नेपाली भन्ने कि नेपाली बन्ने ?

Read in English

nepal-on-head

एकचोटी सोच्नुहोस् त, तपाई आफुलाई नेपाली भन्दा के बुझ्नु हुन्छ?
“संयोगले म नेपालमा जन्मेको थिएँ त्यसैले म नेपाली हुँ ?”

के यत्ति हो त हाम्रो नेपालीपनको पहिचान? कहिल्यै हामीले नेपाली भनेको यति मात्र होईन होला जस्तो लाग्दैन?   कहिल्यै आफुलाई नेपाली ‘भनेर’ मात्र होईन ‘बनेर’ देखाउनुपर्छ जस्तो लाग्छ?

लाग्छ भने अाउनुहोस् नेपाली बनेर देखाउनुहोस् । नेपाली बन्ने भन्या के होला भनि सोच्नुहोला।
यी नेपालीपन झल्कने गूणहरु तपाईमा छन् भने म चाहिँ तपाईलाई नेपाली बनेको मान्दछु।

  1. “नेपाल हाम्रो घर हो, डेरा होईन” यो कुरा प्रश्ट बुझ्ने
  2. “धर्तीमा एक चोटी आएपछि केहि गरेरै जान्छु” भन्ने अठोट लिने
  3. राम्रो काम गर्ने जो कोहिलाई पनि तुरुन्तै धन्यवाद दिने
  4. “अहिले नगरे कहिले, मैले नगरे कसले” दिनहुँ यहि मन्त्र जप्ने
  5. दुष्टताको हाँगो भाच्नु सट्टा त्यस्को जरै उखेल्ने
  6. अरुले गु खायो भन्दैमा आफु पनि खान नलाग्ने
  7. ‘आफ्नो घर आफै सफा गर्नुपर्छ नत्र छिमेकी अाई अाफ्नै तरिकाले सफा गरिदिन्छन्” देशको यो यथार्थ छर्लंङ्ग बुझ्ने
  8.  ‘यस्तै हो, के गर्ने ?’ यस्ता बिखालु बानीलाई ‘मेरो देश, मेरै जिम्मेवारी’ मा बदल्ने
  9. जवाफ पहिले आफैसँग माग्ने, अनि बल्ल अरु सँग माग्ने
  10. “बोलाई कम, गराई बढि” – आउँदो पुस्तालाई यहि मन्त्र सिकाउने
  11.  राम्रो के-नराम्रो के ? यसको उत्तर आफ्नै अन्तरआत्माबाट पाउने
  12. लोभलाई जहिले पनि धैर्यले छोपी राख्ने। जिवन १०० मिटरको रेस होईन, यो त एउटा म्याराथन हो भन्ने बुझ्ने
  13. नराम्रो मान्छेलाई भन्दा नि नराम्रो कामलाई निमोठ्ने बानी बसाल्ने
  14. राम्रो गर्न चाहने कुनै पनि सन्जाललाई आँखा चिम्ली आफ्नो म:म खर्च दिने
  15. जीत-हारको वातावरणलाई जहिल्यै पनि जीत-जीतमा परिवर्तन गर्ने
  16. अाफुले गर्ने कामको श्रेय जोसुकैले पाअोस् – बाल मतलब दिने
  17. नेपाल बदल्नु भन्दा पहिले आफैलाई बदल्ने
  18. अन्तिममा बिकल्प कुर्दै बस्ने होईन आफै बन्ने हो ।

“आफुलाई नेपाली भन्ने साथी, मात्र नेपाली ‘हुनु’ र  नेपाली ‘बन्नु’ मा नितान्त फरक छ। 

त्यसैले साथी अब नेपाली भनेर होईन बनेर देखाम् !

🙂

One thought on “नेपाली भन्ने कि नेपाली बन्ने ?

Leave a Reply