दशैँको सुभकामना तपाँईलाई : यस पाली यो आशीर्वाद दिने कि?

बडादशैँको शुभकामना है, तपाँई र तपाँईका आफन्तलाई…
यस पाली टिका लाँउदा यी आशीर्वादहरु मिलोस्
.
  1. धर्तीमा एक चोटी आईसकेपछि केहि गरेरै गएस्
  2. राम्रो मान्छे र राम्रो काम गर्नेलाई धन्यवाद दिई हालेस्
  3. खान पुगोस्, दिन पुगोस्  (रविन्द्र मिश्रबाट)
  4. “अहिले नगरे कहिले, मैले नगरे कस्ले ” मन्त्र राखेस्
  5. अरुले गु खाए भन्दैमा, आफु चाहिँ नखाएस्
  6. आफ्नो घर आफै सफा गर्नु पर्छ नत्र छिमेकी आएर सफा गर्दिन्छन् भन्ने बुझेस्
  7.  ‘यस्तै हो’ वा ‘के मतलब’ भन्दै चुप्प नलागेस् “केहि गरौँ न” भनेस्
  8. पहिले आफै जिम्मेवार बनेस् अनि मात्र अरु सँग जवाफ मागेस्
  9. बोल्ने कम र गर्ने बढि बानी आफैबाट शुरु गरेस्। अरुलाई नि त्यतैतिर धकालेस्
  10. नराम्रो काम गर्दै गर्या भए यो सोचेस् (अरुले नदेख्ला…तर आफ्नै अन्तरआत्माले त देख्छ नि)
  11. आफ्नो लोभलाई धैर्यले अँगाल्न सिकेस्
  12. मान्छेलाई होईन उस्को नराम्रो कामलाई निमोठ्ने बानी बसालेस्
  13. समाजमा राम्रो गरिरहेका-हरुको जस्तो पनि सन्जाललाई बलियो बनाएस्
  14. आफ्नो ईष्टमित्र,टोल,जात वा नेपालीको मात्र होईन, संपूर्ण मानव र वातावरणको पनि हितका बारेमा सोचेस्
  15. नेपाललाई होईन, आफैलाई  बदलेस्
तपाँईका पनि केहि आशीर्वादहरु छन् भने तल अवश्य लेख्नुहोला है  😀

Leave a Reply