भुत्रो वीर गोर्खाली – हामी त कायर नेपाली

हामी आफूलाई वीर गोर्खाली (नेपाली) भन्छौँ तर व्यवहारमा – कायर नेपाली !
कसरी ? भनी सोध्नु होला।

वीर गोर्खाली

यसरी …

  1. •   आफ्नै परिवारलाई हात हाल्न नडराउने तर भ्रष्टाचार गर्नेहरुलाई औँलो ठड्याउन डराउने
  2. •   हामी – वीर गोर्खाली कि कायर नेपाली?बिजुली, पानी, ग्यासँ, पेट्रोल जस्ता आधारभुत आवश्यकताबाट दिनहुँ बंचित हुँदा पनि सडकमा आउन डराउने हामी वीर गोर्खाली कि कायर नेपाली?
  3. •  हल्लै हल्लाको बन्दमा घरै डराएर लुक्ने हामी वीर गोर्खाली कि कायर नेपाली?
  4. •  १३ बर्ष सम्म स्थानिय नेतृत्व नहुँदा पनि चुप लागेर पहिले कै भातमाराहरुको राज सहने हामी वीर गोर्खाली कि कायर नेपाली ?
  5. •  आर्यघाटमा भन्दा बढि बिदेशी दुताबास अगाडि रुने हामी वीर गोर्खाली कि कायर नेपाली?
  6. •  देश टुक्याउन खोज्नेका बिरोध, खाली चिया पसल भित्र मात्र गर्ने हामी वीर गोर्खाली कि कायर नेपाली?
  7. बाटोमा फोहर फाल्ने, ढल नदिमा मिसाउने, लाईन मिच्ने जस्तालाई देखे पनि नदेखे जस्तो गरी पाखा लाग्ने हामी – वीर गोर्खाली कि कायर नेपाली?
  8. •  बागमतीको किनारबाट सुकुम्बासीलाई हटाउदाँ फेसबुकमा कडा बिरोध गर्ने तर असक्षम ६०१ लाई संबिधानसभाबाट हटाउन चाहिँ सडकमा एक मिनेट नउभिने हामी – वीर गोर्खाली कि कायर नेपाली?
  9. •  बिदेशीसँग थर्कमान हुने, पैसा घोप्टो पारी माग्ने तर देशलाई गरिब बनाउनेहरु देख्दा देख्दै ओठँ सिलेर बस्ने हामी – वीर गोर्खाली कि कायर नेपाली?
  10. •  घर भित्र सिन्को नभाच्ने तर फेसबुकमा संसारलाई अब हामीले यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भनी फुर्ति देखाउने हामी – वीर गोर्खाली कि कायर नेपाली ?
  11. •  जातको नाममा छिमेकी माथी जाई लाग्ने तर देशको बेईज्जती हुँदा चाहिँ “यस्तै हो, के गर्ने” भन्ने हामी – वीर गोर्खाली कि कायर नेपाली?
  12. •  आफुलाई नेपाली भन्ने तर नेपाली कसरी बन्ने? थाहा नभएका हामी – वीर गोर्खाली कि कायर नेपाली?
त्यसैले पहिले आफु नेपाली बनेर देखाम् अनि बल्ल आफूलाई ‘वीर’ नेपाली (गोर्खाली) भनम्।
 तपाईँ नेपाली बन्ने हो भने यो छोटो लेख अवश्य पढ्नु होला। यदि नेपाली बन्ने कोशिशमै हुनुहुन्छ भने मेरो हार्दिक शुभकामना र धन्यवाद !
नेपाल आमाको जय ! वीर नेपालीको जय होस् !
.
.
*** (यहाँ “गोर्खाली” भन्नाले  “नेपाली” नै भन्न खोजेको हुँ । अन्यथा नबुझिदिनुहोला )

6 thoughts on “भुत्रो वीर गोर्खाली – हामी त कायर नेपाली

  1. it is really a good idea to go against the political leaders but still could not feel protesting in the street is going to make much difference. How about protesting in some better ways which can make the difference. I would say the moves that you guys have made in the past by cleaning Bir Hospital, the bridge, helping the traffic management, etc. that was something intellectual. but this days the protest has caught the similar ways the opposing political parties are doing. Even it hard doing then saying but trying it is much worthy and meaningful for the change. what do you guys say.

  2. धन्यवाद Ekendra. अब नेता बिरुद्ध लागी पर्ने बेला पनि आयो कि ?

  3. we are bir gorkhali as well as nepali …we can do if  we start n the initiation is already done…

  4.  एकदमै सहि, प्रतेक कुरामा सहमति छ “सहमति छ भन्दै कमेन्ट लेख्ने म नेपाली, बाटोमा उत्रिएर नेता बिरुद्ध बोल्न चाहिँ डराउन्न है”

Leave a Reply