नेपाली उद्धमीहरुका केहि उपदेश

“म प्रयास नै नगरेको भनेर पछुताउनु भन्दा बरु गल्ती नै गर्छु ।”

प्रबल गुरुङ, अन्तर्राष्ट्रिय फेसन डिजाइनर

“पर्यटन सपनाको उद्योग हो। तपाईंले सपना देख्नुपर्दछ र त्यसलाई बेच्नुपर्दछ।”

कर्ण शाक्य, काठमाडौं गेस्ट हाउस

“सरकार आएर तिम्रो जीवनलाई सजिलो बनाउला भनेर नपर्ख र अपेक्षा पनि नगर। यो तिम्रो जीवन र तिम्रो देश हो। त्यसलाई बिगार्न नदेऊ।”

अम्बिका श्रेष्ट, अध्यक्ष, द्वारिकाज ग्रुप अफ होटेलस्

“नयाँ प्रविधिको अध्ययन गर्नुहोस् र यदि त्यसले आफ्ना आवश्यकताहरुलाई पुर्ति गर्ने भए त्यसलाई अँगाल्नुहोस्।”

आनन्द बगारिया, निम्बस समुह

“राम्रो वित्तीय अनुशासन लागु गर र केन्द्रित भएर काम गर।”

वीरेन्द्र बस्नेत, बुद्ध एयर

“नेपालमा काठमाडौं मात्रै एउटै सम्भाव्य बजार होइन ।”

किरणकृष्ण श्रेष्ठ, नेपालय

“चुनौती भनेको व्यवस्थालाई कसरी परिवर्तन गर्ने जसले गर्दा असल मान्छे र विचारहरुले सम्मान पाउँछन्। युवा पुस्तामा असल मान्छे तथा असल विचारलाई पहिचान गरी उनीहरुलाई समर्थन गरी व्यवस्था बदल्ने अभिभारा आएको छ।”

योगेन्द्रमान शाक्य, नेपाल पर्यटन वर्ष २०११

“तपाईं व्यवसायमा हरेक चरणमा सिर्जनात्मक भई आफ्ना समस्याको समाधान खोज्नुपर्दछ विशेषगरी नेपालमा जहाँ मानिसहरु नयाँ विचार तथा परिवर्तनप्रति त्यति विश्वास गर्दैनन्।”

अनिल चित्रकार, सामाजिक उद्यमी

“आफ्नो लागि काम गर्ने मानिसहरु व्यवसायका सबभन्दा महत्वपूर्ण सम्पति हुन्। सबै कामदारहरुसँग राम्रोसँग सम्बन्ध राख्नु जरुरी हुन्छ किनकि अहम भएको एकजनाले पनि कामको प्रवि्र्कयालाई बिगार्न सक्दछ।”

किरण भक्त जोशी, इनसेसेन्ट रेन एनिमेशन स्टुडियो,

“सबै प्रर्किया जान्नु आवश्यक छ तर सबैमा हात हाल्दा व्यवसायमा अव्यवस्था सिर्जना हुनसक्दछ। व्यवसाय विस्तार हुँदै जाँदा आफ्ना सहयोगीहरुलाई जिम्मेवारी हस्तान्तरण गर्न र उनीहरुलाई विश्वास गर्न सिक्नु आवश्यक हुन्छ।”

तासी सेर्पा, सेर्पा एडभेन्चर गिएर

“तौलिएर जोखिम उठाऊ र अरुको नक्कल गर्नुभन्दा आफै केही नयाँ कुरा सुरु गर किनकि नक्कल गर्ने व्यक्ति जहिले पनि जसको नक्कल गरिएको हो ऊभन्दा तल्लो स्तरको नै हुन्छ ।”

ज्ञानेन्द्रलाल प्रधान, हाइड्रो सोलुसन्स

“भर्खर उद्यम सुरु गरेको व्यक्तिले आवश्यक परेको बेलामा सबै किसिमको काम गर्न तयार हुनुपर्दछ।”

इच्छा बहादुर तामाँङ, सिभिल ग्रुप

“यदि आफुले सिर्जना गरेको सामानको गुणस्तरको बारेमा विश्वस्त छौ भने कोहीसँग पनि डराउनु पर्दैन।”

चन्द्र तिवारी, नीना एन्ड हेगर

“यो समय नै नेपालमा उद्यमी बन्नको लागि सबैभन्दा उत्तम समय हो।”

मीन बहादुर गुरुङ, भाटभटेनी सुपरमार्केट

 

तपाईँलाई यी उपदेशहरु मन परे अरु पनि छन्। यो नेपाली उद्दमी हातेपुस्तिका सित्तैमा डाउनलोड गर्नुहोस यहाँबाट – http://bit.ly/e4n_booknepali

धन्यवाद !

3 thoughts on “नेपाली उद्धमीहरुका केहि उपदेश

  1. Example is better than precept. please try to be an example for the country and people putting the national interest first.

  2. this is great!!nreally influencing and inspiringni loved it.

Leave a Reply