नेपालमा उद्दमी नै किन बन्ने?

 Read in English here.

आजकल नेपालका चियापसलहरुमा एउटा रमाइलो ठट्टा निकै चर्चामा छ –

“एक जना नेता बन्यो भने १०० रोजगार बर्बाद गर्छ रे तर उ उद्दमी बन्यो भने १०० रोजगार सिर्जना गर्नसक्छ।”

त्यसै कारणले अहिलेका युवाहरुले आफ्नो व्यक्तिगत,पेशागत एवं मनोबल विकासका साथ-साथै देश बिकासको लागी भए पनि उद्दमशिलताको बाटोलाई रोज्नु अत्यन्त जरुरी छ।

उद्दमीले आफ्नो लागि मात्र होईन अरुका लागि पनि अवसरहरु सिर्जना गर्दछन्। नेपाल जस्तो बेरोजगारीको मारमा परेको देशमा उद्दमीको अझ बढि खाँचो छ किनकी यहाँ अवसरहरु केहि सिमित व्यक्तिहरुले मात्र पाइरहेका छन् भने बेरोजगारीको महामारी छ ।

उद्दमशीलताले कस्तो सम्म परिर्वतन ल्याउन सक्छ भन्ने कुरा हेर्न हामी खासै टाढा जानु पर्दैन – छिमेकी राष्ट्र भारत र चीनमा यो प्रश्टै देख्‍न सक्छौं । एक जिम्मेवार सरकारले बढि भन्दा बढि उद्दमीको सिर्जना गर्न र उनीहरु‌लाई मद्दत पुर्‍याउन सदैव अग्रसर हुनुपर्छ र उद्दमशीलतालाई नै प्राथमिकता दिनु पर्दछ।

उद्दमीले कसरी नेपालको रुपान्तरण गर्दछन् त ? 

• उद्दमीले नेपालका समस्याहरुको समाधान गर्छन्।
आजकल नेपालमा हामीले थुप्रै समस्याहरुको चर्चा सुन्छौं। यो सुन्दा त जताततै समस्यैको पोको होला ठानिन्छ तर उद्दमीहरु यस्तै समस्यालाई नै अवसरको रुपमा हेर्छन् र यसको समाधन निकाली नेपालीको जिवन स्तर उकास्ने बाटोमा लाग्छन् जानी वा नजानी। समस्याहरुको हल गर्ने क्रममा उनीहरुले जुन सकरात्मक सोचको सिर्जना गर्छन् त्यस्‌ले देशकै अर्थतन्त्र र देशवाशीको मनोबलमा पनि अप्रत्यक्षित रुपमा सुधार हुन्छ। ।

आजकल नेपालमा प्राय समस्या समाधान गर्न हामी धेरै विदेशी सहयोग वा केन्द्रिय सरकारमा निर्भर हुन्छौँ। तर उद्दमीहरु चाहिँ समस्या समाधान गर्न न त अरुलाई नै कुर्छन् न त अर्काको मुखै ताक्छन्। उनीहरु मौकाको पूर्ण फाइदा उठाँउछन् अनि समस्यालाई दिर्घगामी रुपमा समाधान गर्दै नयाँ अवसरको बाटो तयार पार्छन् ।
हामीले यस्तो भविष्यको कल्पना गरौं जहाँ कुनै पनि समस्या देखियो भने त्यसको समाधान गर्न हरेक नेपाली झम्टिहाल्ने र त्यसबाट अवसरको सिर्जना गरि हाल्ने। यसो हुन सकेमा बल्ल हाम्रो समाज नि सन्दर शान्त, विशाल हुन्थियो होला होईन, कि कसो ?

• उद्दमीले नेपालका निम्न वर्गलाई फाईदा हुने खालका अवसर सिर्जना गर्ने छन्।
उद्दमीले दिने रोजगारीले प्रत्यक्ष रुपमा गरिबीको मारमा परेका नेपालीहरुको जीवनस्तर उकास्छन्। एक उद्दमी भएको नाताले तपाईंले दिने रोजगारी र तलबले स्थानिय अर्थतन्त्रमा सिधै सुधार ल्याउँछ – एउटा गरिब कामदार देखि उन्‌ले पाल्ने परिवारमा, उनले किन्ने तरकारी पसलेमा जसलाई तरकारी बेच्ने कृषिकमा, विधालय पढाउने शिक्षकमा, किराना पसलेमा,  टोल सफा गर्ने श्रमजीवीमा र स्थानिय गाँऊ बिकास समितिको कार्यमा पनि। तपाँई उद्दमी बन्नु भयो भने तपाँईले तिर्ने कर र रोजगारीले स्थानिय जनस्थर उकास्न सिधै मद्दत पुर्‍याउछँ । यसको फलस्वरुप एउटा सकरात्मक रोजगारीमा आधारित वातावरण बन्छ। एउटा सानो उद्दमीको रुपमा तपाईले यो सकरात्मक परिवर्तनको चक्र लाई निरन्तरता दिन धेरै मद्दत पुर्याउनु हुन्छ।

