बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मी पाखुरामा खेल्ने
म झुक्दै नझुक्ने नेपालको छोरो (छोरी)
म झुक्दै नझुक्ने नेपालको छोरो (छोरी)खोसेको रोटीले मेरो पेट भरिन्न
मागेको धोतीले मेरो लाज छोपीन्न
खोसेको रोटीले मेरो पेट भरिन्न
मागेको धोतीले मेरो लाज छोपीन्नघोटिऐर हात पाऊ झरी जाऊ नौला
तर कोई अगाडी यी हात जोडिन्न
यी हात जोडिन्नबनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मी, पाखुरीमा खेल्ने
म झुक्दै नझुक्ने नेपालको छोरो (छोरी)आ आ आ आ आ आ आ आ
आ आ आ आ आ आ आ आम आगो सहन्छु, अन्याय सहन्न
म ति्ष्ना सहन्छु, तिरस्कार सहन्न
मेरो शिर उडाऊ, बरु त्यो सहन्छु
तर कुनै परायाले टेके सहन्न
टेके सहन्नबनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मी पाखुरीमा खेल्ने
म झुक्दै नझुक्ने नेपालको छोरो (छोरी)
म झुक्दै नझुक्ने नेपालको छोरो (छोरी)A nepali song/poem by गोपाल योंजन
Possibly Related posts: