हेर्नुहोस् – हामी हरेकको परिवार भित्र एक होईन धेरै जातको रगत मिस्सिएको छ

 

Unity-with-diversity-small

अाफ्नै पुस्ताको ईतिँहास पल्टाउदैँ जादाँ  हामी हरेक भित्र एक जाती मात्र होईन धेरै जाती को रगत मिस्सिएको छ, बहु पहिचान छ। अझ भावी सन्ततिको स्थितिलाई अबलोकन गर्‍यौँ भने त यहि सत्य सावित हुँदैछ।

जन्मदाँ मेरो थर – क्षेत्री परेछ।

  1. मेरो बुहारी स्पेनिस मुलकी छिन् अब मेरो भतिजो चाहिँ कुन जातको ?
  2. गाँऊमा एक भाउजु मगर हुन् अब मेरो भतिजी कुन जातको ?
  3. दाईले राई मुलकी भाउजु ल्याउनु भयो, उन्‌को घोर्ले छोरोलाई कताको भन्ने ?
  4. एउटा भतिजोले नेवार बिहे गरे अर्कोले गुरुङ्, उन्‌का जहान कुन जातीमा राख्‍ने ?
  5. मेरो भान्जी बाहुनको बुहारी, अनि उन्‌को छोरो कुन जाती ?
  6. गाउँको मगर भाईको गुरुँङ्को छोरीसँग टिकोटालो गरे, अब उनीहरुको नानी लाई कुन जाती भन्ने ?
  7. अरबमा दु:ख गरि राख्नु भएको दाईले कृष्टिएन भाउजु ल्याउनु भो, उन्‌का सन्तानलाई हामी के भन्ने ?
  8. परम मित्र एक सेर्पा साथीले नेवार साथीलाई बिहे गरे, अब उनीहरुका दुई सन्तानलाई कसरी ब्याख्या गर्ने?
  9. दिदीले तामाँङ् मुलकी बच्चालाई गोद लिनु भो, अब यो परिवारलाई कुन जातीमा हामीले राख्‍ने ?
  10. म आफै जन्मे-हुर्केकोले हिन्दु, बुद्धले देखाएको मार्ग हिडँन खोज्दैछु, मुस्लिम सुफी कवि ‘रुमी’ मेरो मनैछुने व्यक्तित्व हुनुहुन्छ, क्रिष्टिएन बाहुल्य कलेजमा जीवनलाई चाहिने जति अर्ति-वुद्धि सिकेको हुँ, मलाई कुन धर्मको मात्रै भन्ने?
  11. १० बर्ष बुढानिलकण्ठ स्कुल भित्रै बोर्डस् भएर बाल्यकाल हुर्केँ- त्यहाँ सबै विधार्थीको जातै निकालि खाली रोल नले चिन्ने माहोल बनाईयो। जातविहिन नेपाली बने अब म कुन जातको?

यो त थियो मेरो “विविधत पहिचानको” कथा। मेरो मात्र होईन हामी धेरैको नि यस्तै कथा छ होला? अब भविष्य पनि यस्तै छ नेपालको। शायद हामी नै होला अन्तिम पुस्ता एउटै पहिचान खोजी बस्ने।

कुनै एक पहिचानको सर्वोच्चतामा भन्दा ‘विविधता अँगाल्ने अाफ्नो बहु-पहिचान”लाई मन भित्र राखौँ न !

एक पल्ट यो भिडियो पनि हेरौँ है

Leave a Reply