du093fu092fu093eu0928 u0926u0947u0916u0940 u092au0930 u092eu093eu0924u094du0930 u091bu0948u0928u0928 u091au093eu0939u0947u0930 u092au0928u093f u092au0941u0917u094du0928 u0938u0915u094du0926u093fu0905u0928u0928 u0928u0947u092au093eu0932u0940 u0932u0947 u091cu0942u0928u0940u092eu093eu092eu093e u092au0941u0917u094du0928u0947 u0915u0925u093e u0938u0930u093f u0906u0909u0928u0941u0938u094d u092eu0947u0930u094b u0917u093eu0909u092eu093e u0924u092au093eu0908u0902 u0915u094b u0928u0947u091f u0915u094b u092au094du0930u092cu093fu0927u0940 u0915u094b u092cu093eu0930u0947u092eu093e u0930 u0915u094bu0926u094b u0915u094b u0927u093fu0926u094b u0915u094b u092cu093eu0930u0947u092eu093e u091au0930u094du091au093e u0917u0930u094cu0932u093e ………….

  10. u0916u094bu0907 u0906u0926u0930u094du0936 u0930 u0915u0941u0930u093e u0917u0930u094du0928 u0938u093eu0939u094du0930u0948 u0930u092eu093eu0907u0932u094b u0932u093eu0917u094du091b u0924u0930 u092cu093eu0938u094du0924u0935u093fu0915u094d u092cu0947u092du093eu0930u092eu093e u0917u0930u094du0928 u0916u093eu0932u0940 u0916u0941u091fu094du091fu093e u0915u093eu0921u093e u092eu093e u0939u093fu0902u0921u0947 u0938u0930u093f u0939u094b u0925u093eu092au093e u091cu093f , u0915u093eu0920u092eu093eu0921u094cu0902 u0935 u0915u0947u0939u0940 u0936u0939u0930 u092eu093e u0938u093fu092eu093fu0924 u092fu094b u0928u0947u091f u0905u0928u0940 u0915u092eu094du092au094du092fu0941u091fu0930 u0915u094b u092au094du0930u092cu093fu0927u0940 u092eu0947u0930u094b u0915u0930u094du0923u093eu0932u0940u0915u094b u091cu0941u092eu094du0932u093e u092eu093e u090fu0909u091fu093e u0939u093eu0924u094d u0915u094b u0914u0902u0932u093e u092eu093e u0917u0928u094du0928 u0938u093fu092eu093fu0924 u091b u0936u0939u0930 u092eu093e u0938u0941u0916 u092eu093e u092cu0938u0947u0930 u092fu093f u0915u0941u0930 u0917u0930u094du0928 u0928u093fu0915u094du0915u0948 u092eu091cu094du091cu093e u0905u0928u0940 u0906u0928u0928u094du0926 u0932u093eu0917u094du091b u092cu093eu0938u094du0924u0935u093fu0915u0924u094d u0927u0947u0930u0948 u092bu0930u0915 u091b u0925u093eu092au093e u091cu093f , u092e u092fu094b u092au0922u0947u0930 u0909u0924u094du0938u0941u0915 u0928u093fu0915u0948 u092du092fu0947 u0927u0947u0930u0948 u0930u093eu092eu094du0930u094b u0915u0941u0930 u0927u0947u0930u0948 u0917u0930u094du0928 u0938u0915u093fu0928u0947 u091cu092c u092e u092eu0947u0930u094b u0918u0930 u091cu093eu0928u094du091bu0941 u091cu0941u092eu094du0932u093e u0915u094b u0905u0924u0940 u092cu093fu0915u091fu094d u0917u093eu0909 u0918u094bu0921u0947u092au093eu0928u0940 u092au0941u0917u094du091bu0941 u092eu0947u0930u0940 u0906u092eu093e u092eu0932u0915u094b u0926u094bu0915u094b u092cu094bu0915u0947u0915u0940 u0939u0941u0928u094du091bu093fu0928 u0905u0928u0940 u092cu093e u0939u0932u094b u0938u093eu092eu0924u0947u0930 u0917u094bu0930u0941 u091au0941u091fu0940 u0930u0939u0947u0915u093e u0939u0941u0928u094du091bu0928 u0905u0928u0940 u0924u094du092fu094b u0926u094du0930u093fu0938u094du092fu0947 u0932u0947 u092eu0947u0930u093e u092fu093f u090au0924u094du0938u0939u094du0939u0930u0941 u0932u093eu0908 u0917u093eu092cu0941 u092eu093e u0939u093eu0932u0947u0930 u092cu0928u094du0926 u0917u0930u094du091bu0941 u0930 u092cu093eu092cu0941 u0915u094b u0915u093eu0927 u0930 u0906u092eu093e u0915u094b u0915u092eu094du092eu0930 u092cu0928u094du0928 u091cu093eu0928u094du091bu0941 u0905u0928u0940u00a0 u091cu092c u0938u092eu094du092e u092e u0928u0947u092au093eu0932u0917u0928u094du091c u092bu093fu0930u094du0926u093fu0928 u092e u091cu0938u094du0924u093e u0938u092fu0947u0909 u0939u0948u0928 u0939u091cu093eu0930u094cu0902 u0939u0948u0928 u0932u093eu0916u094cu0902 u092fu094b u0905u092du093fu092fu093eu0928 u0926u0947u0916u0940 u092au0930 u092eu093eu0924u094du0930 u091bu0948u0928u0928 u091au093eu0939u0947u0930 u092au0928u093f u092au0941u0917u094du0928 u0938u0915u094du0926u093fu0905u0928u0928 u0928u0947u092au093eu0932u0940 u0932u0947 u091cu0942u0928u0940u092eu093eu092eu093e u092au0941u0917u094du0928u0947 u0915u0925u093e u0938u0930u093f u0906u0909u0928u0941u0938u094d u092eu0947u0930u094b u0917u093eu0909u092eu093e u0924u092au093eu0908u0902 u0915u094b u0928u0947u091f u0915u094b u092au094du0930u092cu093fu0927u0940 u0915u094b u092cu093eu0930u0947u092eu093e u0930 u0915u094bu0926u094b u0915u094b u0927u093fu0926u094b u0915u094b u092cu093eu0930u0947u092eu093e u091au0930u094du091au093e u0917u0930u094cu0932u093e ………….

Leave a Reply