सिधा जवाफै नदिने कु-संस्कारले रोकेको छ संमृद्ध नेपाल

एउटा महारोग छ प्राय नेतृत्व /सरकार/दल भित्र: ” सिधा जवाफै नदिने । घुमाउनै पर्ने ”
उदाहरणको लागि

१) प्रश्न:  अपराधीलाई किन संरक्षण दिनु भएको ?
उत्तर: अरुले गर्नु भएको चाहिँ देख्नु हुन्न?  उनीहरुलाई  नगर भन्नुस् न पहिले ! खाली हामी पछि खेदो खन्नु हुन्छ। यो त षडयन्त्र भयो !
(रणनिति: अरुले गरेको उस्तै नराम्रो उदाहरण तेर्साई आफु पन्छिने – )

२) प्रश्न: तपाईको पार्टीका सदष्यले किन कानुन हातमा लिनु भएको?
उत्तर: त्यहि त हेर्नुस् न के गर्ने, हाम्रै दल भित्र अनुशासनको कमी छ। म त कराउँदै एको छु नि ! मेरो मनको कुरो तपाईले ठ्याक्क भनि दिनु भो ! धन्यवाद।
(रणनिति: आफुलाई विवश देखाई आफ्नै  जिम्मेवारी र जवाफदेहिताबाट पन्छिने )

३) प्रश्न: तपाईँले बाचा गर्नु भए झैँ काम सक्नुहुन्छ त समयमै ?
उत्तर: हेर्नुस् हाम्रो कोशिश निरन्तर जारी छ – सबै मिले त यस्तो काम त तु सकिन्छ ! कुरै छैन।
(रणनिति:  प्रश्नलाई धमिल्याउन सफल हुने )

४) प्रश्न: तपाईले काम गर्न असक्षम भएको देखिन्छ त ?
उत्तर:  हेर्नुस् काम त ९० % सक्कि-सक्यो ! तर केहि टाउकेले गर्दा रोकिएको हो ! अब गाँठो फुकाउन मात्र बाँकि छ!
(रणनिति:  प्रमाण नभएको तथ्याङक अगाडि राखेर अनि अरुलाई मुल कारण बनाई आफु पन्छिने)

५) प्रश्न:  तपाईले गर्नु पर्ने काम किन अहिले सम्म गर्नु भएन ?
उत्तर: अब चाँडै नै सकिन्छ, चिन्तै नमान्नु। सहमतिको पहल जारी छ – जनताका कुरा सुनिरहेका छौँ हामीले।
(रणनिति: आश्वसन दिई दंग पार्ने अनि सजिलै आफ्नो असक्षमता लुकाउने )

६) प्रश्न : तपाँईको दलले यस्ता भ्रष्टाचारीलाई किन पालेको?
उत्तर: यसको बारेमा मैले विशेष पहल गरेको छु हाई कमान्ड सँग। अनि लिखित बिरोध दर्ता पनि गरेको छु है ! सकारात्मक जवाफको प्रतिक्षामा छु। धैर्य गरौँ न अलि बेर।
(रणनिति: आफुले पहल गरेको तर आफु भन्दा माथीका ले गर्नै नदिएको भनि आफु जिम्मेवार भएको देखाई साँच्चिको जिम्मेवारी /जवाफदेहिताबाट पन्छिने )

यस्ता उत्तरले म जित भैसकेको छु। शायद तपाईँ पनि हुनुहुन्छ होला । जब सम्म असक्षम नेतृत्व जसले हामीलाई सिधा जवाफ दिदैँनन् उनको असक्षम राज खप्दै बस्नु पर्छ। देश र हामी कहिले माथी जान सक्दैनौँ।

त्यसैले ज देखि फ्नो नेताबाट सिधा जवाफ माग्ने परिपाटी शुरु गरौँ ! सच्चा नेतृत्वले चपाउदैन, सिधै जवाफ दिन्छ। 

साथीहरु, जबसम्म सिधा जवाफ खोज्दैनौ , सिधा जवाफ पाँउदैनौ!

Leave a Reply