हामीलाई विश्व कप फुटबल किन मन पर्छ ?

हामी नेपालीलाई विश्व कप फुटबल किन मन पर्छ ?
किन भने

१) ठुलो वा सानो होस्, सबैलाई एउटै नियम लागु हुन्छ।
२) एउटै धरातलमा प्रतिश्प्रधा गरिन्छ।
३) धाँधली, छलकपट गरे कडा दण्ड पाईन्छ।
४) आफ्नो योग्यताको बलमा माथी पुगिन्छ
५) हारे पनि फेरि अवसर पाईन्छ।
६) राम्रो गर्ने सर्वकृष्ठ कहलिन्छ ।

नेपालमा हामीले खोजेको पनि यहि होईन र ? संमृद्ध नेपाल हाम्रै कालमा बनाउने भए यी संस्कारहरु बारे  मनन गरौ – विश्व कप हेर्दै।

हाम्रा नागरिकको पनि  र हाम्रा संगठनहरुका पनि चरित्रमा सुसंस्कार ल्याउन सके नेपाल विश्वको केन्द्रविन्दु बन्छ हाम्रै जीवनमा।