तपाईँका १२ अधिकार (हक) जुन जिम्मेवारी बिना अधुरै रहन्छ

my-rights-and-my-responsibilities

Read in English

हक (अधिकार) र जिम्मेवारी- एकै रथका दुई पांग्रा हुन्। जो कोहि विवेकशील नागरिकले पनि हरेक पल यी दुवैलाई साथ-साथै प्रयोग गरिरहन्छ। त्यसैले यी १२ हक सँगै जोडिएका जिम्मेवारीका मन्त्रहरु हामीले दैनिक रुपमा प्रयोगमा ल्याऔँ। मेरो हार्दिक शुभकामना र शुभेक्षा तपाईँलाई!

१) मन लागेको बोल्न पाउनु मेरो हक हो। के बोल्ने, कुन बेला बोल्ने वा सुन्ने – यो जान्नु मेरो जिम्मेवारी हो।

२) चिताएका सबै प्राप्त गर्न खोज्नु मेरो अधिकार हो भने प्राप्त गरेको कुरालाई संरक्षण गर्नु मेरो जिम्मेवारी हो।

३) आफुखुशी जीवन बाँच्न पाउनु मेरो हक हो भने समाजिक प्राणी बन्नु मेरो जिम्मेवारी हो।

४) मन लाग्या गर्न पाउनु मेरो हक हो भने त्यसले ल्याउने परिणामको पनि उत्तरदायित्व लिनु मेरो जिम्मेवारी हो।

५) मिहेनतको फल आफैले लिन पाउनु मेरो हक हो भने लिएका फललाई ध्यान दिई सदुपयोग गर्नु मेरो जिम्मेवारी हो।

६) जो कसैलाई नि माया गर्न पाउनु मेरो हक हो भने मलाई जोगाई राख्ने श्रोत (वातावरण, समाज, परिवार) लाई नि उचित माया गर्नु मेरो जिम्मेवारी हो।

७) जुन सुकै नेतृत्व चुन्नु मेरो हक हो भने सहि नेतृत्वलाई चुन्नु वा बलियो बनाउनु मेरो जिम्मेवारी हो।

८) आफ्नो जीवनको सुरक्षा बकैदा गर्न पाउनु मेरो हक हो भने अर्काको जीवन रक्षा गर्न साहस देखाउनु मेरो जिम्मेवारी हो।

९) जस्तैनि धर्म-सिद्धान्तमा बाँच्न पाउनु मेरो हक हो भने त्यसको सदुपयोग गरी समाजलाई एकजुट बनाई राख्नु मेरो जिम्मेवारी हो।

१०) खुल्ला मनले चयन (चु्न्न) गर्न पाउनु मेरो हक हो भने अरुको त्यही हकलाई आदर गर्नु मेरो जिम्मेवारी हो।

११) जिन्दगी आफु खूशी बाँच्न पाउनु मेरो अधिकार हो भने आफु  मर्नु अघि केहि ठोस योगदान दिई जानु मेरो जिम्मेवारी हो।

१२) नागरिकले पाउने हक खोज्नु मेरो हक हो भने विवेकशील नागरिक बन्न खोज्नु मेरो जिम्मेवारी हो।

“हाम्रा हरेक हकसँगै जिम्मेवारी गास्सिँएर आउँछ।
के हामी  आफ्ना हक सँगै जिम्मेवारी पनि बोक्न तयार छौँ? के हामी यो विवेकशील नागरिक हुन तयार छौँ?”