देखिने पाप र नदेखिने महा-पाप बिचको द्वन्द

देखिने पाप र नदेखिने महा-पाप बिच चलिरहेछ डक्टर केशीको राजनितिक भागबन्डा बिरुद्धको अामरण अनसनको द्वन्द।

— देखिने पाप: अस्पतालका संकटकाल सेवा (emergency) मात्र खोलेर अरु सेवामा गरेका अांशिक वा कुनैमा पुरै बन्द गरिईएको परिस्थिित। (यसको हल चाँडै हुन्छ)

— नेदेखिने महा-पाप: स्वास्थ्यमा राजनितक भागबन्डाले भ्रष्टाचार निम्त्याएर डक्टरहरुलाई कामै गर्न लाज लाग्ने वा वाक्क-दिक्क पार्ने वातावरण बनाएको। स्वास्थ्य क्षेत्र धराशायी बनाईयो हेर्दा हेर्दै – भित्र भित्रै !
जस्तो कि:

√ एउटा डक्टर नेपालमा पढ्न (MBBS +MD+specialization) १ करोड पर्ने बाध्यताको व्यापार गर्ने माफियालाई साथ दिन छोड्नु पर्छ राजनितिक दलहरुले। अब धनी मात्र पढ्न पाउने स्थिति बनाईदिए !
√ भागबन्डाको अाधारमा नियुक्ति, बढावा गर्न थाले । योग्यतामुखि संस्कारको धज्जा उड्डयाईयो। चाकडी, हुकुमी शासनको कुसंस्कार भित्रियो।
√ राजनितिक नियुक्ति गरेर गुणस्तर नपुगी पनि मेडिकल कलेज खोल्न मिल्ने सम्बन्धनको (affiliation) बातावरण बनाएर।
√ अहिले हुन लागेको ४ वटै मेडिकल कलेज काठमाडौँ उपत्यका भित्रै छ सुगम ठाँउमा। यहि रोक्न खोज्दा पहिलेको योग्यता पुगेका डिनलाई मानसिक यातना दिई राजिनामा दिन लगाईयो।

√ कुरा घुमीफिरि भागबन्डाको राजनितिक कु-संस्कार नै हो।
यसलाई जडै बाट ननिकाले हाम्रो भविष्य (स्वास्थ्य) अन्धारै छ।

teaching hospital sign

Leave a Reply