Tag Archives: मावोवाद

देश भक्ति के होला ?

देश भक्ति के होला ?
थाहा भएन मलाई। 

तर देश भक्ति के होईन त्यो कुरामा चाहिँ म प्रश्ट छु :

  1. पुर्खाको “बीरताको” आड लिएर आफुलाई बीर ठान्ने।
  2. देशको लागि मर्छु भन्ने।
  3. अन्याय सहँने प्रवृतिलाई धैर्यवान ठान्ने। 
  4. दुई पुस्ता पछिको लागि क्रान्ति गर्छु भन्दै हिँडने।
  5. आफ्नो हक-हित खोज्दा अरुको छिन्ने।
  6. मार्कसवाद, पुँजीवाद, राजावाद, मावोवाद ,जातीबाद, धर्मवाद, अधिनायकवाद। अाफ्नै सिद्धान्तले मात्रै देश बनाउँछ भनि जाई लाग्ने।
  7. अरुले गु खायो भन्दैमा आफुले पनि गु खान पाउनु पर्छ भन्ने।
  8. आफ्नो घर आँगन चिटिक्क पार्ने तर टोलको मतलब नराख्ने ।
  9. धन, पद, ठाँऊ कमाउदैँमा देशको सेवा गरेँ ठान्ने।
  10. मैले आफ्ना छोरा छोरीलाई गरेँ। सबैले त्यसै गरे त देश बनिहाल्छ भनि सोच्ने।

देश भक्ति के होला त ?

Photo credit: facebook.com/nepalunites