प्रश्न : हैन, तपाँईले यो के गरि राखनु भा भन्या ?
उत्तर: हेर्नुहोस म पनि तपाईँ जस्तै एक सचेत नेपाली हुँ। यो मेरो देश हो र यसको भविष्य उज्वल बनाउने जिम्मेवारी पनि मेरै हो !
हामी साधारण नेपालीको खल्तीबाट ३६ महिना देखि ज्याला लगिसके तर हामीलाई संबिधान दिएको खोई त ??? ” यसको जवाफ चाहियो हामी नेपालीलाई !हामी साधारण नेपालीहरु जब एक जुट हुन्छौँ तब मात्र सुन्छन् उनीहरुले। तब-मात्र यी राजनितिक नेत्रित्वलाई जनताप्रति गंभिर बनाउन सक्छौँ !
तपाँई पनि हामी जस्तै हुनाले आउनुहोस् । सँगै मिलेर हामी हाम्रो संबिधान मागौँ । सम्पन्न नेपालमा शान्ति साथ बस्ने हाम्रो जन्मजात अधिकार अहिले नमागे कहिले? अनि तपाईँ हामी नै नलागे अनि को लाग्ने त ?
आउनुहोस परिवर्तनको लागि हामी नेपाली एक हौँ ।
धन्यवाद !
( तपाँई )
…………………….
…………………….
(मोबाईलमा २४२६ मा nepal एस एम एस गर्नुहोस, आगामी कार्यक्रमको खबर पाउँनुहोस )
आउनुहोस् facebook.com/nepalunites
.
.