समाचार माध्यमहरुलाई अनुरोध :

समाचार माध्यमहरुलाई अनुरोध :
  1.  सकारात्मक गैर-राजनितिक काम वा सोचका खबरलाई बेकैदा मुख्य पृष्ठमा दिनहुँ स्थान दिनुहोला। आलोचनात्मक खबरलाई सके नराख्‍नु, राख्‍नै परे अन्तिममा।
  2. सर्वसाधारण नागरिकहरुका सोचहरुलाई प्राथमिकता दिनुहोला  चाहे त्यो जति नै अल्मलिएका वा त्रुतिपूर्ण भए नि।
  3. होच्च्याउने भन्दा उपाय दिने खालका वक्तव्यलाई प्रोत्साहन दिनुहोला।
  4. कतै राम्रा काम हुन लाग्या छ भने त्यसको बारेमा पूर्व घोषणा गरेर फैलाईदिनुहोला।
  5. ‘प्रगति यसरी गर्नुपर्छ र यसरी गरिराख्‍या छु’ भन्ने जस्ता उपायमुलक वा ज्ञानमुलक वक्तव्यलाई अझ बढावा दिनुहोला।
  6. नागरिक जिम्मेवारी बढाउने कार्यकलापहरुलाई निरन्तर समर्थन गरिरहनुहोला।
  7. जवाफदेही नेतृत्वको खबरलाई बढावा दिनुहोला।
  8.  सम्वृद्धि ल्याउने वा काम सृजना गर्ने उद्दमशिल व्यक्तित्वहरुलाई पनि मुख्य पृष्ठमा स्थान दिनुहोला (सामाजिक र राजनितिक अभियानकर्ताहरुलाई जस्तै)।
  9. नेपालीहरुलाई एक बनाउने जुनै कामका खबरलाई अझ बढावा दिनुहोला।
  10. “अहिले नगरे कहिले, हामीले नै नगरे कस्‌ले” भन्ने सोच बोकेकालाई पटक पटक अन्तरवार्तामा बोलाउनुहोला।

धन्यवाद :)

All content in whynepal.com is un-copyrighted (except posts written by 'guests'). Which means you can simply copy-paste/improve/distribute without mentioning me. I won't mind. Here are my reasons.