आजको नेपाल बन्दको दिन

nepal-bandh-logo

आज नेपाल बन्दको दिन। स्कुटरमा पुतलीसडक जाँदै थिएँ। बाटोमा हिँडिरहेका एक जना बुढा अघि रोके । “दाई जाने हो, लिफ्ट दिन्छु” । बुढा हाँस्दै भने, “म त नजाने, हिँडनै मज्जा छ”। ठिकै छ भनेर अलि अघि गए। अगाडि महिलाहरु हिँडी रहेका रहेछन्। तर सोध्ने आँट आएन। फेरि “लिफ्ट दिन्छु’ भन्दा अन्यथा सम्झि “झाप्पु” खाईयो भने? खुरुक्क अगाडि बढेँ।

अनि फेरि एउटा युवा एक्लै सुस्तरी हिँडि रहेको फेला पारे। उसलाई त्यहि सोँधे। दंग परेर स्कुटर चढि हाल्यो त्यो भाई । चढ्न साथ उसले भने “आहा दाई, ढुँगा खोज्दा देवता मिले जस्तै भयो यो त।”
कुरो के रैछ भने त्यो भाई कलंकीबाट चक्रपथ महाराजगंज सम्म हिँडेर आएका रैछन्। खुट्टा बेस्कन थाकेको रहेछ।
‘घर कहाँ हो भाई” मैले सोधे।
‘तनुहँ’।
उसले फ्याट्ट सोधे, “दाई मुसलमान हो?”
म हाँस्दै भने ” किन र भाई?

‘तपाईको दाह्री देखेर’। म झन हाँसे। मैले हेल्मेट र मास्क लगाएको थिएँ। उसले मेरो अनुहारमा दाह्री मात्र देखेको रहेछ। दाह्रि = मुसलमान भनेर बुझ्दा रहेछन् आजकल पनि गाँउ ठाँउमा।

अगाडि बढ्दै गर्दा मैले सोधेँ “अनि किन त्यत्रो लामो हिँडेको त भाई?”:
“आज महत्वपूर्ण अन्तर्वार्ता थियो साउदी अरेबियामा काम गर्नको लागि। मिस गर्नै नमिलेर दौडिएर आए कलिंकी बाटै।”
“किन जान लाग्या त फेरि बिदेश? देशमै केहि काम गरे हुन्न?” मैले सोधे। त्यो भाई पहिले पनि कत्तार गईसकेको थिए।

उसले भने, “गर्न त मन छ नि। के गर्ने अलि कति पुँजी त चाहियो नि केहि शुरु गर्न पनि।”
ंमैले भने, “ठिकै छ भाई, तपाई अरब गएर आउनु, म चाहिँ यो देशलाई तपाई जस्तोलाई देशमै उद्दमशील काम गर्ने वातावरण बनाउछुँ।”
‘कसरी?’ भनेर सोधे भाईले। “भाई हामीले विवेकशील नेपालीहरु मिलेर देशमा दरो शक्ति बनाउदैछौँ देशलाई संमृद्ध बनाउन” मैले भनेँ।
“म पनि संलग्न हुन पाँउ न त यस्तो शक्तिमा” भने भाईले।
स्कुटर रोकेर विवेकशीळ नेपालीको कार्ड झिकेर दिएँ । गोलो आकारको हाँसेको अनुहारको कार्ड देखेर अचम्मित थिए होला। 🙂

प्रश्न उत्तर चल्दै रह्यो।

अनि एकैछिनमा हामी त्रिचन्द्र कलेज अगाडि पुगे पछि पुलिसले अगाडि बढ्न दिएन। ‘अगाडि नेपाल बन्द गर्नेहरु छन् – तपाईहरु जानै मिल्दैन त्यहाँ’ पुलिसले भने।
पुलिसले हामीलाई बचाउन बसेको हो कि त्यो बन्द गराउने भातमाराहरुलाई हो, हामी दुबैलाई बुझ्न गाह्रो भो।

मैले भाईलाई भने ‘लौ भाई यहिँ अोर्लिनु पर्यो तपाई। अगाडि जान दिएन” भाई वोर्ल्यो। अनि वालेट झिकेर उसले मलाई पैसा दिन खोज्यो। ‘ह्या भाई, मद्दत गर्नेलाई कहिले काहिँ त मद्दत गर्न देउ न यार” भनीकन आफ्नै बाटो लागे पुतलीसडक तिर मोड्दै।

भाई फेरि हिँडन थाल्यो रत्नपार्क तर्फ, परिवारको सपना पुरा गर्न अरब जाने बाध्यता बोक्दै, बन्द गर्नेलाई सराप्दै, उसकै पैसाबाट पालिएका पुलिस जवानका लाचारपन हेर्दै।

Comments

  1. Ujjwal da ko madhat garne shaili dekhda makkha paren ma.
    Mai eklo raina chhu yesto kaam garne bhanne lagyo.
    Help+ influence + Lead+ Feedback + Self satisfaction