मान्नुस् नमान्नुस् —-> तपाँई हामी धेरै भित्र एक जात मात्र होईन धेरै जातको रगत मिस्सिएको छ

विविधतामा एकता
मान्नुस् नमान्नुस् —-> तपाँई हामी धेरै भित्र एक जात मात्र होईन धेरै जातको रगत मिस्सिएको छ — पुस्ताको ईतिँहास पल्टाउदैँ जानु भो भने •

अनि अबको भावि सन्ततिको स्थितिलाई अबलोकन गर्‍यौँ भने पनि यहि सत्य सावित हुनेछ।

  • मेरो बुहारी स्पेनिस मुलकी छिन् मेरो भतिजो अब कुन जातको ?
  • गाँऊमा एक भाउजु मगर हुन् अब मेरो भतिजी कुन जातको ?
  • दाईले राई मुलकी भाउजु ल्याउनु भयो, उन्‌को घोर्ले छोरोलाई कताको भन्ने ?
  • एउटा भतिजोले नेवार बिहे गरे अर्कोले गुरुङ्, उन्‌का जहान कुन जातीमा राख्‍ने ?
  • मेरो भान्जी बाहुनको बुहारी, अनि उन्‌को छोरो कुन जाती ?
  • गाँऊले मगर भाईको श्रीमती गुरुँङ्को छोरी परेछ, अब उनीहरुलाई कुन जाती भन्ने ?
  • अरबमा भएका दाईले कृष्टिएन भाउजु ल्याउनु भो, उन्‌का जहानले कसलाई पुज्ने ?
  • जन्ती गएँ सेर्पा साथीले नेवार साथीलाई बिहे गर्दा, अब उनीहरुलाई कसरी ब्याख्या गर्ने?
  • दिदीले एउटा तामाँङ् मुलकी बच्चालाई गोद लिनु भो, यो परिवारलाई कुन जातीमा राख्‍ने हामी?

यो रह्‌यो मेरो परिवारको ” विविधतामा एकताको” कथा ……….. तपाँईको नि ?

All content in whynepal.com is un-copyrighted (except posts written by 'guests'). Which means you can simply copy-paste/improve/distribute without mentioning me. I won't mind. Here are my reasons.