• उद्दमीले नेपालमै काम गर्ने संस्कृति र वातावरण बनाउँदछन्।
एउटा उद्दमीको रुपमा तपाँईले शुरुमा सानै व्यवसाय खोले पनि पछि त्यहि ठुलो हुँदै गएर अरुको लागि ठुलो अवसर प्रदान गर्ने मञ्‍चको रूपमा बिस्तार हुन सक्छ। तपाँईलाई थाहा नहोला तर ठमेल आजको जस्तो चर्चित हुनुमा काठ्माण्डु गेस्ट हाउसले ठूलो भुमिका छ। त्यहि एउटा होटेल त्यहाँ खोले पछि त्यसैलाई क्रेन्दित गरेर अरु व्यापार व्यवशायहरुले खोल्दै गए अनि फस्टाउँदै गए । त्यसको फलश्‍वरुप ठमेल विश्वभर चिनिन सफल भएको छ  त्यति बेलाका एउटा सानो उद्दमी कर्ण शाक्य र उनका परिवारको देनले।

यसरी नै तपाईंले बनाएको अवसरको फल स्वरुप अरुले पनि अवसरहरु पाउँदछन्। एउटा उद्दमीले गरेको कामको प्रेरणाले अरु उद्दमीहरु धेरै उत्पन्न हुन्छन् । उद्दमशिलताले विश्व परिवर्तन गर्न सक्छ भन्ने कुरालाई चानचुने नठान्नु है ! अमेरिका, बेलाएत, फ्रान्स, जापान, कोरिया र अब चीन र भारत सम्पन्न बन्नुमा उद्दमीको प्रमुख हात छ ।

• उद्दमीले नेपालीहरुको आत्म-सम्मान बढाउँदछन्।
जब हामीले आफ्नै देशमा काम गर्ने मौका पाउँछौ र यहिँको  प्राकितिक र मानव श्रोतको सदुपयोग गरेर निर्यात गर्नसक्छौँ हामी फेरि विदेशिनु पर्नेछैन। आफ्नै ठाँऊ वा देशमा काम गर्न पाउनु भन्दा ठुलो आत्मसम्मान बढाउने काम केले दिन्छ होला? आफ्नै देशमा स्वाभिमानका साथ काम गरेको देख्दा हाम्रो आफ्नै परिवार र बालबच्चाको पनि आत्म-सम्मान बढ्छ।

उद्दमीले सम्मानजनक रोजगारी सिर्जना र दक्ष जनशक्तिको उत्पादन गर्छन् । असलमा उद्दमशीलतामा कसैको शोषण गरिँदैन। यसले त बरु मानिसहरुलाई शशक्त बनाई आफ्ना व्यवसाय विस्तार गर्न पो सहयोग पुर्‍याँउछ। उद्दमी हरि भक्त सर्माले आफ्नो औषधी बनाउने कम्पनी “देउराली जनता”लाई सुपथ मुल्यमा गरिवहरुका लागि औषधि बनाएर एउटा सम्मानजनक रोजगारी र अवसर दिने ठाँऊको रुपमा चिनाएका छन् र लाखौँलाई बचाउने ठेक्का लिएर त्यहाँ कामगर्ने सबैमा गर्व बढेको छ।

• उद्दमीले नेपालका धनी र गरिब बीचको अन्तरलाई हटाउँदै जानेछन्।
यो कुरा सुन्दा अचम्म लाग्छ हैन ? कारण नेपालमा थुप्रै मानिसहरु उद्दमीहरुलाई – रुढिवादी व्यापारीहरु वा निच सामन्ती मान्छे हुन् कि भनेर झुकिन्छन्। तर होईन उद्दमीहरु यी कुनै पनि।

हो अहिले सम्म पनि नेपालमा शक्ति र सम्बृद्धि केहि रुढिवादी हुनेखाने कै माझँमा मात्र सिमित रहेको छ। उनीहरुले यो धन र शक्ति कुनै खुल्ला प्रतिस्प्रदाबाट कमाएका होइनन्। कतिले त पद र शक्तिको घोर दुरुपयोग गरी आफुलाई उद्दमी भनी उल्टै साँच्चो उद्दमी बन्न चाहने बाँकी हामीहरुलाई बलपुर्वक हाम्रो हक-अधिकारबाट बन्चित गराई नाजायज धन र शक्ति कमाएका हुन् । उनीहरुले हाम्रो विकास र सिर्जनशिलतालाई दबाएका छन् र केवल आफ्नो व्याक्तिगत स्वार्थका निम्ति मात्र काम गरेकाछन्। यस्ता व्यक्तिहरु कदाचित पनि उद्दमी होइनन् र कहिल्यै हुन पनि सक्दैनन्।

