नेपाल आमाको पनि मुख हेर्ने होईन? (आज आमाको मुख हेर्ने दिन)

Nepal aama

आमाको मुख हेर्ने दिन आज। यस पाली देखि नेपाल आमाको नी मुख हेर्ने होईन ?
आफ्नी आमालाई जे दिनुहुन्छ त्यस्तै भाव नेपाल आमालाई नि दिने होईन ?
माया, स्याहार-सुसार, श्रद्धा, सम्मान आमालाई मात्र होईन नेपाल आमालाई दिलाउने होईन ?

आखिर तपाईकी आमा र नेपाल आमा के छ र भिन्नता?
तपाईको आमा जस्तै तपाईको अस्तित्व दिनुमा नेपाल आमाको पनि देन हो। आमाले जस्तै निस्वार्थ माया-ममता गर्छिन् तपाईलाई। जति उभद्रो गर्दा पनि सहन्छिन्।  छोडी जाँदा पनि आश नमारी कुरी बस्छन्। बर्षौँ पछि फर्कदा पनि अँगाल्छिन् कत्ति पनि कटु बचन नराखीँ। सयौँ बैगुण बोकेका तपाईमा उनले गुणै गुण मात्र देख्छिन्।  हामीले जति नै निराश बनाए पनि फेरि मौका दिन्छिन। हाम्री आमा। हाम्री नेपाल आमा !

यहि भावना र मायाको फाईदा उठाएर होला, हामी मध्य केहिले नेपाल आमालाई अन्धकारको खाडलमा ज्याक्दैँ छौँ। अनि अर्को जमातले आफ्नै मातृभूमिलाई अत्याचार, बेईज्जत अनि नङ्गयाउन कस्सिएका छौँ। अनि बाँकी हामी टुलुटुलु यो दुर्दशा देखेर पनि नदेख्यै जस्तै गरि बसेका छौँ। पचाउन गाह्रो भए पछि मन वरिपरि कठोरता र उदासीनताको पर्खाल बनाई लुक्ने प्रयासमा छौँ। नेपाल आमाको स्थति जति  जति नाजुक हुन्छ पर्खाल त्यति नै अग्लो बनाँउदै जान्छौँ।

तपाई -हामी धेरै छौँ जो  नेपाल आमालाई लागेको दाग मेट्टाउन लागि परेका छौँ। तर बिडम्बना हामीलाई सब थाहा छ तर आँट छैन। सीप छ – समय छैन। औकात छ – धैर्य छैन। बलियो छौँ  तर एक्लै हिँडछौँ। बुद्धिमान छौँ तर विवेकहिन बन्छौँ।  गर्ने सोच्छौँ – बोळ्दै बस्छौँ। अन्तत: सीपालु छौँ तर गलत निशाना लगाउछौँ।

अन्त:त नेपालमा “दुष्टताको हाँगो भाच्न हामी हजारौँ लागी पर्या छौँ भने जरो उखेल्न केवल एक -दुई जना “

त्यहि भएर यो आमाको मुख हेर्ने दिनबाटै हामी  हाँगो भाच्नेहरु अब आफ्नो बाटो मोडौँ र ‘जरै उखेल्न’ तिर लागौँ। नेपाल आमालाई खुशी पार्न केहि आधारहरु यहाँ लेखेको छु। शायद तपाईलाई पनि उर्जा दिन्छ कि?

दुष्टताको जरो उखेल्ने बाटोमा आजबाट लाग्नु हुन मेरो शुभकामना! 
नेपाल आमाको जय होस् !


म आफै धेरै बर्ष नेपाल आमाको घाँटी ङ्याकी रहेको दुषटताको हाँगो भाच्दै व्यस्थ थिए तर अहिले आफैँ बाटो मोडेको छु। हाल म राजनीतिक कु-संस्कारको जड उखेल्न लागी परेको छु देशलाई चाहिने २१ वौँ शताब्दी सापेक्ष विवेकशील नेतृत्व बनाएर (लिकंमा बिस्तृतमा) 🙂 आउनुहोस् दुष्टताको जरो सँगै उखेलौँ !

Leave a Reply