Feel the rage of the Nepali youths…

Listen to this song about the constitution by a Nepali rapper.

Share it if you liked this song.. Rage is building up. It is our responsibility to channel this positively. lyrics here.

संबिधान

छैन यहाँ नेताको स्वाभिमान

बनाउन सकेन ६०१ ले संबिधान

सभासदको स्थानमा बसेर

पासपोर्ट नै साट्छन् लाज पचाएर

अब उठ्नु छ जनता को पालो हो यो

हात हात मिलाई देश नै बन्ने हो

म कुनै पार्टीको होईन

म एउटा साधारण मान्छे

देशलाई माया गर्ने मान्छे

देश आज रोई रहयो

संबिधान नै छैन

समस्या त कति होलान सोधेर साद्धै छैन

हल गर्नु छ अब

रोक्नु छ अब

देशलाई बचाउनु छ अब

युवाहरु सबै मिली देशलाई शान्त बनाँउनुछ

हेर उता गयो उता नै झगडा

उस्ले उस्लाई भन्यो बिचारा

सुचना अब गर्नु छ भगवानलाई

दया गर मेरो नेपाललाई

पठाइदेऊ कोहि देश बचाउनलाई

यहाँ राजनितिको नाममा युद्ध चलाई

नेपाल बन्द गर्छन फेरि लाज पचाई

कस्लाई हानी हुने हो देशैलाई

नेतामा थुक्छु तेरो सोचाईलाई

नया शुरुवात गर फेरि पुरानो भुलाई

दोष दिने हो कस्ले यहाँ कस्लाई

अझ किन आउँदै छ हामी तिर युद्ध

ग्यान दिन रिसाउला है हाम्रो गौतम बुद्ध

शान्तिको प्रतिक ! नेता दिमाग राख शुद्ध

आखिर मर्नु त छदैँछ काम गरि जाऊ सुख

सोच बुझ एक चोटि यो जनताको मर्म

लाग्नेछ तलाई नेपाली आमाको धर्म

आश्वासन नदेऊ अब धेरै भो हामीलाई

जसो गरेर पनि संबिधान दिलाई देऊ

कुर्सीको लोभ अब चाहिँ भुलीदेऊ

पार्टीहरु सबै मिलाईदेऊ

एक जुट भई संबिधान बनाई देऊ

रुदैँछिन् नेपाल आमा के भो भनेर

कसरी हाँस्न सक्छिन् र परिष्थिति देखेर

झेल्ने ले धेरै झेली सके

देखनेले धेरै देखी सके

नया अभियान शुरु गरौँ

परिवर्तन अब केहि नया ल्याऊ

दया गर मेरो नेपाललाई

पठाईदेऊ कोहि देश बचाउनलाई

यहाँ राजनितिको नाममा युद्ध चलाई

नेपाल बन्द गर्छन् फेरि लाज पचाई

कस्लाई हानी हुने हो देशैलाई

नेता म थुक्छु तेरो सोचाईलाई

नया सुरुवात गर फेरि पुरानो भुलाई

दोश दिने हो कस्ले यहाँ कसलाई

 

.

Leave a Reply