Who is Ujwal ? उज्वल को हो ?

मेरो अभियानलाई आर्थिक सहयोग गर्न  यहाँ जानुहोला >>

उज्वल थापा को हो त?

फोहोर भएको राजनीतिलाई सफा गर्नको लागि  “ठीक नीति मात्र होईन ठीक नियत पनि चाहिन्छ” भन्ने निश्कर्षका साथ  विवेकशील साझा पार्टीको संयोजक म उज्वल थापा ले काठमाडौँ क्षेत्र नं ५ बाट उठ्ने गरि संसद को लागि प्रत्यक्ष उम्मेदवार भएको छु।

यहि क्षेत्रकै: मैले यहि क्षेत्रको बुढानिलकण्ठ स्कुलमा पढाई सकेर अमेरिकाबाट सुचना प्रविधिमा बिज्ञता हासिल गरेँ। बिगत चार वर्ष देखि नैतिक मुल्य मान्यतामा अडिग पृथक राजनीतिक संगठनको नेतृत्व गर्दै राजनीतिक विकृती विरुद्द लड्दै आईरहेको छु। महाभुकम्पको बेलामा तत्कालीन विवेकशील नेपाली दलको नेतृत्व गरी अत्तालिएका नेपालीहरुको सेवा गरेर होस् वा तत्कालिन अख्तियार प्रमुखले गरेका लोकतन्त्रमाथिको ठाडो हस्तक्षप रोकेरै होस्, मैले “बोलेर होइन गरेर देखाउन पर्छ”  भन्ने सिद्धान्तलाई सदैव अवलम्बन गर्दै आएको छु।

अरुलाइ रोजगारी दिएको:  यो देशका युवालाई नेपालमै गरिखाने वातावरण बनाउनु पर्छ भन्ने उद्दष्यका साथ मैले एक दशक देखि देश भित्रै दशौँ हजारौँलाई रोजगार श्रृजना गर्न अनुकुल वातावरण बनाउदैँ आएको छु। सबैको लागि गरिखाने वातावरण बनाउन, लुटतन्त्र बिरुद्ध लड्न र सक्षम नेतृत्व दिन,

Continue reading Who is Ujwal ? उज्वल को हो ?


शिक्षा–स्वास्थ्यमा आमुल सुधार ल्याउन अब देशको धारै बदल्ने बेला आयो

डा जीवन क्षेत्री, डा गोविन्द केशी र उज्वल थापाको संयुक्त लेख

देश संक्रमणकालमा छ भन्दै हामीले दशकभन्दा लामो समय बिताइसक्यौं । अझै पनि देशमा हुनुपर्ने तर हुन नसकेका विभिन्न कामहरूका लागि जिम्मेवार पदमा हुनेहरूले यही संक्रमणकाललाई दोष दिने गर्छन् । तर, यही अवधिमा हुन नहुने कामहरूचाहिँ अनेक भए, तिनलाई संक्रमणकालले रोकेन । खासगरी समाजलाई अघि बढाउन मुख्य भूमिका खेल्ने विभिन्न संरचनाहरू वा ‘इन्स्टिच्युसन’ हरूलाई यसरी धराशायी बनाइयो, विभिन्न संवैधानिक निकायहरूलाई यति पंगु र व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम बनाइयो कि तीमध्ये धेरै अहिले मरणासन्न छन् र तिनलाई फेरि बौराउन लामो समय लाग्नेछ । फलस्वरूप हाम्रो लोकतन्त्रको स्वास्थ्य र दिगोपनमै अहिले प्रश्न उठिरहेको छ ।
health care education reform Kantipur

