पाँच हजार जनालाई आफ्नो अभियानमा एक हफ्ता भित्र कसरी ल्याउने?

English version available here

बिस भन्दा बढि देशमा छरिएका पाँच हजार नेपालीहरुलाई कसरी एक हप्ताभित्र आफ्नो अभियानमा सम्मिलित गर्नसकिन्छ, त्यो पनि मात्र पाँच सय रुपैयाँ खर्चमा?

हाम्रो उदेश्य थियो, नेपालको सर्बोच्च अदालतले गरेका हालैका भ्रष्ट्राचार बिरुद्धका कार्यहरुलाई अझ प्रोत्साहन दिनु र नेपाली नागरिकहरुलाई यो मुद्दामा दायित्वबोध गराउनु ।

हेर्नुहोस प्रधान न्यायाधीशको प्रतिक्रिया यो भिडियोमा:

यो सानो अभियान कसरी गर्यौँ र के के बाधा आए ? हामीले सिकेका केहि कुराहरु यहाँ तल पढ्नुहोस्।

भएका राम्रा कुराहरुलाई अँगाल्नुहोस‍: नेपालमा भ्रष्ट्राचार एक महारोग हो । हालको सर्वोच्च अदालतको टोली यस्तो एउटा संस्था हो जसले यसको मूल जडसँग लडदैछ र केही जीत पनि हासिल गरेको छ हालसालै। अनि यसका मातहातका अदालतहरुले यो गतिलाई कायमै राखी भ्रष्ट नेता तथा कर्मचारीहरुलाई कारबाहीको दायरामा ल्याउन काम गरिरहोस् भन्ने हामी चाहन्छौं ।  राम्रो भैरहेका कुराहरुलाई पत्ता लगाएर त्यसलाई अझ बलियो बनाउन तिर लागे नै बेश।

एउटा सानो तर महत्वपूर्ण कदम लिएर अगाडि बढाउनुहोस : ठुलो परिदृश्यलाई तिर होइन बरु एकदमै सानो सानो कदमहरुको बारेमा सोच्नुहोस् । हामीले आफैलाई सोध्यौं, अहिले यसबखत नै मैले के गर्न सक्छु जसले गर्दा भ्रष्ट्राचार बिरुद्ध नेपाल कुनै सानो भए पनि कदम अगाडि बढ्नसकोस्। एउटा सजिलो उत्तर निस्कियो, “धन्यवाद दिने जो जसले भ्रष्टाचारको बिरुद्दमा लागि परेका छन्” । अनि हाम्रो मुखमा तत्कालै सर्वोच्च अदालतका तत्कालिन न्यायधिसहरुको नाम आयो। अनि उहाँहरुको मनोबल अझ बढाउन “धन्यवाद पत्र” लेख्ने निधो गर्यौँ।

एउटा प्रतिबद्ध सानो टोलीसँग सहकार्य गर्नुहोस: कुनै पनि अभियान शुरु गर्नको लागि आफू संग मिल्ने सोच भएका एक दुई सहकर्मी भए पनि पुग्छ। हामी केही साथीहरु मिलेर एउटा चिठी अग्रेजी र नेपाली दुबैमालेख्न शुरु ग-यौं । कतिपय नेपालीहरु इन्टरनेटमा अँग्रेजीमा लेखपढ गर्दारहेछन् भने बाँकी चाहि नेपालीमा।

गन्तव्यतिर निर्देशित गर्नुहोस: कुनै पनि अभियानमा जब सहभागी अभियानकर्मी साथीहरुलाई थाहा हुन्छ यो अभियानको गन्तव्य स्थान तब परिवर्तन गर्न सजिलो हुन्छ । हामीले प्रस्ट रुपमा उहाँहरुलाई थाहा दियौँ कि यो चिठी उनीहरुको नाम सहित सर्वोच्च अदालतमा पुग्छ जसले गर्दा माननीय न्यायाधीशहरुलाई नैतिक बल मिल्छ ।

परिवर्तनको प्रकिया सजिलो छ भनेर देखाउनुहोस्: जो कोही पनि यो अभियानमा संलग्न हुन सजिलो होस र परिवर्तन गर्न सजिलो देखियोस् भनेर हामी फेसबुकमा गयौं र एउटा कार्यक्रमको खाता खोल्यौं । टेक्नोलोजीले यो संसारलाई निकै सानो बनाइसक्यो जसले गर्दा एउटा क्लिकबाट हजारौ कोश टाढाको साथीलाई बोलाउन सकिन्छ कुनै अभियानमा संलग्न हुन । सबै अभियान सडकमै जानुपर्छ भन्ने होइन। एक दिन भित्र नै १००० जनाले मेरो पनि नाम त्यो चिठीमा राख्नुहोस् – म पनि धन्यवाद दिन चाहन्छु सर्वोच्च अदालतका न्यायाधीशहरुलाई, भनेर लेख्नु भयो। अनि एक हप्ताभित्र सहभागी साथीहरुले आफ्ना साथीलाई बोलाउँदा बोलाँउदै करिब ५००० जना पुगेछ। अझ २२,००० जना लाईनमै थिए जब हामीले यो कार्यक्रम बन्द गर्रौ।

