Why so silent, my friend?

I apologize for very few posts last month. I am now busy in this, so fewer posts, more relevant actions….

Join the sit-in:

Join the Sit in at Baluwatar for Sita Rai and other Nepali women victims...

Details here:
Sita Rai, (real name withheld), a returning migrant worker, was looted in the Tribhuwan International Airport by government officers & later raped by a Policeman stationed there.

A group of Independent and Proactive citizens will be conducting a SIT-IN + SIGNATURE & AWARENESS CAMPAIGN for the next 3 days nearby the PM’s Residence (opposite Nepal Rastra Bank, Baluwatar) on this case and other women cases that have happened lately…

Please JOIN IN!!!
9 am to 11 am….

For further information about tomorrow’s event, please stay tuned. Also Here the cell number of Chief Secretary Mr Lilamani Paudel. –98416 26842. Please SMS him to take action against the culprit police and immigration staffs involve in robbing and raping name changed (Sita Rai). Mr Paudel is a the top government official. Let us hope he will take some action. Please SMS him in polite manner. Thank you!

Here is one format.
“Dear sir, we want justice for Sita Rai who was robbed & raped by govt officials. We have faith in u. Please help! Thank you! Aam Janata.”

Here are more numbers to try:
DPM and Home Minister Bijaya Kumar Gachhadar’s number is 9851033450, remind him we’re awaiting justice !

Prime Ministers close aide Mr. Bishwa deep pandey’s number: 98511 35405 and 9841 493687

हाम्रा माग भरिएको चिठी यस प्रकार छ ।

मिति ः पौष १४, २०६९
सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रधानमन्त्रीको कार्यालय,
सिंहदरबार, काठमाडौ, नेपाल ।

विषयः माग प्रस्तुत गरिएको सम्बन्धमा

श्री प्रधानमन्त्रीज्यू,

देशभर बढ्दै गएको महिला हिंसाका घटनाहरुले हामी सबैलाई स्तब्ध बनाएको छ । विशेषतः नेपाल सरकारमा कार्यरत निजामति कर्मचारी (आप्रवासन विभाग) र नेपाल प्रहरीद्वारा वैदेशिक रोजगारबाट फर्कदै गरेकी सिता राईमाथि गरिएको घटनाले देशका हरेक विवेकशिल व्यक्तिहरुलाई मर्माहित बनाएको छ ।

यसमा थप सिंहदरबारको छेउमै रहेको अनामनगर स्थीत कृष्ण प्रसाद प्रसाईंको घरमा भएको सरस्वती सुवेदीको रहस्यमय हत्या एवं उक्त घटनामा गरिएको अत्यन्त फितलो अनुसन्धानको प्रकृयाले हामीहरु थप मर्माहित भएका छौ । यसका साथै छोरी मैया मर्हजन, विन्दु ठाकुर, शिवा हासमी जस्ता घटनाहरु र तिनमा गरिएका अनुसन्धानका प्रकृयाहरुले के यो सरकार महिला हिँसाका घटनाहरुमा निष्पक्षरुपमा अनुसन्धान गर्न सक्छ ? र पिडितलाई न्याय दिन सक्छ? भन्ने प्रश्न उब्जाएको छ ।

यसै बिषयमा केन्द्रित हुदै महिला हिंसा अन्त्य गरी सरकारलाई जवाफदेही बनाउन र दण्डहिनताको अन्त्य गरि देशमा कानूनी राज्य स्थापना गर्नु पर्दछ भन्ने मान्यताका साथ हामी धर्नामा छौं । यहि क्रममा हिजो मिति २०६९ पौष १३ गतेका दिन साँझ ५.३० बजे प्रधानमन्त्रीज्यूद्वारा निवासमा महिला अधिकारकर्मी तथा पीडितका प्रतिनिधीहरुलाई यी घटनाहरुमा न्याय दिने प्रतिवद्धता जनाउनु भएकोले उक्त आश्वासनलाई व्यवहारमा उतार्न सहज बनाउनको लागि हामी हाम्रा निम्न मागहरु प्रधानमन्त्री समक्ष लिखित रुपमा पेश गर्दछौं ।

