कठै बिचरा ! नराम्रो काम गर्नेलाई सहानुभूति दिने कु-संस्कार

एउटा कुसंस्कारको कुरो गरौँ !

नराम्रो काम गर्ने “शक्ति” वानलाई “कठै बिचरा!” सहानुभूति दिने कु-संस्कार के हामी भित्र पनि छ?
हामीले हाम्रो समाजमा भ्रष्टहरु के “कठै” ‘बिचरा’ त भन्दैछैनौँ ?  एक चोटी सोचौँ है:

१) भुकम्पले हजारौँको ज्यान जाँदा नि बालमतलब दिने नेतृत्वलाई  “बिचरा नेतृत्व! (निरिह)”
२) भ्रष्टाचारमा सजाय पाँउदा: बिचरा मन्त्री (त्यै मात्र फसेँछ)
३) कुनै ईस्टमित्रले घुस खादाँ तीनलाई जेल चलान हुँदा: बिचरा ईस्टमित्र ( ब्याड लक)
४) “कामै गर्न दिएनन् शिर्षले”! गुनासो पोख्दै ६०१ सांसद: बिचरा सांसद…
५) द्वन्द-संक्रमण आदिको निँउमा निर्दोषलाई हत्या गर्नेलाई समात्दा: बिचरा योद्धा
६) बर्षौँ सम्म नियम मिचेर घर बनाई बसेकाका घरै भत्किउदाँ : बिचरा घरबेटी
७) रक्सीले टिल भई भिरबाट खसाली यात्रु मार्ने ड्राईभरलाई: बिचरा ड्राईभर
८) दिनहुँ ४ कामदारका लाश कफिनमा फर्कदा चुप लागि बस्ने सरकार: बिचरा सरकार
९) नाकाबन्दीको बेला ईन्धन कालोबजारी गर्दै समातिँने, बिचरा चारपैसा कमाउन आँट्या व्यवसायी
१०) न्याय दिने न्यायधिश (वा कुनै शक्तिशाली पदमा बस्ने) नै महा भ्रष्ट प्रयो र कसैले उसलाई औँल्यायो भने, ‘यत्रो बर्ष सेवा गरिबक्सियो अहिले मानहानी गर्ने उहाँलाई? बिचरा न्यायधिश
…. अब तपाईँ पनि थप्नुहोस् न।
 
यसरी नराम्रो गर्नेहरुलाई ‘बिचारा’ भन्ने प्रवितिले हामी आफैलाई नि बिचरा बनाएका छौँ। तपाईँले साथ कसलाई दिईराख्नु भा छ, राम्ररी सोचौँ, असक्षम कार्य गर्नेलाई ‘बिचारा’ ठान्ने र भन्ने बानी हटाऔँ ।
यो सानो परिवर्तन हामी आफै बाट शरु गरौँ।

Leave a Reply