नेपालका शासकहरुबाट १० प्रश्नको जवाफ चाहियो हामीलाई !

हे नेपाल चलाउन शासकहरु,

तपाईँहरुले शासन चलाएको अब त धेरै नै समय भो। तपाईँ मध्य कसैको ५ त कसैको १० अझै कसैको त १५ -२० बर्ष नि भैसक्यो होईन? पञ्चायत पनि गन्ने हो भने त कसैको त जुगौँ न पुगी सक्यो।  अब तपाईहरुबाट नेपाली जनताले केहि ठोस प्रश्नका जवाफ खोजेका छन्।

  1. यदि ३ वा ४ जनाले नै सबै-सधैँ कुरो मिलाउने हो भने ६०१ सभासद (सांसद) लाई नेपाली जनताले पालेको के काम?
  2. किन लोकतन्त्र/ प्रजातन्त्रको कुरा गर्छौ जब आफ्नै पार्टीमा आफ्ना सभासदलाई संसदमा तपाँईले भने झैँ  मात्र भोट हाल्न विप जारी गर्छौ? जनताले चुनेको मान्छे आफुखुसी भोट हाल्ने अधिकार किन खोस्छौ संसद भित्रै?
  3. किन पारदर्शिताको कुरा गर्छौ जब आफै लुकाउछौ आफ्नो पार्टी चलाउने स्रोत वा चन्दा? किन बोल्दैनौँ कसरी ति कार्यकर्ताहरुलाई पाल्नु हुन्छ?
  4. किन अरु देशसगँ हात जोडी भिख माग्छौँ अनि बैदेशिक हस्तक्षेप मुर्दाबाद भनि सडक तताँउछौँ ? ( एक तिहाई नेपाली अर्थतन्त्र बैदेशिक सहायतामै भरेको बजेट बनाउदैँ हिँडेका छौँ)
  5. किन ‘लोकतान्त्रिक’ सरकारले काम गर्ने स्वाबलम्बी नेपालीलाई मान्छे गन्दैन? बिदेश गई पठाएका पैसाले नै यो अर्थतन्त्र धानिएको थाहा हुँदा हुँदै किन विदेशआउने-जाने कामदारको बिमानस्थलमा हने बेईज्जती, लुट्ने प्रवृति हावी छ?
  6. किन ‘युवा देशको भविश्य हो’ भन्दै भाषण छाँटछौँ जब कि सर्वविधितै छ ‘हामी युवा देशको वर्तमान नै हौँ ‘? ( ७५% नेपालीहरु ४० बर्ष भन्दा मुनिका छौँ क्यारे)
  7. किन बागमती – बिष्णुमती गनाई देशको लाज बनेको छ जब कि बिगतका २५ बर्षमा सयौँ संस्था र कयौँ सरकारी संस्था त्यसलाई सफा गर्न लाग्या छन् अनि अरबौँ खर्च गरेका छन्?
  8. किन १५०० नेपालीहरु लुखुरलुखुर दिनहुँ बाहिर अरबमा काम गर्न जानु पर्ने बाध्यता जब कि छिमेकी भारत र चीन चाहिँ संसारको धनी देश बन्न थाली सके?
  9. नेपालमा उर्जाले देशको बिकास हुन्छ भनी चिच्चाउछौँ। अरु देशलाई बेचेर कमाऊछौँ भनी आस्वाशन दिन्छौ। तर किन त्यहि जलबिधुत उद्दोगलाई दु:ख दिन्छौ ? लाईसेन्स राज चलाई भागबन्डा गर्छौ?  अबको जाडोमा फेरि १४ देखि १६ घण्टाको लोडसेडिङ् खेप्ने फेरि हामी जनताले?
  10. किन यत्रो आन्दोलन गरी आउनु भयो यदि गाँस, बास र कपास भन्ने नाराहरु कुनै भित्तामै सिमित राख्ने हो भने? महँगी खेप्नुभाछ?  हरेक ७ बर्षमा दोब्बर महंगो हुँदै छ हाम्रो नेपाल!

अब भन्नुहोस त तपाँईहरु नै किन चाहियो त हामीलाई?
किन ?

धन्यवाद है, यी प्रश्नको उत्तरहरु दिनु हुन्छ भने अपेक्षा गर्दै,

…………………………
एक नेपाली (आफ्नो नाम यहाँ थप्नुहोला)

यदि तपाँईका पनि  केहि प्रश्नहरु छन् भने, तल लेख्नुहोला। धन्यवाद।  संविधान सभाका सभासदहरुको सम्पर्क यहाँ छ।
www.leadnepal.com/contactyourleader

 

 

One thought on “नेपालका शासकहरुबाट १० प्रश्नको जवाफ चाहियो हामीलाई !

  1. सहमति न भै फेरी आफ्नै सरकार चहाने भे , किन अघि अघिका सरकार फेर्ने कसरत गर्यौ ?

Leave a Reply