आउनुहोस् ! कमन सेन्स (विवेकशीलता) भएका नेपालीहरुको सञ्जाल बनाऊँ

अंग्रेजीमा पनि पढ्नुहोला । धन्यवाद !

यस मार्गदृष्टिका  धेरै बुँदाहरु अहिले एउटा नविन राजनितिक शक्ति ‘विवेकशील नेपाली’ ले आत्मसात गरेको छ। यसको प्रयोग यहाँ हेर्नुहोला ।

*** अब जिम्मेवार नागरिक र जवाफदेही नेतृत्वले नै मिलेर बनाउँछ समृद्ध (संपन्न) नेपाल। कमन सेन्स (विवेकशील) नेपाली अभियानको उदय हुदैछँ।

समग्र नेपाली दिदी-बहिनी, दाजु-भाईहरु,

हाम्रो भविष्यका बारेमा सोच्ने विवेक वर्तमान नेतृत्वमा नभएको निष्कर्षमा हामी नया पुस्ता पुगिसक्यौँ। अब हामी नया पुस्ता नै यस देशको बनाउने विवेकशील नेतृत्वहरु बन्नेछौं । हामी नेपालको भविष्य होइनौँ, वर्तमान हौँ ! करिब ७५ % नेपाली अहिले ४० बर्ष मुनिकै छौँ।

विवेकशिल नेतृत्व र उद्धमशिल विचार बोकेका युवाहरु एकीकृत भएर एक कमन सेन्स अभियानको उदय हुनेछ। हरेक क्षेत्रका प्रभावशाली युवाहरु, वर्तमान राजनीतिक दलमै सहभागी भएका देखि लिएर सामाजिक लगाव भएका विवेकसील व्यक्तित्वहरु, डाक्टर देखि इन्जिनियरहरु, वैज्ञानिक देखि सामाजिक कार्यकर्ताहरु अनि आफ्नै पौरखले

Continue reading आउनुहोस् ! कमन सेन्स (विवेकशीलता) भएका नेपालीहरुको सञ्जाल बनाऊँ