पत्रकारिता, सोसल मिडिया र नेपालमा सकारात्मक सामाजिक परिवर्तनको सम्भावना

यो सारंश हो करिब १०० जना पत्रकार साथीहरु माझमा सोसल मिडियाको उपयोग बारे बोलेका कुराकानीको।
मुल प्रश्न थियो – पत्रकार साथीहरुले किन सोसल मिडिया अँगाल्नु हुन्न?

सोसल मिडिया भनेको एउटा यस्तो संचार माध्यम हो जसले हजारौँ सँग एकै चोटि दोहोरो वार्तालाप गर्न सकिन्छ। पहिले एक जनासँग वार्तालाप गर्न उसको ढोका ढक्ढक्याउनु पर्थ्यौ भने अहिले सोसल मिडियाको माध्यमले एकैचोटी हजारौँ ढोकाहरु आफ्नै कोठाबाट ढक्ढक्याउन सक्ने बनेको छ।  अहिले संसारमा सोसल मिडिया धेरै अहम भुमिका खेलिरहेको छ । १ अर्ब भन्दा मानिस यसको प्रयोग गर्छन् , धेरै जसो दिनहुँ । यसले नेपालमा पनि ठुलो फड्को मारेको छ। अहिले १३ लाख नेपालीहरु फेसबुक भन्ने एउटा सोसल मिडियाको एक प्रबिधि प्रयोग गर्छन् । यो संख्या केवल ६ महिनामा ३ लाखको दरले बढेको छ। करिब ६९% पुरूष छन् भने ३१% महिला छन् । अन्य सोसल मिडिया टुलहरु हुन् टुईटर, युटुब, लिंक्ड ईन, किकस्टार्टर, वोर्डप्रेस र सयौँ अरु छन् अहिले। 

  • सोसल मिडिया चलाउन सजिलै छ, ईमेल चलाउन आँउछ भने सक्नुहुन्छ।
  • सोसल मिडया चलाउने भनेको समय फाल्ने वा फजुल होईन
  • सोसल मिडियामा पनि कन्टेन्ट नै सबै भन्दा महत्वपूर्ण कुरा हो।
  • सोसल मिडिया चलाउन सस्तो र झन्झट बिनाको छ्।

नेपाली पत्रकारहरुले सोसल मिडियाको सहि सदुपयोग गरेर हाम्रो समाजमा अझ प्रभावकारी भुमिका खेल्न सक्नुहुनेछ । बाहिर संसार भरि त पत्रकारहरुले नै प्राय सबैभन्दा राम्ररी सोसल मिडिया माध्यम अँगालेका छन्। निउ योर्क टाईम्सका एक पत्रकार फारेद जाकेरियाको फेसबुकमा मात्र २ लाखभन्दा बढि सब्सकार्यर छन् अर्थात उनले जे लेख्छन् २ लाख जनाले तुरुन्तै थाहा पाँऊछन् र उहाँलाई नै तुरुन्तै जानकारी दिन पाँऊछन्।
त्यसो भए कस्तो फाईदा लिन सक्नुहुनेछ त पत्रकार साथीहरुले सोसल मिडियाबाट?

  • धेरै नयाँ संजाल र कन्ट्याक्ट बढाउन सक्नुहुन्छ
  • सोसल मिडिया प्रयोग गरेर कुनै कथा वा बिशयवस्तु बारेमा महत्वपूर्ण जानकारी हाँशिल गर्न सक्नुहुन्छ
  • हजारौँ, लाखौँ, दशौँ लाखौँ मानिसहरु तपाँईको काम प्रति आकर्षित गर्न र आफ्ना शुभचिन्तकहरु सँग राम्रो संबन्ध कायम गर्न सक्नुहुन्छ
  • आफ्नो ब्रान्ड बनाउन र आफ्नो कामको बिश्वसनियता बढाउन सक्नुहुन्छ
  • नया खबरहरु धेरै भन्दा भन्दा धेरैको माझमा र चाँडो भन्दा चाँडो पुर्याउन सक्नुहुन्छ
  • दृश्य, साउन्ड, भिडियो कसरी समाचारमा ठोस उपयोग गर्न सक्नुहुन्छ
  • भेटिन गाह्रो सुचना वा मानिसहरुको नजिक पुग्न सक्नुहुन्छ
  • दोहोरो वार्तालपबाट अरुहरुको सोच बिचार राम्ररी थाहा पाउन सक्नुहुन्छ
  • सकारात्मक सामाजिक परिवर्तनमा कसरी धेरैलाई साथ लिन सक्नुहुन्छ

सोसल मिडियाका मार्फत पत्रकार साथीहरुले सामाजिक परिवर्तनमा अग्रणी भुमिका खेल्न सक्नुहुनेछ। हाम्रो नेपाली समाजलाई “के गर्ने” बाट “केहि गरौँ” मा परिणत गर्न सक्नुहुनेछ। समसामहिक बिषयलाई एउटा समाचार मात्र होईन, अभियानमा परिणत गर्न ठुलो भुमिका खेल्नु हुनेछ।

त्यसैले यस प्रबिधि प्रयोग गर्न अब बेला आईसक्यो। बेला होईन, अबेला भैसक्यो ! अहिले नलागे कहिले, तपाँईहरु नै लागे, को लाग्ने?

2 thoughts on “पत्रकारिता, सोसल मिडिया र नेपालमा सकारात्मक सामाजिक परिवर्तनको सम्भावना

  1. i think social media specially facebook is very popular among journalists in Nepal.

Leave a Reply