Because if this country burns, we burn with it.

There is a difference between the one who rents a house, and the one who owns a house. The one who rents a house doesn’t care if the walls crack and crumble, they can always move to another house.

The one who owns a house knows that no one else will take care of it, thus they paint the walls and mend the cracks.
More than 75 % of Nepal’s population consists of young men and women like us.

The problem is that we behave like tenants of Nepal. We have let the older generation tear this country apart. We have let them use us to fight their battles. We have let them loot this country. We have let them fool us into thinking that we’re not fit to run this country ourselves.

So we hide in our alcohol, in our religions and on the Internet as if there is some other Nepal out there that we shall move to when this one crumbles. We sit at home and wait for others to fight for us on the streets.

We want green cards instead of voter’s cards. We are angry, but we are too scared to do anything about it. It is not Other’s job to save this country. It is not the donors’ job, and the government has shown that it is not their job, either. Responsibility is not shared, it is earned.

Freedom is not given, it is taken. When we decide we want freedom, we will have to get it ourselves.

Because if this country burns, we burn with it.

————-
(adapted from original Kenyan video which the original owners own full copyright to this post as i borrowed the contents)

घरमा डेरा गरेर बस्नु र त्यसैको मालिक हुनुमा नितांत फरक छ। किनभने यदि त्यो घरको भित्ताहरु चर्किन वा भास्सिन थाले भने डेरा वाला लाई त्यति वास्ता हुँदैन, उ त सजिलै अर्को घरमा सर्न सक्छ।

तर त्यस घरको मालिकलाई भने चाहिँ थाहा हुन्छ कि आफ्नो घरको हेरचाह आफै गर्र्नुपर्छ,  अरु कसैले आएर गर्दैन। त्यसैले उ आफै त्यस घरको भित्ता टाल्न कस्सिन्छ ।

४ मध्य ३ नेपालीहरु तपाईँ-हामी जस्ता युवा छौँ ।

समस्या यहि हो कि हाम्रो पिढिको बानी-व्योहरा  भनेको नेपालमा डेरा गरेर बस्नेहरुको जस्तै छ । कसरी भन्नु होला।

हामीले अघिल्लो पुस्तालाई यो देश बरबाद गर्न दिएका छौँ । उनीहरुको झै-झगडामा हामीलाई नै कठपुठली बनाउन दिएका छौँ । उनीहरुलाई यो देश लुट्न दिएका छौँ । वारम्बार उनिहरुको “तिमीहरुले यो देश हाँक्नै सक्दैनौ” जस्ता गफ पत्याएर हामी आफैलाई नै उल्लु बनाउन दिएका छौँ ।

त्यसैले अहिले हामी कोहो रक्सीको चुस्कीमा लुक्छौँ त कोहो आफ्नो धर्म वा समाजमा। कोहि चाहिँ ईन्टरनेटमा लुक्छौँ यो सोच्दै कि कुनै दिन यो नेपाल भास्सिएर बिलाँउछ र नया नेपालमा हामी जान पाँउनेछौँ ।
अनि आफु घर भित्र बस्छौँ यो आशमा कि अरुकोहि आफ्नो लागि सडकमा जाओस् र हाम्रो लागि त्याग गरोस् ।

अहिले हामी, मतदाता कार्ड होईन, ग्रिन कार्ड खोज्छौँ। हामी आवेशमा छौँ तर केहि पनि गर्न डराँउछौ। यो यो बुझ्नु कि यो देश बचाउन ठेक्का गौतम बुद्धको होईन वा पशुपतिनाथको होईन । कोहि दाताहरुको पनि होईन । बर्तमान सरकारले त पनि प्रस्ट देखाईसकेका छन् कि यो उनको पनि काम होईन भनेर। जिम्मेवारी भन्ने कुरो अरुलाई बाँड्ने होईन, आफैले निर्वाह गर्ने हो।

स्वतन्त्रता कसैले तिम्रो हातमा थम्याउन आउँदैन, यो आफै लिनु पर्छ। जुन दिन हामी स्वतन्त्रता चाहिन्छौँ त्यो दिन, आफै अगाडि लम्केर लिनुपर्छ।

किनकि यो देश जल्यो भने हामी पनि यो देश सँगै जल्नेछौँ ।

 

————————————————–
यो एउटा केन्याको सन्दर्भमा बनाईएको भिडियो हो, तर यो नेपालको परिपक्षमा पनि सान्धर्भिक भएको हुनाले मैले यस अनुबादाम केन्याको सट्टा नेपाल लेख्‍न जमर्को गरेको छु। यद्दपि यो भिडियोको कपिराईट (प्रतिलिपि अधिकार) यो यु-तुब भिडियोवालाकै रहनेछ।