“आफुलाई नेपाली भन्ने साथीहरु एक चोटी नेपाली बनेर त हेर नेपाली बन्न कति गाह्रो छ !”
तपाँई आफुलाई कसरी नेपाली भन्नु हुन्छ? ”संयोगले म यहाँ जन्मेको थिएँ त्यसैले म नेपाली हुँ?”
के यत्ति नै हो त तपाँईको नेपालीपन पहिचान ? कहिल्यै तपाँईले नेपाली भनेको यो बाहेक पनि अरु केहि होला भनि कहिल्यै सोच्नु भा छ?
नेपालीपन झल्कने गूणहरु मध्य यी कुनै छन् तँपाईमा?
- धर्तीमा एक चोटी आएपछि केहि त गरेरै जान्छु भन्ने अठोट लिने
- राम्रो मान्छे र राम्रो काम गर्नेलाई धन्यवाद तुरुन्तै दिई हाल्ने
- “अहिले नगरे कहिले, मैले नगरे कस्ले ” हरेक दिनको मन्त्र
- अरुले गु खायो भन्दैमा आफु नखाने (…वा खान मिल्छ नभन्ने)
- ‘आफ्नो घर आफै सफा गर्नु पर्छ नत्र छिमेकीहरु आएर सफा गर्दिन्छ’ भन्ने छर्लंङ्ग बुझ्ने
- ’यस्तै हो’ वा ‘बाल मतलब’ भन्ने बानीलाई “केहि गरौँ” र “मेरो देश, मेरै जिम्मेवारी” मा बदल्ने
- पहिले आफू जिम्मेवार हुने, अनि मात्र अरु सँग जवाफ माग्ने
- बोल्ने कम, गर्ने बढि आफैबाट शुरु गर्ने। भविष्यका कर्णधारलाई नि त्यतैतिर धकाल्ने
- नराम्रो काम गर्दै हुनुहुन्छ भने सोच्नुहोस अरुले त नदेख्ला तर आफ्नो अन्तरआत्माले त देख्छ नि
- लोभलाई धैर्यले अँगाल्न सिक्ने। रुखबाट फल पाक्न त बर्षौ लाग्छ भने…
- नराम्रो मान्छेलाई भन्दा नि नराम्रो कामलाई निमोठ्ने बानी बसाल्ने
- राम्रो गरिरहेकाहरुको जुनसुकै सन्जाललाई बलियो बनाउन मद्दत गरि-हाल्ने
- आफ्नो ईष्टमित्र-टोल-जात वा नेपालीको मात्र होईन संपूर्ण मानव जाती र बिश्वकै हक-हितलाई पनि अँगाल्ने
- नेपाल बदल्ने भन्दा नि पहिले हामीले आफैलाई बदल्नु पर्छ भन्ने प्रस्ट बुझ्ने
यति गरि सक्नु भो? अब निर्धक्कका साथ जीवनको आनन्द लिनुहोस् !