म त गुरु मान्दिन

गुरु हुनुहुने साथीहरुले चित्त नदुखाई पढिदिनुहोला :

म त गुरु मान्दिन

हातमा लौरो बोकेर
टेबुलमा ठोकेर
हाम्रो सातो लानेलाई
नपढाई जानेलाई
म त गुरु मान्दिन
झुक्न पनि जान्दिन !
प्रश्न सोध्नै नदिने
हाम्रा कुरै नसुन्ने
तँ भनेर हेप्नेलाई
सधै मुर्ख देख्नेलाई
म त गुरु मान्दिन
झुक्न पनि जान्दिन !
स्वस्थ्य शिक्षा पढाउने
आफै धुवाँ उडाउने
फोहोर लुगा लाउनेलाई
सधै ढिला आउनेलाई
म त गुरु मान्दिन
झुक्न पनि जान्दिन !

 

शिशिर ढकाल
कक्षा -८ , ब्लुमिंङ् स्कलर एकेडेमी
अनामनगर

फेसबुकका पोस्टहरुबाट साभार गरिएको यो लेख हो। धन्यवाद रवीन्द्र मिश्रलाई, ध्यानआकर्षण गरिदिनुभाकोमा।

Leave a Reply