लामो समयदेखि चलाइएको त्यस्तो ध्वंसात्मक अराजकताको सबैभन्दा ठूलो मार शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्‍यो । एकातिर शासनसत्तामा हुनेहरूले ती क्षेत्रका नियामक र नेतृत्वदायी निकायहरूमा आफ्ना दलका कार्यकर्ता भर्ती गरेर तिनलाई धराशायी पारे, अर्कातिर त्यही अराजकताको फाइदा उठाएर निजी क्षेत्रका नाफाखोरहरूले रातारात अकुत धन जम्मा गर्न थाले । फलस्वरूप दुवै क्षेत्रमा बेलगाम व्यापारीकरण हुन गयो र सरकारी

Continue reading शिक्षा–स्वास्थ्यमा आमुल सुधार ल्याउन अब देशको धारै बदल्ने बेला आयो


Election symbol conspiracy Nepal

कसैलाई काखा कसैलाई पाखा? लुटतन्त्रको सिन्डिकेटले लोकतन्त्रै धरापमा

गोल हान्न तयार हुँदै टिम अगाडी बढ्छौं। तर जब गोल हान्न खोज्छौँ, गोल पोस्ट नै सारिदिन्छन्। अचम्म छ।  फेरि ट्राई हान्यो – त्यसै गरिदिन्छ अर्को टिमले।  

सेतोपाटीमा यसको एउटा संस्करण पढौँ

रेफ्रीलाई गुहार्यो – “यो त घोर अन्याय भो!” भन्छन् – “के गर्ने यहि हो नियम।” फुटबलमा ‘लेभल प्लेयिंग ग्राउन्ड’ भनिन्छ – उहि धरातल र नियममा खेल्ने। यदि कुनै टिमलाई मात्रै फाईदा हुने गरि नियम बनाउने, अनि बाँकी लाई त्यो नियमबाट बञ्चित गराईन्छ भने त त्यो वास्तवमै प्रतियोगिता नै रह्यो त?

हाल स्थानीय तहको निर्वाचन २०७४ बैशाख ३१ गते हुने निश्चित भएको छयसले सुनौलो अवसर प्रदान गरेको छ देशवासीलाई – आफ्नो वडा, गाउँ, शहर हाक्न चाहने सवल नेतृत्व चुन्ने।। हामी पनि ४ वर्ष देखि नेपाली राजनीतिमा सु-संस्कृत राजनीतिको थालनी गर्दै यहाँसम्म पुगेका छौं। धेरैका निम्ति आशाका किरण छर्न सफल भएका छौं। पहिलोपल्ट दलीय रुपमा चुनाव लड्न खोज्दैछौं, तर हामीलाई चुनाव चिन्ह नै दिदैँनन्। “अर्को चिन्ह देउ न भनी अनुरोध गर्छौँ,” “अहँ, मिल्दैन! तपाईँहरुले एउटै चिन्ह लिनै मिल्दैन, तपाईंका उम्मेद्वारहरु हरेकलेContinue reading कसैलाई काखा कसैलाई पाखा? लुटतन्त्रको सिन्डिकेटले लोकतन्त्रै धरापमा


Friendly State's stands on important issues of Nepal

How do we build a peaceful, prosperous democratic Nepal (within our lifetime)?

 

What kind of state should Nepal become? A Capitalist State? A Socialist State? or will it be a Communist State? For the past few decades, Nepali politics has revolved around over answering this one ideological question. In the 21st century, Nepali politics has got to get out of this singular obsession over conceptualizing an ‘ideal state’ and start focusing upon actually “delivering” a prosperous Nepali democracy.

नेपालीमा पढ्नुहोस् 

To ‘deliver’ a prosperous, democratic Nepal, we have to be courageous enough to bring a paradigm shift in Nepali politics and the way it delivers.  For this to happen, we have to pragmatically transform not just the state, but also our citizens, our society and our government. If we assume a state to be the roof of a nation, then its foundations, walls and pathways inside are the citizens, society and the government .  If we do not build these strong, the house will soon collapse. Looking back at many of our political upheavals if there is one thing clear, it is that politics not only has to be new, it has to be distinctly different. That is why 21st century Nepali politics has to

Continue reading How do we build a peaceful, prosperous democratic Nepal (within our lifetime)?