अंग्रेजीमा पनि पढ्नुहोस। धन्यवाद !
अब जिम्मेवार नागरिक र जवाफदेहि नेतृत्वले नै मिलेर बनाउँछ समृद्ध (संपन्न) नेपाल। कमन सेन्स (विवेकशील) नेपाली अभियानको उदय हुदैछँ।
समग्र नेपाली दिदी-बहिनी, दाजु-भाईहरु,
बेला होइन, अबेला भैसक्यो अब त। हामीले हाम्रो भविष्य बचाउने दिन आइसके। वर्तमान राजनीतिक नेतृत्वका उठ्पट्याङबाट हामी नेपालीहरु आजित भैसक्यौँ। अब त उनीहरुले हाम्रो स्वाभिमानलाई नँग्याउन मात्र बाकीँ छ। नेपाल एक जोखिमपूर्ण अवस्थामा छ जहाँ सयौं जात, हजारौं समस्या, लाखौं स्वतन्त्र विचार राखनेहरु एउटा समृद्ध जीवनको आश कुरिरहेका छन् ।
हाम्रो भविष्यको बारेमा सोच्ने विवेक वर्तमान नेतृत्वमा नभएको निष्कर्षमा हामी नया पुस्ता पुगिसक्यौँ। अब हामी नै यस देशको लागि काम गरेर देखाउने विवेकशील नेतृत्वहरु हुनेछौं । हाम्रो पुस्ता नेपालको भविष्य होइन, वर्तमान हौँ ! करिब ८०% नेपाली अहिले ४० बर्ष मुनिकै छौँ।
विवेकशिलता भएका नेतृत्व र विचारमा उद्यमशीलता भएका युवाहरु एकीकृत भएर एक कमन सेन्स अभियानको सुरुवात गरौँ। हरेक क्षेत्रका प्रभावशाली युवाहरु, वर्तमान राजनीतिक दलमै सहभागी भएका देखि लिएर सामाजिक लगाव भएका विवेकसील व्यक्तित्वहरु, डाक्टर देखि इन्जिनियरहरु, वैज्ञानिक देखि सामाजिक कार्यकर्ताहरु अनि आफ्नै पौरखले कमाएर खाने स्वाबलम्बी पेसाकर्मी नेपालीहरु नै यस अभियानको मेरुदण्ड हुने छन्। बिचार अनेक भए पनि बिबेक एकै र सकारात्मक भएकाहरुबाट हुन्छ हाम्रो नेपालको उदय।
“युवालाई सामान्यता उमेरले परिभाषित गर्ने गर्छौँ तर कुनै पनि विचारधारामा नअल्झिई विद्यमान अवस्थालाई ध्यानमा राखी आफ्ना विचारहरुलाई विवेकसील ढङ्गले सकारात्मक परिवर्तन गर्न सक्ने जोश र क्षमता भएका जुनसुकै उमेरका नेपाली र नेपालप्रेमीलाई हामी युवा मान्छौ र तपाईँहरु नै यस अभियानका मेरुदण्ड बन्नुहेनेछ।”
यस नेतृत्वले देशलाई नयाँ दिशा दिन श्रृखंलाबद्ध रूपमा विवेकशील नीतिहरु सार्वजनिक गर्नेछ ।
नेपाल र नेपालीको आत्मसम्मानलाई केन्द्रबिन्दुमा राखेर युवा जोश सहित काम गर्ने बौदिक नेतृत्वले नै नेपाललाई अगाडी हाँक्नु पर्छ । यस अभियानले नया पुस्तालाई नेपालको शान्ति र दीगोपनको लागि प्राथमिक हिस्सेदार तथा संवाहक बनाउनेछ ।
- नेतृत्वको जिम्मेवारी भनेको शक्ति हातमा आएपछि सकिने होईन, बरु बल्ल शुरु हुने हो
- परिश्रमको फल ब्यक्तिगत वा पारिवारिक सम्पतिमा मात्र होइन, हाम्रो समाजको समृद्धिमा हुनुपर्यो
- नेतृत्व मालिक हुने होडबाजीमा होइन, सहजकर्ता बन्नमा लाग्नु पर्छ
- नेतृत्वले नेपाली नागरिकहरुलाई देश भत्काउन तिर होइन, देशभक्त बनाउने बाटोमा लानसक्नुपर्छ
हाम्रो विवेकसील (कमन सेन्स) नेपाली अभियानका आधारभूत मार्ग-दर्शक सिद्धान्तहरु यी हुन्:
समृद्ध नेपाली नै सुखी नेपाली।
समृद्धि (संपन्नता) हरेक नेपालीको आधारभुत आवश्यकता हो जसले उसको अन्य आधारभुत मानव अधिकार सुनिश्चित गर्न बाटो खुलाऊँदछ । समृद्ध नेपाली उनी हुन् जोसँग आत्मसम्मानका साथ आफ्नो परिवारलाई गरीबीको भुमरीबाट टाढा राखन सफल हुन्छिन् । एक समृद्ध नेपाली आफ्नो अधिकार अरुलाई शोषण नगरीकन, अरुलाई दुखँ नदिईकन माग छिन् र पाँउछिन्। एक समृद्ध नेपालीसँग नैतिकवान बन्नको लागि आफ्नो परिवारलाई शिक्षित बनाउन सक्ने स्रोत हुन्छ । हाम्रो अभियानले उनलाई समृद्धिको बाटोमा अघि लानेछ।