अझ भन्ने हो भने उद्दमीले त उल्टै समाजका रुढिवादी हुने-खानेले बनाएका एकाधिकारिता र कितृम भिन्नताको अन्त्य गर्नेछन्। उद्दमी बन्न तपाईँ कुनै पनि जात, समूह, उमेर, हैसियतको हुन सक्नुहुनेछ, उद्दमशीलताले कनै भेदभाव चिन्दैन। भाटभटेनीका मिनबहादुर गुरुंङ बिकट “खोटांङ्ग”का गरीव परिवारका थिए तैपनि अहिले यत्रो प्रगति गर्न सके । त्यसैले म त भन्छु उद्दमशिलता नै अहिलेको यथास्थितिवादी समाजको सकारात्मक रुपान्तरण गर्ने प्रमुख शक्तिशाली उपाय पनि हो।

• उद्दमीले सकारात्मक संस्कृतिको सिर्जना गर्दछन्।
हामी सक्छौ”- यो भावलाई उद्दमीले ल्याउने सम्बृद्धिले जगाउँछ हरेकमा । यहि भावले हरेक नेपालीको आत्म विश्वास बढाँउछ। यस्तो सकरात्मक सोचले “यस्तै हो”,”के गर्ने” जस्ता नकारात्मक सोच अनि अरुलाई दोष दिने कुसंस्कृतिलाई अन्त्य गर्दछ। यिनै कु-संस्कृतिले अहिले नेपालका गाँउ र शहरहरुको विकासमा निकै वाधा पुर्‍याइरहेका छन्। यहि सकरात्मक सोचले हामीलाई योग्यशिलताले चल्ने संस्कृति तिर धकेल्छ जहाँ  जुनसुकै पृष्ठभुमिबाट आएका नेपालीलाई पनि “मिहेनत गरे अवश्य पनि सपना पुरा हुनेछ” भन्ने खालको दृद विश्वास दिलाउँछ।

यदि हामी आर्थिक रुपमा समान, स्वच्छ, जवाफदेयी अनि जिम्मेबार समाजको सिर्जना गर्न चाहन्छौं भने सकरात्मक संस्कृति नेपालको लागि अपरिहार्य छ। यो हासिल गर्न एउटा उद्दमीले जति छिटो अरु कुनै पेसाका ‍मान्छेले गर्न सक्दैनन्। नेपाल इन्भेष्टमेन्ट बैंकका वर्तमान कार्यकारी अध्यक्ष पृथ्वी वहादुर पाण्डेको नेपालमा बित्तिय क्षेत्रमा सकरात्मक संस्कृति सिर्जना गर्नुमा ठूलो योगदान छ। नेपालका थुप्रै वित्तिया संस्थाका प्रमुखले उनीसँग काम गरी उहाँको कार्यशैलीलाई अनुसरण गरेर बैंकहरु राम्ररी चलाउन सफल भएका छन्।

• उद्दमीको रुपमा तपाँई हामी जो कोहि पनि सफल हुन सक्छौँ।
नेपालमा आर्थिक समानता र सम्बृद्धिको लागि हामीलाई कुनै राजनितिज्ञ वा बेरोजगार युवाको होईन खाली उद्दमीको खाँचो छ जो स्वत् जातिय, आर्थिक एवं उमेर आदि भन्दा माथि उठेर काम गर्ने गर्छन्। सामान्यता यस्ता उद्दमीहरु तपाईं-हामी जो कोहि पनि हुन सक्छ। यदि तपाई यो देशमा उल्लेखनिय रुपान्तरण हेर्न चाहनुहुन्छ भने आफुले आफूलाई एक उद्दमी बनाउने कोशिश गर्नुहोस्। रुद्र पाण्डेको उदाहरण लिनुहोस् जो डि-टु-हकआई भन्ने सुचना प्रविधि उद्योगको संस्थापक पनि हुन्। उनी नेपालका दुर्गम क्षेत्रको एक सामान्य परिवारका हुन्। कडा मिहेनत र प्रशस्त सपनाका साथ हुर्केका रुद्रले डिटु-हकआइको संस्थापन गरि यसलाई विश्वमा चिनिने एक शक्तिशालि कम्पनीको रुपमा परिणत गरे। थुप्रै नेपालीहरुले उनीबाट उत्प्रेरित भई नेपाल भित्र र बाहिर उद्दमशिलताको बाटोमा प्रयास जारी राखेका छन् र हजारौँ नेपालीलाई स्वरोजगार, सीप र सकारात्मक सोच तिर धकालेका छन् ।

• अहिले सम्म कुरा गर्यौँ समाज र देशलाई के कसो फाईदा हुन्छ उद्दमी हुँदा् । अब अन्त्यमा उद्दमी भएर नेपालमा के-कस्ता ब्यक्तिगत फाइदा पनि हुन्छ त तपाईँलाई?

