Who is Ujwal ? उज्वल को हो ?

मेरो अभियानलाई आर्थिक सहयोग गर्न  यहाँ जानुहोला >>

उज्वल थापा को हो त?

फोहोर भएको राजनीतिलाई सफा गर्नको लागि  “ठीक नीति मात्र होईन ठीक नियत पनि चाहिन्छ” भन्ने निश्कर्षका साथ  विवेकशील साझा पार्टीको संयोजक म उज्वल थापा ले काठमाडौँ क्षेत्र नं ५ बाट उठ्ने गरि संसद को लागि प्रत्यक्ष उम्मेदवार भएको छु।

यहि क्षेत्रकै: मैले यहि क्षेत्रको बुढानिलकण्ठ स्कुलमा पढाई सकेर अमेरिकाबाट सुचना प्रविधिमा बिज्ञता हासिल गरेँ। बिगत चार वर्ष देखि नैतिक मुल्य मान्यतामा अडिग पृथक राजनीतिक संगठनको नेतृत्व गर्दै राजनीतिक विकृती विरुद्द लड्दै आईरहेको छु। महाभुकम्पको बेलामा तत्कालीन विवेकशील नेपाली दलको नेतृत्व गरी अत्तालिएका नेपालीहरुको सेवा गरेर होस् वा तत्कालिन अख्तियार प्रमुखले गरेका लोकतन्त्रमाथिको ठाडो हस्तक्षप रोकेरै होस्, मैले “बोलेर होइन गरेर देखाउन पर्छ”  भन्ने सिद्धान्तलाई सदैव अवलम्बन गर्दै आएको छु।

अरुलाइ रोजगारी दिएको:  यो देशका युवालाई नेपालमै गरिखाने वातावरण बनाउनु पर्छ भन्ने उद्दष्यका साथ मैले एक दशक देखि देश भित्रै दशौँ हजारौँलाई रोजगार श्रृजना गर्न अनुकुल वातावरण बनाउदैँ आएको छु। सबैको लागि गरिखाने वातावरण बनाउन, लुटतन्त्र बिरुद्ध लड्न र सक्षम नेतृत्व दिन, म आफ्नै ठाउँ काठमाडौँ-५ बाटै संसदको लागि अघि सरेको छु।

(बिस्तृतमा बुझ्न: fb.com/ujwal )

मेरा प्रतिवद्धताहरु:

  1. म लूटतन्त्र ढालेरै छाड्छु!
  2. म उद्यमशील, गरिखाने नेपाली समाज बनाएरै छाड्छु!
  3. म नेपालको स्वाभिमान फर्काएरै छाड्छु !

१) काठमाडौँ -५ लाई भि-आई-पी (VIP) क्षेत्र बनाउन पहल गर्नेछु जसबाट यहाँका बासिन्दाका आय-आर्जनको उल्लेखनिय वृद्धि गर्नको लागि दिलोज्यान दिएर काम गर्छु। यसको लागि स्पष्ट खाका पहिले नै तयार गरेको छु। काठमाडौँका नगरपालिका र वडाहरुसँग समन्वय र खबरदारी दुवै गरी यस शहरलाई झन्झटमुक्त, सुविधायुक्त, धुवाँधुलोमुक्त, हराभरा र विविधता झल्कने सम्पदा सहर बनाउनेछु।
   बिस्तृतमा बुझ्न: bitly.com/sundarmandu

२) यो लूट्तन्त्र म सांसदको काम, कर्तव्यको सीमाभित्र बसी क्षे्त्र ५, सम्पूर्ण उपत्यका र देशका लागि तपाईले गर्व गर्न लायक निष्ठावान र स्वाभिमान नेतृत्व भएरै सेवा गर्नेछु र  देश लुट्नेका बिरुद्ध शसक्त खबरदारी गर्नेछु। 
    यस बारे बिस्तृतमा मैले गरेका काम हेर्न:whynepal.com/ujwal-nepali

३) म यहाँका युवालाई यहि राखेर वा फर्काएर सर्वोकृष्ट उद्यम गर्ने क्षेत्रको रुपमा बिकास गर्नेछु, स्थानीय़ नगरपालिका र वडाहरुसँग समन्वय र सहकार्य गरेर! यसको लागि मैले हजारौँलाई रोजगार हुने वातावरण पहिले नै बनाउदैँ आएको छु।
  बिस्तृतमा बुझ्न: fb.com/groups/e4nepal 

नेपालको जय होस् ! तपाईको जय होस् !

अझ बुझ्न मन लाग्यो? यहाँ जानुहोला