असक्षम नेताहरुलाई हटाम्!

भाई फुटे, गवारँ लुटे

अँग्रेजीमा पनि पढ्नुहोस।

अस्ति म एकै दिनमा ५ भिन्ना भिन्नै आन्दोलन अवलोकन गर्न पुगेँ । दुईवटा जनजातीको, एउटा १६ साना दलहरुको, अनि बाउन-क्षेत्री समाज आदि र अन्तिममा समयमै संविधान बनाउनका लागि साझा युवा दवाव अभियानको । यी सबै देखे पछि म तल अल्लेखित केहि महत्वपूर्ण कुरामा विश्वस्त भएको छु:

• हामी को संग लड्दै छौं ? ( एक-अर्कासँग)

म वरिपरि हेर्छु – जो पनि नयाँ संघीय गणतन्त्रिक नेपालमा आफ्ना आधारभूत हक-अधिकार शुनिष्चित् बनाउनका लागि मार्न र मर्न तयार छन्। यी सबै मागहरु वैधानिक रुपमा सम्बोधन गर्न सकिन्छ भन्ने कुरामा म विश्वषस्त छु। यो त समाधान गर्न सकिने समस्या हो। खाली  हामीले एक अर्कालाई बुझ्न तयार हुनुपर्यो। आउनुहोस् बसेर संवाद गरौं । एक अर्कालाई सुनौँ – आफ्नो कुरा माथी नराखीकन। अनि विषयगत कुरामै केन्द्रित रही समस्या सल्टाऔं।
जस्तो कि:

  • तपाँईलाई जातीय, पहिचान वा अल्पमतको अधिकार चाहियो? अवश्य समाधान गर्न सकिन्छ।
  • अहिलेका शक्तिशाली जाती वा वर्गलाई आफू विस्थापित हुने डर भयो ? यो पनि सम्बोधन गर्न सकिन्छ।
  • हरेक संघिय राज्यमा समानता चाहियो ? यो पनि सुनिश्चित पार्न सकिन्छ।
  • राज्यहरुबिच श्रोत-साधन समान रुपमा बाँड-फाडँ गर्ने ? यो पनि सजिलै बाँड्न सकिन्छ।
  • भेदभावका समस्या निर्मुल गर्ने ? सहानुभूति, सहानुभूति, सहानुभूति (यो अवश्य सिकाउन सकिन्छ)
  • ऐतिहासिक गल्तीहरु सच्च्याँउने ? पक्कै पनि । ऐतिहासिक र वर्तमान दुवै गल्तीहरु सम्बोधन पनि गरिन्छ !
  • समग्र नेपालीलाई सम्बृद्ध (धनी) बनाउने निति चाहियो ? यो पनि सकिन्छ हाम्रो रणनितिक स्थान (भारत/चिन)को पुर्ण लाभ उठाई अर्थतन्त्रमुखी बनी।
  • यस्तो समाज जहाँ अल्पमत र अवसरबाट वँचित हरुका समस्याहरुका समाधान साथ-साथ योग्यतालाई पनि कदर गरिन्छ ? अवश्य बनाउन सकिन्छ
  • र  अरु धेरै समस्या समाधान गर्न सकिन्छ ।


मुख्य कुरा के बुझ्नु प‍‍र्‍यो हामी सबैले भने यदि हामी नेपालीहरु एक-आपसमा लडिरहने हो भने हामीले चाहेको केहि पनि कुरा कहिले पनि पाउने छैनौँ। कदापि पाउने छैनौ!

• बरु हामी को सँग लड्नुपर्छ? (हरेक दलका नेतृत्व बिरुद्ध)

एक-अर्कासंग लड्‍न मै व्यस्त हामीहरु आज दलका नेताहरुको कठपुतली बन्न पुगेका छौँ। यी नेताहरुले हामी बीचको सदभाव र करुणालाई भाँडन सिकाउदैँछन् र एक-आपसमा अविश्वासको वातावरण सिर्जना गर्न खोज्दैछन। यो सुनियोजित ढङ्गले आफ्नो सत्ता मोहको निमित‍् नेताहरुका बडो घिनलाग्दा चाल हुन् । जति लामो समय सम्म हामी विभाजित रहिराख्‍छौँ ,त्यति नै लामो समयसम्म यी दुराचारी नेताहरु हामीमाथि गुन्डाराज गरि राख्‍नेछन्।

यदि मानौं कि १०० जना नेपाली हामी १०० तिर बाडिँयौँ भने यी दलका नेताले म‍ात्र २ जनाको भोट पाए भने पनि प्रजातन्त्रमा कानुनी रुपले तिनीहरुको जीत हुनेछ र हामी माथि राज गर्न पाउँनेछन् ( अनि अहिले जस्तै गुण्डागर्दी र निरंकुशताका साथ राज गर्नेछन् तर तर्क दिनेछन् – “हामी त जनताले वैधानिक तरिकाले छानिएर आएका हौँ !)

त्यसो भए कसरी सल्टाउने त यो समस्या? ( असक्षम नेताहरुलाई हटाम् )

तपाई हामी लडिरहेका सबै अब संविधानका नाममा एक अर्का संग लड्न छोडौं र पहिले यसो गरे कसो होला? विगठित संविधान सभाका हरेक दलका नेतृत्वलाई तुरुन्तै हटाम्! आउनुहोस एक अर्कासंग हाते मालो गरि हटाम् ।

त्यसपछि तुरुन्तै एक-अर्काका विगत एवं वर्तमान समस्यालाई दिर्घगामी रुपमा समाधान गरौं। आखिर अनेकतामा एकता बोकेको हाम्रो यो मुलुकका भिन्ना भिन्नै समूहले चाहेको  कुरा एउटै होईन र ? – शान्ति, सम्बृद्धि, स्वाभिमानता र सदभाव नै हो। हामी लडिरहेका सबैको जीत हुन्छ तर यसको लागी सर्वप्रथम यी असक्षम नेताहरुलाई हटाउनै पर्छ।
आउनुहोस् एक भएर लागम्  :

 असक्षम नेतालाई हटाम्

असक्षम नेतालाई  हटाउने एउटा उपाय यो पनि हुनसक्छ लिंक- एक विवेकशिल आन्दोलन

All content in whynepal.com is un-copyrighted (except posts written by 'guests'). Which means you can simply copy-paste/improve/distribute without mentioning me. I won't mind. Here are my reasons.