आशिक यहि दिऔँ – “मानवीय मुल्य र मान्यतामा अडिग रहेस्”

सबै महानुभावहरुमा नेपालका चाडपर्वहरुको उपलक्ष्यमा मेरो हार्दिक शुभकामना 🙂
आगामी दिनहरुमा यी ७ मूल्यमान्यताले हामी सबै भित्र राम्रै सँग जरो गाडोस् –

१) बिनम्रताले आफ्नो अहम माथी बिजय़ी गरोस्    

२) साहसले आफु भित्रका डरको बिख निल्न सकोस्‌ 

३) पारदर्शीताले हामी भित्रका शंकालाई निमोठोस् 

४) उत्कृष्टता सामुहिक रुपमा प्रस्फूटन होस् 

५) पद्धति नै हाम्रो सु-मार्ग बन्न सकोस्

६) समानूभुतिले हाम्रा डाँडा-काँडा ढाकुन् 

७) निष्ठा हाम्रो कहिल्यै नडग्मगाओस् 

तपाईँको त तपाईको ईष्टको जय होस् – नेपालको जय होस् !


यति बलात्कार र अन्यायका जडहरु के होलान्?

धेरै मध्य एउटा कारण यो पनि हो कि?

जब दशौँ लाख नेपाली (य़ुवा)हरु रोजगारको लागि विदेशमा अड्किरहनु पर्ने बाध्यता बनाईन्छ तब उनका घर-छिमेक र गाउँ-ठाँउमा अभिभावकहरुको खडेरी पर्छ अनि असुरक्षाको माहोल बन्न थाल्छ। यसरी जोश र होश भएका युवाहरु आफ्ना ठाँउ नजिकै नहुनाले नेपालका गाउँ र शहर असुरक्षित, असन्तुलित र गतिहिन बनेका छन्। यस्तो वातावरणले हाम्रो समाजमा घिनौना कार्य गर्न कति अभिभावकत्व बिहिन व्यक्तिहरुका मनमस्तिस्कमा नकारात्मक, असन्तुलित प्रभाव पर्न सक्छ। यसरी अभिभावकहरुको कमी भएको गाउँ-समाजले आफ्नो नेतृत्व र सरकारलाई नै रक्षक / अभिभावकको रुपमा मान्न थालिन्छ ।तर यदि यहि नेतृत्व रक्षक को सट्टा भक्षक बन्दै दिशाहिन, न्यायविन, लूटतान्त्रिक बन्दै जान्छ नतिजा के हुन्छ? गैरजिम्मेवार नागरिक र गैरजवाफदेहि नेतृत्वको जगजगी। नतिजा हाम्रो समाज अपराधको दुशचक्रमा फस्न थाल्छ। अाजको स्थिति यस्तै देख्छु।

निर्मलाहरुलाई न्याय देउ - चाड पर्वमा आशिस यहि दिँउ

यदि यो समस्या हो भने समाधानको एक दुरगामी बाटो यो पनि हो: राज्यले अर्जुनदृष्टिका साथ हाम्रो देशभित्रै सम्मानजनक रोजगारको वातावरण उत्पन्न गराउन सके हाम्रो समाजमा जोश र होश भएका धेरै युवा नेपालमा रहने थिए। यहिँ अभिभावक भएर आफ्ना छोरा छोरी, दाई-भाई, ईष्टमित्रहरु र अग्रजमा आफ्नो भूमिका निभाउन सक्थे। देश, समाज र घरलाई सुरक्षित बनाउने वातावरण नागरिकहरुबाटै बन्ने थियो। अनि

Continue reading यति बलात्कार र अन्यायका जडहरु के होलान्?


Nepal in World Cup 2030 !

 

By 2030, Nepal will be in the center of the world, between the world’s biggest projected economy, China and the 3rd biggest, India. To take advantage of this immense opportunity or survive the burden whichever you prefer to call, we will have to start being recognized as a sovereign nation of excellence with its unique successes and not a cold, dark, impoverished shadow of its two giant neighbors. In one sentence, Nepal needs to be a ‘soft-power”.