स्वनिर्भर नेपाली नै बन्छन् सच्छ्म नेपाली।
हामी तपाईलाई आफू स्वनिर्भर बन्ने लक्ष्यमा साथ दिनेछौँ। कुनै पनि शासकले यसरी काम गर्नु पर्छ कि अन्त्यमा आफ्नो आवश्यकतालाई नै औचित्यहीन बनाउँनु पर्छ । हामी सरकारलाई होईन, नागरिकलाई मालिक बनाउने बाटोमा हाँक्छौ।
दुब्लो, लचिलो सरकार नै हुन्छ चनाखो हिनताबोध सरकार।
केन्द्रीय सरकारको भूमिका देशमा शान्ति तथा अमनचयन कायम गर्नु, न्युनतम भौतिक पूर्वाधारको विकास गर्नु तथा देशको सम्मान कायम राख्न्ने काममा हुनेछ । राष्ट्रनिर्माणको काम सरकारले लगाव भएका युवा सामाजिक उद्यमी, विज्ञहरुलाई सुम्पनेछ जसले स्थानीय प्रान्त-सरकार र समुदायसँगै मिलेर समृद्ध नेपाल बनाउनेछौँ ।
सिंगो नेपाल नै बलियो नेपाल।
नेपालमा एकता र समानताको साथमा विविधतालाई अगाडि बढाउनेछौँ । हामी विविधतालाई एउटा उपहारको रुपमा स्वीकार्र्छौं र यसलाई बुद्धिमानीका साथ प्रयोग गर्न चाहन्छौं । तर यहाँ रहेका सयौं जातीहरुको एक आपसमा बेमेल, रिसीबी हुने खालको विविधता चुन्यौँ भने नेपाली र नेपालको विकास र अस्तित्वको लागि नै घातक बन्छ। यो हामी हर हालतमा रोक्नेछौं । साझा जिम्मेवारीसहितको विविधतामा एकता नै हाम्रो मन्त्र हनेछ ।
विवेकशीलता अंगाल्ने नेपाल प्रगति उन्मुख नेपाल।
समय बित्दै जाँदा हाम्रा विचारहरुमा पनि परिवर्तन हुँदै जानेछन् । त्यसैले विवेकशीलतामा – कमनसेन्समा आधारभूत सिद्धान्तहरु पनि परिवर्तन हुँदै जानेछन् । यदि बदलिदोँ परिस्थितिमा हाम्रै कुनै सिद्धान्त सान्दर्भिक हुन छोड्छ भने तिनलाई त्यहिँ चटक्कै छोड्न तयार हुनु पर्दछ। यथास्थितिवादी बिचारहरु अँगाली बस्यौँ भने हामी नै औचित्यहीन हुन्छौं ।
पौरखी नेपाली नै सच्चा नेपाली।
हाम्रा भावी पुस्ताहरु नै पूरा विश्वको संरक्षक बन्नुपर्दछ, उनीहरुले यस धरती र पर्यावरण जोगाउन केहि कसर छोड्नु हुन्न। एउटा नेपालीको सिर्जनाशिल, आविष्कारी सोचलाई समाजिक वा कुनै पनि राजनीतिक माहोलले निमोठ्न हुँदैन । यस बिषयमा समाज माथि व्यक्तित्वको बर्चस्व र विशिष्टता कायमै रहनुपर्छ। हामी फेरी नेपालीहरुमा फेरि भृकुटी, अर्निको, सिदार्थ गौतम बुद्ध जस्तै महान हस्थी निस्कियुन् र विश्वमा नाम कमाउने काम गरुन् भन्ने चाहन्छौं र यसै बिश्व प्रतिभा बन्ने दिशामा भविष्यका पुस्तालाई सिकाउने शिक्षा निति बनाउछौँ।
खुला नेपाल नै हुन्छ उज्यालो नेपाल।
वर्तमान अवस्थामा हामी हाम्रा दुई शक्तिशाली छिमेकीहरुसँग रणनीतिक आपसी सम्मानको नीति अबिलम्बन गर्नेछौं । हाम्रो अर्थतन्त्रलाई उनीहरुसँग खुलारुपमा नजिकिदैँ जोड्नेछौं जसले गर्दा उनीहरु द्रुतगतिमा बढेको आर्थिक विकासबाट हामीलाई पनि ठोस फाइदा होस्। यो नै हाम्रो अल्पकालीन विदेश नितिको आधार हुनेछ । अनि यहि आर्थिक भातृत्वले अन्तरछिमेकी राजनीतिक खिचातानीलाई एक कदम पछाडि राखनेछ।
सारांसमा हामी आम नेपाली जति बढी स्वनिर्भर हुन्छौँ त्यति नै नेतृत्वहरुको धरपकड कम रहन्छ । हाम्रो नेतृत्व यसै दिशामा उन्मुख भई आफ्नो कर्तव्य पालन गर्नेछौँ । यो नै हाम्रो नेतृत्वको प्रमुख मार्गदर्शण हुनेछ ।
नेपालको जय होस्।
अंग्रेजीमा पनि पढ्नुहोस। धन्यवाद !
मन परेमा आफ्नो साथीहरुमा अवश्य बाँड्नुहोला !
