भुत्रो वीर गोर्खाली – हामी त काथर नेपाली

हामी आफूलाई वीर गोर्खाली (नेपाली) भन्छौँ तर हौँ – काथर नेपाली !
कसरी ? भनी सोध्नु होला।

वीर गोर्खाली

यसरी …

•  बिजुली, पानी, ग्यासँ, पेट्रोल जस्ता आधारभुत आवश्यकताबाट दिनहुँ बंचित हुँदा पनि सडकमा आउन डराउने हामी वीर गोर्खाली कि काथर नेपाली?

•  हल्लै हल्लाको बन्दमा घरै डराएर लुक्ने हामी वीर गोर्खाली कि काथर नेपाली?

•  ११ बर्ष सम्म स्थानिय नेतृत्व नहुँदा पनि चुप लागेर पहिले कै भातमाराहरुको राज सहने हामी वीर गोर्खाली कि काथर नेपाली ?

•  आर्यघाटमा भन्दा बढि बिदेशी राजुदुताबास अगाडि रुने हामी वीर गोर्खाली कि काथर नेपाली?

•  देश टुक्याउन खोज्नेका बिरोध, खाली चिया पसल भित्र मात्र गर्ने हामी वीर गोर्खाली कि काथर नेपाली?

बाटोमा फोहर फाल्ने, ढल नदिमा मिसाउने, लाईन मिच्ने जस्तालाई देखे पनि नदेखे जस्तो गरी पाखा लाग्ने हामी – वीर गोर्खाली कि काथर नेपाली?

•  बागमतीको किनारबाट सुकुम्बासीलाई हटाउदाँ फेसबुकमा कडा बिरोध गर्ने तर ६०१ लाई संबिधानसभाबाट हटाउन चाहिँ सडकमा एक मिनेट नउभिने हामी – वीर गोर्खाली कि काथर नेपाली?

•  आफ्नै परिवारलाई हात हाल्न नडराउने तर भ्रष्टाचार गर्नेहरुलाई औँलो ठड्याउन डराउने हामी – वीर गोर्खाली कि काथर नेपाली?

•  बिदेशीसँग थर्कमान हुने, पैसा जथाभावी माग्ने अनि देशलाई गरिब बनाएको देख्दा देख्दै ओठँ सिलेर बस्ने हामी – वीर गोर्खाली कि काथर नेपाली?

•  घर भित्र सिन्को नभाच्ने तर फेसबुकमा संसारलाई अब हामीले यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भनी फुर्ति देखाउने हामी – वीर गोर्खाली कि काथर नेपाली ?

•  जातको नाममा छिमेकी माथी जाई लाग्ने तर देशको बेईज्जती हुँदा चाहिँ “यस्तै हो, के गर्ने” भन्ने हामी – वीर गोर्खाली कि काथर नेपाली?

•  आफुलाई नेपाली भन्ने तर नेपाली कसरी बन्ने भन्ने थाहा नभएका हामी – वीर गोर्खाली कि काथर नेपाली?

त्यसैले पहिले आफु नेपाली बनेर देखाम् अनि बल्ल आफूलाई ‘वीर’ नेपाली (गोर्खाली) भनम्। तपाईँ नेपाली बन्ने हो भने यो छोटो लेख अवश्य पढ्नु होला। यदि नेपाली बन्ने कोशिशमै हुनुहुन्छ भने मेरो हार्दिक शुभकामना र धन्यवाद !
नेपाल आमाको जय !
.
.
*** (यहाँ “गोर्खाली” भन्नाले  ”नेपाली” नै भन्न खोजेको हुँ । अन्यथा नबुझिदिनुहोला )

All content in whynepal.com is un-copyrighted (except posts written by 'guests'). Which means you can simply copy-paste/improve/distribute without mentioning me. I won't mind. Here are my reasons.