Wikipedia defines Soft power as the ability to shape the preferences of others through appeal and attraction. One way Nepal can work towards a soft-power state and influence its neighbors and the rest of the world is by proving that we are a center of excellence (at things the rest of the world finds extremely appealing or attractive). And a way to do this is by competing with the world and excelling on the highest level. I believe, one of the best ways we can start our claim as a soft-power is by enabling Nepal to qualify for the FIFA men’s world cup of 2030 and the women’s in 2031. (

Continue reading Nepal in World Cup 2030 !


हामीलाई विश्व कप फुटबल किन मन पर्छ ?

हामी नेपालीलाई विश्व कप फुटबल किन मन पर्छ ?
किन भने

१) ठुलो वा सानो होस्, सबैलाई एउटै नियम लागु हुन्छ।
२) एउटै धरातलमा प्रतिश्प्रधा गरिन्छ।
३) धाँधली, छलकपट गरे कडा दण्ड पाईन्छ।
४) आफ्नो योग्यताको बलमा माथी पुगिन्छ
५) हारे पनि फेरि अवसर पाईन्छ।
६) राम्रो गर्ने सर्वकृष्ठ कहलिन्छ ।

नेपालमा हामीले खोजेको पनि यहि होईन र ? संमृद्ध नेपाल हाम्रै कालमा बनाउने भए यी संस्कारहरु बारे  मनन गरौ – विश्व कप हेर्दै।

हाम्रा नागरिकको पनि  र हाम्रा संगठनहरुका पनि चरित्रमा सुसंस्कार ल्याउन सके नेपाल विश्वको केन्द्रविन्दु बन्छ हाम्रै जीवनमा।


कस्तो राजनीतिक डीएन्एले देशलाई समृद्ध बनाउँछ ?

हात्ती, बाघ, माछा र बाँदरको परीक्षामा सबैलाई अग्लो पीपलको रुख चढ्नु भन्यो भने को पहिलो होला? अवश्य, बाँदर नै पहिलो हुन्छ। नेपालको (उज्ज्वल भविष्यका लागि सही नेतृत्त्व रोज्ने प्रश्न पनि यस्तै किसिमको छ । कस्तो नेतृत्वले हाम्रै जीवनकालमा शान्त र समृद्ध नेपाल बनाउने सपना साकार पार्नसक्छ त?

Read in English

हरेक राजनीतिक शक्तिको जन्म कुनै एक सपना साकार पार्ने उद्देश्यका साथ भएको हुन्छ । त्यसका लागि निश्चित मूल्य मान्यता, प्रणाली र संस्कृतिलाई अङ्गीकार गरिन्छ । त्यसको अभ्यास हुन्छ गरिन्छ र त्यही अभ्यास राजनीतिक शक्तिको डीएनए हो ।

काँग्रेस, एमाले र माओवादीको जन्म क्रमशः जहाँनिया राणा शासन, निर्दलीय पञ्चायती व्यवस्था र निरङ्कुश समताहीन शासनको अन्त्यका निमित्त भएको थियो । यी दलहरू तानाशाही ढाली लोकतन्त्र स्थापना गर्ने विशेष लक्ष्यका साथ उदाएका थिए भन्ने कुरो प्रष्ट छ जसमा उनीहरू सफल पनि भए । आज हामी दोबाटोमा छौँ, अल्मलिएका छौँ । यी दलहरूले बुझेको उही पुरानै बाटोमा अगाडि बढ्दा देश  निरङ्कुशता र तानाशाहीतर्फ जान्छ जुन पछाडि फर्कने बाटो हो । अब अघि बढ्ने (उकालो लाग्ने?) बाटो लिन जरूरी छ । अघि बढ्ने बाटो हरेक नागरिकको समतामूलक समृद्धि सुनिश्चित गरी लोकतन्त्र संरक्षण गर्नु हो । त्यो बाटो लिन भिन्न

Continue reading कस्तो राजनीतिक डीएन्एले देशलाई समृद्ध बनाउँछ ?