Stick to the Point !!! Lessons for every Nepali

ग्यासँ कहिले पाईन्छ साथी
संबिधानै बन्याछैन ग्याँसको के कुरा गर्ने

संबिधान बनाउन दवाव दिम् न त साथी
मधेश जलिराछ, पहिले त्यो सल्टाउनुपर्यो नि

मधेशलाई हक हित दिदुँ न त साथी
कहाँ भारतको चलखेल हो यो सबै मधेशलाई लिन

भारतसँग कराऔँ न त मिलेर हामी साथी
हाम्रै नेता कातर छन् दलाली गर्छन् तीन्‌को कहाँ सकिन्छ

यस्ता नेतालाई पदबाट निकालौँ साथी
कहाँ ४ बर्षमा चुनाबै भाछैन – कसरी निकाल्ने

चुनाब फेरि गर् भनेर सडकमा जाम न त साथी
हामी दुई चार जना सडकमा गएर केहि हुनेवाला छैन

अब के गर्ने त साथी ?
पहिले संबिधान बनोस न त्यसपछि सबै भै हाल्छ नि

तर साथी अघि भन्या होईन संबिधान त…( कुरा बिचमै काटिन्छ)
के गर्ने ? यस्तै हो यहाँ ….  (लामो सास लिदैँ)
नेपाल अब खत्‍तम भो !
साले चोर नेताले देश बिगारे :(

ए ल ल ठिकै छ …बरु ग्यासँ कहिले पाईन्छ साथी
भोली पाईएला कि ?


भुमिका नँबाध -अग्रेजीमा भने झै स्टिक टु द पोईन्ट 

Stick to the ****** point. 

 

.
(Note: Please feel free to copy /paste this and any other articles in whynepal.com anywhere you want. If you want, you don’t even have to mention my name or where it came from. It is Copyright free and attribution free! Enjoy! )

All content in whynepal.com is un-copyrighted (except posts written by 'guests'). Which means you can simply copy-paste/improve/distribute without mentioning me. I won't mind. Here are my reasons.