नेपाली क्रिकेट टिमले देश चलाउनेलाई सिकाईरहेका १० पाठ

(Read in English)

हाम्रो क्रिकेट  टिमको सफलताबाट समाज र देशै चलाउन आँट्ने नेतृत्वले भरपूर पाठ सिक्न सक्छन् !

१) कसरी सफल नेतृत्व चुन्ने? (योग्यताका आधारमा)
२) कसरी न्यून श्रोतमा पनि सफलता हाँसिल गर्ने? (चुस्त)
३) कसरी नेतृत्व बोलेर होईन गरेरै देखाउने? (बक्ता होईन कर्ता)
४) कसरी जित्दा मात्र होईन हार्दा पनि नेपाली को तन-मन जिती राख्ने? (क्लास-अनुग्रह देखाउन बाजिगर)
५) कसरी मिलेरै लक्ष्य हासिँल गर्ने आफू आफू बीच जत्ति तिब्र प्रतिस्प्रधा भए नि? (सहकार्यमा उत्कृष्टता)
६) कसरी देशको महिमा बढाउने? (त्यागी)
७) कसरी जीत-जीतको वातावरण तयार गर्ने? (२१ वौँ शताव्दी नेतृत्वका नमुना)
८) कसरी (सहि) ईतिहाँस रच्ने? (सहि विरासत मुखी)
९) कसरी युवा पिढिलाई देशको भविष्यमा सिमित नराखी बर्तमान बनाउने? (परिणाम मुखी)
१०) कसरी बिभाजित नेपालीहरुलाई एक बनाउने ? (बिखण्डन होईन एकता मुखी)
 

हाम्रा क्रिकेट – फुटबल टिमहरुका उपलब्धिलाई  श्रद्धाले शीर झुँकाउछु!

हेर्नुहोस् कसरी हाम्रो नव-पुस्ताका नेपालीहरु हाम्रो क्रिकेट हिरोहरुलाई स्वागत गरे बिमानस्थलमा ! जहिले पनि हामीले यस्तै सहयोग गरि राखौँ जब जब हाम्रो शीर ठाडो बनाई राख्छन् उनीहरुले! माफ गर्नुहोला – राम्ररी खिच्न सकिएन – म पनि दंगै थिए त्यहाँ।

र केहि महिना अघि स्वागत गर्न जाँदा यो खिचेँ। उर्जा जता ततै !

Leave a Reply