१) एउटा सम्मानजनक दर्जा पाईन्छ

नेपाल बदलिएको छ। हाम्रा समकालिन धेरै नेपालीहरुले उद्दमीलाई नेतृत्वको रुपमा लिन्छन् अहिले। कसैले त तपाईंलाई मार्गदर्शक को रुपमा पनि लिनेछन् । उनीहरुले तपाईको बारेमा पढ्नेछन्, सुन्नेछन् र तपाईको पछि पनि लाग्नेछन्। आगामी पुस्तालाई तपाईले सिर्जनशील उद्दमीहरु बन्न प्रोत्साहन गर्नु हुने्छ। अनिल चित्रकार,कर्न शाक्य,अम्बिका श्रेष्ठ, मिन बहादुर गुरुङ्, आनन्द बगारिया, नकिम उद्दिन जस्ता सम्मानित उद्दमीले नेपालमा अवसरहरु सिर्जना गरेकोमा नेपालीहरु उनीहरु प्रति निकै आभारी भएका छन्। तपाँईले पनि त्यस्तै पाउनसक्नुहुनेछ।

२) एउटा आरामदायी जिन्दगी पाईन्छ

नेपालमा उद्दमीको जीवन सहज र आरामदायी छ किन कि प्रतिस्प्रदा नै कम छ।  यहाँ अलिकत पैसा भएपछि अरु देशमा भन्दा बाच्नँ सजिलो छ।  एउटा उद्दमी हुनाले तपाँईले आफ्नो सफलताको प्रभाव र प्रतिष्ठालाई सदुपयोग गरेर अझ ठुलो काम पाउन सजिलो हुन्छ। यहाँ मान्छेले सजिलै पत्याऊँछन् र कुरा सुन्छन् उद्दमीको।

३) एउटा सन्तोषी जिन्दगी पाईन्छ

धेरै थोरैलाई सहयोग गरेर पाएको आत्मसन्तुष्टिले अगाडि बढ्ने प्रेरणा पाउनुहुनेछ। नेपालमा तपाईंले गरेको काम को फल प्रत्यक्ष देख्‍न मज्जाले सक्नुहुन्छ। विकसित मुलुकमा सानो उद्दमीले गरेको कामको असर कम देखिन सक्छ तर हाम्रो जस्तो देशमा सानो मद्दतले पनि प्रत्यक्ष र बलियो असर देखाँउछ जसबाट तपाँई र तपाईँको परिवारमा आत्मसन्तुष्टि मिल्छ। माछा दिनु भन्दा त माछा मार्न सिकाउनु राम्रो भन्थे तर त्यो भन्दा नि राम्रो त माछा पालन व्यवसाय नै सुरु गर्नु हो नि । कि कसो?

४) आफ्नै तरिकाले बाँच्ने जिन्दगी

एउटा उद्दमीले आफ्नो जिन्दगी आफ्नै हिसाबले बाँच्न सक्छ आफ्ना अभिभावक, इष्ट मित्र आदिको भरै नपरी। आफूले चाहेको मार्गमा जीउने उपायहरु मध्ये सबैभन्दा राम्रो उपाय उद्दमशीलता नै हुनसक्छ । सारंसमा यदि उद्दमी हुनुभयो भने तपाईं एक उत्साहजनक जिवन बिताउन सक्नुहुन्छ र आफुलाई मन लागेको कुरा गर्न, मन लागेको योजनाहरुमा लगानी गर्न सक्नुहुन्छ। त्यसमाथी अरुलाई मार्गदर्शन देखाउन प्रशस्त समय र उर्जा पाईन्छ। अनि आफ्नो र आफ्नो परिवारका साथ-साथै समाज विकासको लागि पनि समय बाँकी रहनेछ।

अब बन्ने होईन त तपाँई उद्दमी ?

🙂

शुरु गर्ने भए हामीले शुरु गरेको एक विशाल (झण्डै १ ळाख – सन २०१८ मा) उद्दमशील सन्जालमा तपाईलाई स्वागत गर्न चाहन्छौँ। लिंक तलबाट शुरु गरौँ !

facebook.com/groups/e4nepal