दिशा निर्दिष्ट गर्नुहोस: शुरुमै हामीले गल्ती गरेछौँ यो कार्यक्रम सर्वोच्च अदालतमा हुदैंछ है भनेर लेखेछौं । कतिपय साथीहरुले ब्यस्तताको कारण, “म त त्यहाँ आउन सक्दिन है” भनेर लेखे पनि । हामीले झटपट फेसबुकमा गएर सबैलाई तुरुन्तै खबर ग-यौं, उहाँहरुले फेसबुकमै मात्र आफ्नो नाम दिए पुग्छ, सर्वच्चमा आउनु पर्दैन। अनि तुरुन्तै माफी माग्यौँ र तुरुन्तै मुल कामतिर लागिहाल्यौं ।

भावनालाई पक्रनुहोस : केहि कुरा जान्दै र महत्वपूर्ण हुदैँमा मानिसलाई एक जुट गराउन सकिन्न रहेछ। हामीले मानिसमा भित्रबाटै भावना जगाउनको लागि उहाँहरुकै नाम यो चिठीमा जान्छ भनेर बाचा ग-यौं र उहाँहरुको हरेक प्रश्न र शंका उपशंकाहरुलाई ध्यान दिएर उत्तर दियौं । यसले उहाँहरुमा यो अभियान प्रति अझ समर्पित हुने भावना जाग्यो। हामीले यसो गरेर उहाँहरुलाई आत्मसात गरेर यस अभियानमा साथ दिएका नेपालीहरुमा भ्रष्ट्राचार बिरुद्ध एक छौँ भन्ने भावना जगाउन सफल भयौं ।

भाग लिने साथीहरुको पहिचानलाई ठूलो बनाउनुहोस : हामीले यसमा भाग लिनु हुने साथीहरुलाई एउटा नयाँ पहिचान दिनखोज्यौँ, “भ्रष्ट्राचार बिरुद्द हामी नेपाली अभियानकर्मी”। यसले गर्दा साथीहरुमा नयाँ पहिचान र एकताको भावना जगायो । यसले गर्दा उहाँहरुले आफूलाई दायित्वबोध गर्ने एक नेपालीका रुपमा चिन्न थाल्नुभयो ।

परिवेशलाई बदल्नुहोस : बितेका दिनमा अभियानकर्मीहरुले आफ्नो अभियानमा संलग्न गराउन ढोका ढोका ढक्ढक्याउन जानु पर्थ्यो। यो एकदम ढिलो र महंगो तरिका थियो। हामीले  प्रविधि र सामाजिक सञ्चार माध्यमको प्रयोगबाट यो परिवेशलाई नै बदलिदियौं । पहिले निकै गाह्रो र महंगो हुने यो काम हामीले बिना पैसा नै आफ्नो घरको कुर्सी नछाडिकनै गर्न सक्यौं फेसबुकको मद्दतबाट । हामी त छक्क पर्यौ पर्यौ, सम्माननीय प्रधान न्यायाधीश स्वयम् पनि छक्क पर्नु भयो हाम्रो आयोजनाको यस्तो शैली सुनेर ।

सहभागीहरुमा बानी बसालौं : आफ्ना अभियानकर्मीहरुमा उहाँहरु सक्रिय रहिरहन बानी ब्यहोरा बनाउनुहोस् । हामीले यसो गराउन उहाँहरुलाई नेपालमा भ्रष्ट्राचार बिरुद्धका बारे आफ्नो आफ्नो प्रतिक्रिया राख्न प्रोत्साहित ग-यौं । उहाँहरु एक-आपसमा फेसबुकका माध्यमबाटै एक‍आपसमा कुराकानी गर्न थाल्नुभयो । हाम्रो सोच के थियो भने नि यदि कुरा मिल्ने मान्छेहरु बीच  अन्तरकि्या गर्नसक्ने माध्यम बनाइदियो भने साँच्ची नै शुरु हुन्छ मौनताको विरुद्ध संस्कार विकसित हुन्छ जसले भ्रष्ट्राचारको विरुद्धमा लड्न मद्दत पु-याउँछ ।

सहभागीहरुलाई प्रोत्साहित गर्नुहोस : जब तपाँई एक अठोट बनाउनुहुन्छ, ‘म भ्रष्ट्राचार बिरुद्मको अभियानमा सामेल छु” यो बानी तपाईँको वरिपरि पनि सर्छ । कसरी ? तपाईँको यो अठोटलाई तपाईंको साथीहरुले अँगाल्ने सम्भावना बढि रहन्छ। “ ए साथीले त प्रतिबद्धता गरि सकेछ, म पनि सामेल हुनै पर्यो नि” भन्ने भावना उहाँमा विकसित हुन थाल्छ । यसले गर्दा होला हप्ताभरमा साथीहरुले आफ्ना २२,००० अरु साथीहरुलाई बोलाइसक्नु भएछ यो अभियानमा सहभागी हुनको लागि ।

एउटा सानो अभियानमा यसरी पनि गर्न सकिन्छ भनेर तपाईंले एउटा सामान्य खाका पाउनुभयो होला। अब तपाईं पनि आफुलाई एकदमै लगाब लाग्ने विषय लिएर कुनै अभियान शुरु गर्ने होइन त आजै ? तपाईंलाई हाम्रो अग्रिम शुभकामना छ है !

अनि हेर्नुहोस् फेसबुकमा यो कार्यक्रमको बारेमा थप जानकारीको लागि:
http://on.fb.me/nepalacts

.

Leave a Reply