दुष्टताको हाँगो भाँच्दै बस्ने कि जरो पनि काट्ने ?

१०० बर्ष अघि हेनरी थोरेयुले यसो भनेका थिए -

 ”There are thousands hacking at the branches of evil to one who is striking at the root.”

 

“दुष्टताको हाँगो भाच्न हजारौँ लागी पर्या छन् तर जरो उखेल्ने मात्र एक “

अहिले नेपालमा दुष्टताको हाँगा ढाल्न हजारौँ लाग्या छौँ तर यस्‌को जरो उखेल्न भने एक-दुई मात्र अग्रसर देखिन्छौँ। तपाँई कुन ड्याङ्गको ?

नेपालमा केहि गर्न खोज्नेहरु अहिले यहि दुई ड्याङ्गको मुला हौँ ।  आउँदा दिनमा तपाँई दुष्टताको हाँगो भाँच्दै बस्ने कि जरो पनि काट्ने राम्ररी फैसला गर्नुहोला।

अहिलेको परिष्थिति भनेको अचम्मको परिष्थिति हो। अचम्मको दिनहरुमा अचम्मको जोखिम उठाउनुहुन्छ। त्यसैले मेरा साथीहरु हामी जो सुकै अहिले दुष्टताको हाँगो भाँच्दै बसेका छौँ, अब रणनिति बदलेर जरो काट्न तिर लाग्ने कि ?

नत्र जिन्दगी दुष्टताको हाँगो मात्र काट्दै जाला है !

“बुझ्नेलाई सुनको माला, नबुझ्नेलाई फुलैको माला
यो कुरा सिधै तपाँईको मनमा जाला,
जे निक्लेला त्यसले सँसार बदल्लेला !”

 

All content in whynepal.com is un-copyrighted (except posts written by 'guests'). Which means you can simply copy-paste/improve/distribute without mentioning me. I won't mind. Here are my reasons.