हाम्रा मूल मागहरु
सीता राईको सन्दर्भमा
सरकारद्वारा गठित छानविन समितिको प्रतिवेदन सार्वजनिक गरियोस् ,
सीतालाई लुट्ने तथा बलात्कार गर्ने साथै उक्त कार्यका मतियार सम्पूर्ण कर्मचारीहरुलाई निलम्बन गरि विभागीय तथा फौजदारी कानुन अनुसार कारवाही गरियोस् ,

उक्त घटनामा भैरहेको प्रहरी अनुसन्धानलाई अनुगमन गर्न महिला आयोगले सहजीकरण गर्ने गरी महिला अधिकारकर्मी, मानवअधिकार वकिल, पीडितका प्रतिनिधीहरु सहितको अनुगमन टोली गठन गरियोस् । उक्त टोलीलाई मुद्दाको सम्पूर्ण मिसिल अध्ययन अनुगमन गरी सुझाव प्रस्तुत गर्नसक्ने अख्तियारी दिइयोस्।
सरस्वती सुवेदीको सन्दर्भमा

अधिकाकर्मी रेणु राजभण्डारी र राष्ट्रिय महिला आयोगका सदस्य मोहना अन्सारीको प्रत्यक्ष निगरानीमा चिकित्सकहरुको टोलीद्वारा लासको पुन पोष्ट मार्टम गरियोस् ,

रहस्यमय मृत्यूको सम्बन्धमा हाल सम्म भएको अनुसन्धानको सबै कागजातहरुलाई अवलोकन गर्ने अधिकार राष्ट्रिय महिला आयोगद्वारा माथी उल्लेखित संयोजित अनुगमन टोलीलाई दिइयोस् ।

दुवैको सन्दर्भहरुमा

राष्ट्रिय महिला आयोगलाई गृह मन्त्रालयद्वारा हालसालै मुलुक भर महिलाहरुमाथि भएका हिंसाका समस्त घटनाहरुका साथै विशेषतः निम्न घटनाहरुमा के कस्ता अनुसन्धान, कारवाहीहरु कसरी भइरहेका छन् भन्नेबारे स्पष्ट खुल्ने गरी पूर्ण विवरणहरु ४८ घण्टा भित्र बुझाइयोस् ।
१. शिवा हासमी
२.विन्दु ठाकुर
३.छोरीमैया महर्जन
४.सीता राई
५. सरस्वती सुवेदी

राष्ट्रिय महिला आयोगले पीडित परिवारजनलाई अनुगमन सम्बन्धी निरन्तर रुपमा जानकारी प्रवाह गर्ने संयन्त्र निर्माण गरी सुचना सम्प्रेषण गर्ने व्यवस्था अविलम्ब मिलाइयोस् ।

महिला हिंसा लगायत जुनसुकै अपराधका घटनाहरुबारे जाहेरी ९ँक्ष्च्० दर्ता गर्नुपर्ने प्रहरीको जिम्मेवारी रहेको कुरा गृह मन्त्रालयले मुलकभरका प्रहरी चौकीहरुमा परिपत्र गरी जाहेरी ९ँक्ष्च्० निबेदनलाई कुनै पनि प्रहरी चौकीले दर्ता गर्न नमानेमा सो चौकीको प्रमुखलाई विभागिय कारवाही हुने सुनिश्चितता गरियोस् ।

सीता राइर््को घटनामा गृह प्रशासन जिम्मेवार रहेकाले गृहमन्त्री विजय कुमार गच्छधारले नैतिकताको आधारमा तत्काल राजिनामा दिइयोस् ।

माथि उल्लेखित समस्त घटनाहरुमा राज्य संयन्त्रको कमजोरी नै मूल कारण देखिएकोले प्रधानमन्त्री बाबुराम भट्टराईव्दारा जनता समक्ष माफी मागी अनुसन्धान र न्याय प्रणालीलाई सुदृढ गर्ने र अपराधीहरुलाई संरक्षण नगर्ने प्रतिबद्धता सार्वजनिक गरियोस् ।

Update: This went on to became a movement that went on for 107 days straight.
Moral of the story: Stop staying silent. Speaking up works !

Leave a Reply