विवेकशील नेपाली का मन्त्रहरु (A common Sense Nepali’s values)

म अहिले एउटा नया राजनितिक मञ्चमा आवद्ध छु।    हेरक ‘विवेकशील नेपाली’ सदष्यले यी तल लेखिएका मुल्य-मान्यता आत्मसात गर्ने संरचना बनाउँदैछौँ।  :)
बिस्तृत जानकारीको लागि विवेकशील नेपाली मञ्चको वेबसाईट leadnepal.com हेर्नुहोला।

‘विवेकशील नेपाली’ मञ्चको संगठनिक संस्कारको थालनीको लागि यी मार्गदर्शनका केहि मुल्य मान्यता (मन्त्रहरु):

 हाम्रो मन्त्र : विवेकशीलता

  1. हामी सर्बोत्क्रिस्टताको केन्द्रबिन्दु हौ
    1.  हामी कम बोल्छौँ, धेरै गर्छौँ  or बाचा कम, गरेर देखाउने सोचे भन्दा बढि
    2.  हामी म्याराथन धावक हौ, १०० मिटरका होईन
    3.  हामी सर्वोकृस्ट व्यक्तिलाई नै स्थान दिन्छौँ। अनि सदस्यहरुलाई उत्कृष्ट बन्न तयार गर्छौँ।
    4.  हामी यथास्तिथिलाई सकारात्मक चुनौती दिई राख्छौँ
    5.  हामी नेपाललाई सुहाउँदो विश्वका उत्कृस्ट नीति र अभ्यासलाई लागु गर्न खोजी राख्छौँ।
  2. हामी  ( सत्यनिष्ठा वा ईमान्दारिता ) उदाहरण हौँ ।
    1. हरेक काममा हामी पारदर्शी छौँ
    2. अल्पकालमा हामीलाई जस्तै क्षती पुगे नि हामी जहिले नि ठिक काम मात्रै गर्छौ
    3. हामी समस्यालाई आलेटाल नगरि सिधा समाधान तिर लाग्छौँ र अरुबाट पनि ईमान्दारिता सिदान्त र अभ्यासले देखाउन माग गर्छौँ ।
    4.  हाम्रो प्राथमिकता: पहिलो नागरिकहरु हुन्, दोस्रो जो उनीहरुसंग डिल गर्छन्, अनि मात्र ब्यबस्तापकहरु।
    5. हाम्रो कामले जहिल्यै एक बनाउछँ, कहिल्यै बिभाजन होईन !
  3. हामी आफ्नो क्रिर्याकलापमा सदैब जिम्मेबार र जबाफदेही छौ
    1. हाम्रो क्रिर्याकलापले नागरिकहरुलाई सदैव जिम्मेबार र नेतृत्वलाई जवाफदेही हुन प्रेरित गर्छ
    2.  प्रत्येक सदस्य आफ्नो  कार्यकलापमा व्यक्तिगत रुपले जवाफदेही रहने छन्
    3. चुनौती र जोखिमका बाबजुद हामी लक्ष्य तर्फ अगाडी बढि रहने छौ
  4. हामी सुन्छौ र सुध्रन्छौ (सधैँ)
    1. हामी सबै स्रोतबाट प्राप्त राम्रो विचार र तरिकालाई आत्मसात गछौ
    2. हामी सोचाई, दृस्टीकोण, विचार, र क्रियाहरुमा विविधतालाई आत्मसात गछौ
    3. हामी हाम्रा भन्दा भिन्न बिचारलाई  पनि सुन्छौँ
    4. हामी योगदान र समिक्षाको कदर गर्छौ  तर सर्बसम्मतिको रटान भन्दा चाडो निर्णयको तुलनात्मक लाभ प्रति हामी सजग छौ
    5. हामी प्राप्त राय प्रति लचिलो, र अनुकलनिय हुँदै प्रतिक्रिया दिन्छौँ
    6. आफुबाट भएका गल्तीलाई हामी चाँडो भन्दा चाडोँ आत्मसात गर्छौ ।
  5. हामी सदस्यहरुलाई माया गर्छौ
    1. यहाँ काम गर्ने सबैको यस संगठनमा स्वामित्व हुन्छ
    2. हामी हाम्रा सदस्यहरुलाई उनीहरुको ब्यवसायिक र सामाजिक क्रियाकलाप र योजनामा ) सफल हुन सघाँउछौ
    3. हामी मिलेरै सफल हुन्छौ
  6. शक्तिले सबैलाई भ्रस्ट बनाउँछ तसर्थ हामी नियमित अन्तरालमा हरेक तहका नेतृत्वको  परिवर्तन भै राख्‍ने प्रथा सुनिस्चित गर्छौ।
    http://www.keepholdings.com/culture/  बाट प्रभावित -

 

All content in whynepal.com is un-copyrighted (except posts written by 'guests'). Which means you can simply copy-paste/improve/distribute without mentioning me. I won't mind. Here are my reasons.